बच्चा सहित बेवारीसे रुपमा उद्धार गरियकी महिलाको आश्रममा ४ दिनको सेवा पछि परिवारमा सुखद मिलन
...............................................
जेष्ठ 25 गते महिला तथा बालबालिका कार्यालय पर्साको अनुरोधमा 24 गते राती 11 बजे प्रहरिले गस्ती गर्दा प्रतिमा चोकमा बच्चा सहित बेवारीसे रुपमा रहेकी महिला उद्धार गरी जिल्ला प्रहरी कार्यालयको महिला सेलमा राखिएको महिला र बच्चालाई उद्धार गरी आश्रममा लेराइएको थियो !
दिदिले आफ्नो केही परिचय खोल्नु भएको थिएको कसैसँग केही बोल्न चाहनु भएको थिएन 3 दिन पछी परिवारको सद्स्य र छिमेकी सम्पर्क मा अाइसके पछी
दिदी र नानीलाई परिवारमा जिम्मा लगाइएको हो पर्सा अपौनी 23 घर भएको इन्दुदेवी नाम वर्स ३0 दुई वर्सदेखी मानसिक रोगको औषधी खाइरहनु भएको रैछ! परिवारको सदस्य घरमा नभएको बेला घर बाट भाग्नु भाको रैछ इन्दुदेबी दिदिको 7 जना छोरी र श्रीमान कमाइको लागि भारतमा बस्दै अाइरहनु भएको रहेछ !
इन्दुदेबी दिदिको ठुलि दिदी सितादेवीलाई आश्रम मा नै बोलाई दिदिलाई परिवारमा पुरनमिलन गराइएको छ !
पुन: मिलन सेवामा महिला तथा बालबालिका कार्यालयका नि प्रमुख आदरनीय सुर्या साहज्यु आश्रमका अभिभाबक आदरनीय प्रो Dr.Deepak Shakya ज्यु, सामाजिक अभियान्ता आदरनीय prakash tharu ज्यु
पत्रकार आदरनीय Suresh Bidari ज्यु र आश्रमका साधाक साधिका तथा अभियन्ताहरुको उपस्थितिमा पारिवारिक मिलन गराएको छ!
(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!
मानवसेवा आश्रम
मुख्य कार्यलय - हेटौंडा : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१
शाखा कार्यलयहरू :
भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३
काठमाडौंं : ९८५५०७६००४
ललितपुर : ९८५५०७६००५
गोरखा : ९८५५०७६००६
लमजुङ : ९८५५०७६००७
विरगंज : ९८५५०७६००८
बाग्लुङ / पोखरा : ९८५५०७६००९
Post a Comment