थप एक मनोरोगी युवाको उद्दार !!
......................................
लामो समयदेखी अदालत चोक त, कहिले जि. बि. स. कार्यालय पर्साको आसपासमा बस्दै आउरहनु भएको एकोहोरो भुइ तिर हेरी बस्ने कसैले केही खान दिए खान नत्र पेटी मै सुत्दै अाइरहनु भएको दाईलाई केही हप्तादेखी मानवसेवा आश्रम बिरगंज शाखा परिवारले दाईको अवस्था अध्ययन गर्दै अाइरहेको थियो !
अन्दाजी 37 वर्सिय दाईलाई रात्रीको समयमा उद्धार गरी आश्रममा लेराएको हो!!
उद्धार कार्यमा सहयोग गर्नुहुने Gandak Hospital परिवार एवम परोपकरी मनका धनी आदरनीय Rahbar Ansari ज्युलाई धेरै धन्यवाद !!
दाईलाई चाडै नै आश्रमको बातावरणमा घुलमिल गराइ चिकित्सक को परामर्श अनुसार औषधी सेवन गराउने छौ आशा छ दाईलाई चाडै नै ठीक हुने छ !
मानबिय सेवाको कार्यमा सहयोग गर्नु हुने उदारमनाज्युहरुलाई
धेरै धेरै धन्यवाद !!
(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!
मानवसेवा आश्रम
मुख्य कार्यलय - हेटौंडा : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१
शाखा कार्यलयहरू :
भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३
काठमाडौंं : ९८५५०७६००४
ललितपुर : ९८५५०७६००५
गोरखा : ९८५५०७६००६
लमजुङ : ९८५५०७६००७
विरगंज : ९८५५०७६००८
बाग्लुङ / पोखरा : ९८५५०७६००९
Post a Comment