गरिबिको कारण ४ बर्षकी छोरिको आँखाको उपचार गर्न नसकेका बुवा रने लुहारलाई हेल्पिङ हेन्ड्स द्वारा २० हजार सहयोग ।
- बर्षा राउत क्षेत्री (हेल्पिङ हेन्ड्स:सह संस्थापक) २ असार
कालिकोट रास्कोट नगरपालिका वडा नं ७ बस्ने रने लुहारकी ४बर्षकि छोरी मनसरा लुहारको आँखाको उपचारका लागि कान्ति बाल अस्पताल लगिएको र उपचारका लागि हेल्पिङ हेन्डस द्वारा रु.२०,०००/- नगद (बीस हजार रुपैया) सहयोग प्रदान गरिएको छ । उक्त नगद बिरामी र उनका आफन्त सम्म हेल्पिङ्ग हेण्डस संस्थाकी बर्षा राउत क्षेत्री ले पुर्यायकी थिइन भने सुन्दर मनका कमला चापागाईं र हेल्पिङ हेन्ड्स संस्था कै संस्थापक कमल न्यौपाने ज्यु ले रकम सहयोग गर्नुभयको थियो।
"सुरुवात आँफै बाट गरौँ, सहयोगी हात पछ्याउदै आउनेछन"
Post a Comment