लायन्स क्लब द्वारा मन्जुश्री असहाय संरक्षण केन्द्रमा आश्रीत छोराछोरीहरु र दिदिबहिनीहरुका लागि खाद्यान्न सहयोग

जब हामी एक्लै सपना देख्छौ त्यो मात्र सपना हो, तर जब हामी साथमा सपना देख्दछौ त्यो सत्यताको शुरूवात हो भन्ने भनाइलाइ आत्मसाथ गरि लायन्स क्लब ले आज मन्जुश्री असहाय संरक्षण केन्द्रमा आश्रीत छोराछोरीहरु र दिदिबहिनीहरुका लागि खाधन्न सहयोग सप्रेम हस्तान्तरण गर्नुभएको छ।

समाजमा रहेका विभिन्न समुदायका असहाय बालवालिका, घरेलुु हिंसा तथा बेचबिखनमा परेका दिदिबहिनि तथा बालबालिकाहरू र पारिवारिक अपहेलनाका कारण कष्टकर जीवनयापन गर्न वाध्य जेष्ठ नागरिकहरुलाइ उद्दार गरी मनोसामाजिक परमार्श,कानुनि सहायता, आवश्यक शिक्षा तथा सिपमुलक तालिमका माध्यम बाट आत्मनिर्भर बनाइ पारिवारिक तथा सामाजिक पुनमिलन एवम पुनस्र्थापना गर्न स्थापित मन्जुश्री असहाय संरक्षण केन्द्रले त्यस्ता असहायहरुको लागि उद्दार, उपचार, कानूनी सहायता, पालनपोषण र पारिवारीक पुनर्मिलन गराउदै आइरहेको छ।

यस कामलाई बिस्तार गर्नका लागि सहयोग गर्नुहुने संस्थाहरु लायन्स क्लब अफ गितानगर,लायन्स क्लब अफ पटेहानि,लायन्स क्लब अफ कसरा,लायन्स क्लब अफ नारायणी रिभरसाइड,लायन्स क्लब अफ चितवन हर्णबिल,लायन्स क्लब अफ चितवन गोल्डेन,लायन्स क्लब अफ चितवन युथ,लायन्स क्लब अफ चनोैलि,लायन्स क्लब अफ नारायणी ,लायन्स क्लब अफ मंगलपुर,लायन्स क्लब अफ भरतपुर फ्रेन्ड।।

उद्धेश्यलाई सफल सिद्ध तुल्याउनका लागि हजुरहरुले आज जुन सहयोग गर्नु भयो हजुरहरुको यो सहयोगको कदर गर्नेछौं।आगामि दिनहरुमा पनि यस्तै सहयोगको अपेक्षा गर्दछौं।।

यो सुअवसर जुटाईदिनु भयो यम बिके ज्यु र कृष्ण परियार सर प्रति आभारी छु हजुरको न्यानो स्र्पश म र मन्जुश्री असहाय संरक्षण केन्द्रलाई यो माया साथ सधै मिलीरहोस।।।
भगवानको आर्शिवादले लायन्स क्लबका सम्पूर्ण पदाधिकारी ज्युहरुलाइ सधै दिनदुखिको सेवामा लाग्नु पुगिरहोस।

यो महत्वपूर्ण सहयोगको लागि यहाँहरुलाई संस्था परिवारको तर्फबाट मुरीमुरी धन्यबाद टक्रयाउदछौं।यहाहरुको सुस्वास्थ, आरोग्य, संवृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।।

मन्जुश्री असाहय संरक्षण केन्द्र
भरतपुर, चितवन
९८५५०५३७८८/०५६-५३१८४६

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.