अष्ट्रेलिया बस्नुहुने सुमन खत्री ज्युले आज असार १९ गते आफ्नो पुजनिय बुवा खिलेन्द्र खत्री ज्युको जन्मदिन परेको उपलक्ष्यमा सप्तरीका दृष्टिबिहिन परिवारको लागी निर्माण भैरहेका ३ घरको लागी हामिलाई रु.२०,६००/- सहयोग रकम पठाउनु भएको छ, उहाँलाई आभार व्यक्त गर्दै पुजनिय बुवालाई जन्मदिनको धेरै धेरै शुभकामना||
- कुमार कट्टेल जिग्री
जिग्री पाडे र युवा सामाजिक अभियन्ता रमेशप्रसाद शाहज्युको सम्युक्त पहल र सप्तरी युथ नेपालको संयोजनमा "जिग्री पाँडे प्रतिष्ठान नेपाल" ले सप्तरी गम्हरियाका दृष्टिबिहिन मण्डल परिवारको लागि ३ ओटा अपाङ्ग मैत्री , बाल मैत्री र धुँवारहित घर बनाउने अभियान सन्चालन गरेको हुँदा यो पबित्र कार्यमा सबैलाई सकेको सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ । कृषि विकास बैंक त्रिपुरेश्वर शाखामा रहेको खाता नं. ०२१०६०११२९५९३०१२ मा सहयोग रकम जम्मा गर्न सकिनेछ । बिस्तृत जानकारिको लागि सम्पर्क :-९८४१०२६२६६ (009779841026266)
"ईश्वरलाई चडाउने भनेको भावना हो, सहयोग गर्ने भनेको गरीब असक्त र असाहयलाई हो"
- जिग्री पाँडे प्रतिस्ठान नेपाल
Post a Comment