मलाई पढ्न अल्छी लाग्थ्यो।दिदी र दाइ बिद्यालय जान्थे म लुकि लुकि सिनेमा हेर्न जान्थे।

मलाई पढ्न अल्छी लाग्थ्यो।दिदी र दाइ बिद्यालय जान्थे म लुकि लुकि सिनेमा हेर्न जान्थे।कहिले चोकमा क्याराम बोर्ड खेलेर दिन बिताउथे।बिद्यालय पोशाक लगाएर घरबाट हिडेपनी म दिनभर पशुपतिका जङ्गलमा डुलिरहन्थे।
घरका मानिस आजित भैसकेका थिए।
१८ बर्ष भैसक्दा पनि १० कक्षा पास गर्न नसकेपछि मैले घरमा म बिदेश जान्छु भने, उमेर बढाएर नागरिकता अनि पासपोर्ट बनाएर म साउदी अरब उडे।
कहिले मुलुक छोडेर नहिडेको मलाई साउदी अरबमा  कुनै तेस्रो ग्रहमा पुगे भन्दा गार्हो भो।न मनग्ये पढाइ न कुनै सीप ,मैले गर्ने काम भनेको अरबीको घरेलु नोकर सरहको थियो।नेपालमा डुलेर खाएको दिनहरु झल्झली याद गर्दै म मरुभूमिको उट जस्तै बालुवामा भौतारिइरहे।
बिहान ४ बजे उठेपछि मालिकको पछि पछि दगुर्ने, गाडी धुने हुक्का ट्क्र्याउने देखि मालिकको पसलको सामान ओसार्ने काम समेत मेरै भागमा थियो।
४ बजे उठेपछि सुत्ने समय भनेको रातको बार्ह बज्दथ्यो।
यसरी गोरु जस्तै जोतिएर साउदिमा दुई बर्ष बिताएपछी म अरबी भाषामा पोख्त बनेर मुलुक फर्किए।
स्नातक र स्नातकोत्तर गरेका हरु समेत बेरोजगार बस्नुपर्ने मुलुकमा म म्याट्रीक अनुत्तीर्ण डोरी लाउरेले ढङको काम पाउने अवस्था थिएन।कमाएको पैसा खुरुखुरु सकिन थालिसकेको थियो।
अरबमा दुखले कमाएको पैसाले एउटा घडेरी किनेको थिए।नेपालै बसेर त्यो घडेरीमा घर बनाउन सक्ने अवस्था थिएन ।त्यसैले त्यो घडेरीमा आफ्नो सपनाको महल ठ्ड्याउने मेरो सपना पूरा गर्नकै लागि म फेरि उहीँ बालुवाको बगरमै भासिनुको विकल्प थिएन

साहुको पसलमा भारी बोक्ने काम गरेको अनुभवले म पसलमा सेल्सम्यान सम्म बन्न सक्छु भन्ने लागेको थियो। साउदी अरबको उकुसमुकुस कडा नियमले आजित भएर म कुनै अर्कै मुलुक जान चाहन्थे ।त्यसैले साउदी बाहेक अन्य जुनसुकै देश जानका लागि मैले पासपोर्ट बुझाएको थिए।
कतारमा अत्तरको पसलमा टाइसुट लगाएर काम गर्न पाइन्छ।खाएर बसेर मनग्य पैसा जोगिन्छ भनेर म्यानपावर कम्पनीले देखाएको सपना बोकेर म फेरि एकपटक बिदेश हानिए।
हमाद विमानस्थलमा ओर्लिएर नया सन्सारको मजा लिदै गर्दा मलाई साउदी अरब नगएर कतार रोजेकोमा मनमनै औधी खुसी लाग्यो।
अध्यागमन काटेर बाहिर निक्लने बित्तिकै आफ्नो नामको प्लेकार्ड बोकेर बसेका दम्पती देख्दा आफू ठुलै मान्छे भएको महसुस गर्दै म उनिहरुले डोर्याएको बाटो लागे।
बालुवामा पनि नधसिने land cruiser गाडीमा बसिसकेर आफुलाई मज्जाले अरेबिक भाषा बोल्न आउँछ भन्ने जानकारी दिएर आफ्नो योग्यताको बढाई चढाई गर्ने सोच्दै गर्दा उनिहरुले भनेको एउटा शब्दले म माथिको आकाश खस्यो अनि म मुनिको जमिन भासियो।
हादा वलाद हेलुव.... हवा सुकुल मजरा ...वल्ला सुनु?
यो त हेर्दा यत्तिको राम्रो रहेछ, यसले मजरामा गएर उट चराउलात?
                          क्रमश .............

- रजनी ढुङ्गाना

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.