अष्ट्रेलियाबाट जन्मदिनको अवसरमा गरिने फजुल खर्च विद्यालयको अक्षयकोषलाई सहयोग ।
" सेवा नै धर्म हो ।
खैरहनी न. पा. -८ पर्सा,चितवन निवासी आदरणिय सहयोगी मित्र खैरहनी न.पा.-८ पर्साका नव निर्वाचित वडा अध्यक्ष श्री टेक बहादुर थापा क्षेत्रीज्यू एंवम श्री कौशल्या थापाज्यूको अष्ट्रेलियाको सिड्नीमा बस्नुहुने पृय छोरी Ceeta Thapa ज्यूको आज पर्न गएको जन्मदिनको अवसरमा चितवन, खैरहनी मा.वि.मा स्थापित जन्मोत्सव तथा स्मृत्ति छात्रवृत्ति अक्षयकोषलाई आज नगद रू. १००५।-सहयोग प्रदान गर्नु भएको छ । आज बिहान अष्ट्रेलीया हुनुहुने आदरणिय सहयोगीमनकीधनी Ceeta Thapa ज्यूलाई जन्मदिनको शुभकामना प्रदान गर्ने क्रममा खुसी ब्यक्त गर्दै,आफ्नो जन्मदिनको अवसरमा गरिने फजुल खर्चलाई कटौती गर्दै अष्ट्रेलियाको सिड्नी देखी बिधालयमा स्थापना गरिएको अक्षयकोषमा सहयोग गर्ने अवसर प्राप्त भएकोमा खुसी ब्यक्त गर्दै उक्त सहयोग रकम वहाँको बुबा आदरणिय सहयोगी मित्र श्री टेक बहादुर थापा क्षेत्रीज्यूले हस्तान्तरण गर्नु भएको छ ।
पर्सा सानाशहरी खाने पानी तथा सरसफाई उपभोक्ता समितीको कोषाध्यक्ष , नेपाल रेडक्रस सोसाइटी उपशाखा खैरहनी चितवनको उप सभापति , चितवन जिल्ला मेलमिलाप समिती सदस्य एंवम बिभिन्न संघ संगठनहरूमा सक्रिय उहाँको बुबा श्री टेक बहादुर थापा क्षेत्रीज्यू एंवम् ममतामयी आमा कौशल्या थापाज्यूले छोरी Ceeta Thapa को जन्मदिनको अवसरमा सुख, शान्ति र समृद्दीको शुभकामना प्रदान गर्नु हुँदै खैरहनी मा. वि.मा आर्थीक अभाव को कारण उच्च शिक्षा अध्यनगर्न समष्या पर्ने जेहेन्दार तथा असाह्यगरीब विधार्थीहरूकोलागी " एक करोडको " लक्ष्यकासाथ सामाजिक अभियानको रूपमा थालनी गरेको अक्षयकोषमा ६१ लाख पुग्न सफल भएकोमा बधाई एंवम् शुभकामना प्रदान गर्नुहुँदै उक्त सहयोग रकम प्रदान गर्नु भएको छ ।
विधालय तथा अक्षयकोषको सम्पुर्ण परिवार उहाँहरू सहयोगी परिवार प्रती हार्दिक आभार ब्यक्त गर्नुकासाथै अष्ट्रेलियामा हुने सहयोगीमनकीधनी Ceeta Thapज्यूलाई जन्मदिनको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना , सु-स्वास्थ दिर्घायूको कामना साथै उत्तरोत्तर प्रगतीको शुभ-कामना ब्यक्त गर्दछौं ।
Post a Comment