नेपाल स्वयम्सेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष शतक रक्तदाता प्रेम सागर कर्माचार्यद्वारा आज सिटी स्क्वाएर, बागबजारमा १५० औं पटक रक्तदान गर्नुहुंदै ! वहाँलाई केन्द्रिय रक्त संचार सेवा केन्द्रका निर्देशक मनिता राज कर्णिकारद्वारा शतक रक्तदाता सम्मान तथा आयोजकको तर्फबाट पनी रक्तदाता सम्मान प्रदान गरिएको थियो ! प्रेम सागर कर्माचार्यज्यूलाई धेरै धेरै बधाई साथै धन्यवाद र शुभकामना !
सो कार्यक्रममा स्वास्थ मन्त्री गगन थापालाई प्रमुख अतिथि निम्त्याईएको भएतापनी हिजो मात्र सरकार परिवर्तन भएको कारणले निवर्तमान स्वास्थ्य मन्त्री गगन थापाको उपश्थित नभएको कारणले कार्यक्रम निर्धारित समय भन्दा डेढ घण्टा ढिलो शुरु भएको थियो ! मन्त्रीको हैसियतले नभएपनी एउटा जिम्मेवार नागरिकको हैसियतले यस्तो पवित्र सामाजिक काममा निवर्तमान स्वास्थ्य मन्त्री गगन थापा किन उपश्थित भएनन ? के उपश्थित हुनु जिम्मेवार होईन र ?
राधा श्रेष्ठ
अध्यक्ष
नेपाल स्वयंसेवी रक्तदाता समाज
३० वडा नगर समिति, काठमाडौ ।
Post a Comment