अशोक सुवेदीज्यूले आफ्नो जन्मदिनको खुशीयाली दिन: दुखी र असाहयहरुको सेवामा समर्पण||आश्रममा भोजनसेवा गराउन अस्ट्रेलिया बाट रु. ८०,०००/- सहयोग।

आफ्नो जन्मदिनको शुभ अवसरमा मानवसेवा आश्रमको सम्पुर्ण शाखाहरुमा भोजनसेवा गराउनको लागि रु. ८०,००० (अक्षरुपी असी हजार) मानवीय सेवाको कार्यमा समर्पण गर्नुहुने मानवसेवा आश्रमका अभिभावक आदरणीय दाजु अशोक सुवेदीज्यूप्रती विशेष आभार ।

चितवन जिल्ला स्थाई घर भई हाल अस्र्ट्रेलीयामा रहदै आउनुहुने आदरणीय परोपकारी दाजु अशोक सुवेदीज्यूले मानवसेवा आश्रमको सेवा कार्यलाई सहज बनाउन तन, मन र धनको त्रिवेणीबाट सहयोग पुर्याउदै आईरहनुभएको छ ।

आफ्नो जन्मदिनको खुशीयाली दिन, दुखी र असाहयहरुको सेवामा समर्पण गर्नुहुने आदरणीय परोपकारी दाजु अशोक सुवेदीज्यूप्रती आश्रम परिवारको तर्फबाट जन्मदिनको लाखौं लाख शुभभावना ।

तन स्वस्थ होस्, मन स्वस्थ होस्, स्वस्थ रहोस् भावना जन्मदिनको यहाँलाई लाखौ लाख शुभ भावना ।

(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!


मानवसेवा आश्रम

मुख्य कार्यलय - हेटौंडा  : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१

शाखा कार्यलयहरू :

भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३

काठमाडौंं : ९८५५०७६००४

ललितपुर : ९८५५०७६००५

गोरखा : ९८५५०७६००६

लमजुङ : ९८५५०७६००७

विरगंज : ९८५५०७६००८

बाग्लुङ / पोखरा : ९८५५०७६००९



Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.