अर्घाखाँची प्रबासी समाज बहराइन द्वारा दुबै मृगौला पीडित लाई एकाइस हजार चार सय बीस ( 21420 ) सहयोग रकम हस्तान्तरण
" एक जुट हौ , समाजका लागि केही गरौ "
भन्ने मुल नाराका साथ स्थापना गरिएको अर्घाखाँची बासीहरुको साझा चौतारी " अर्घाखाँची प्रवासी समाज बहराइन " यस समाजको नियमित माषिक बैठक ११ अगष्ट २०१७ मा बसि " सेवा नै धर्म हो " भनी यस समाजका " सकृय सदस्य " भुपाल खनाल ज्यु को संम्योजकतामा मालारानी गाउपालिका ४ खन उपल्लोबढाचौर का श्री पतिराम खनाल र श्रीमती धनकला खनाल का मृगौला पीडित २२ बर्षिय पिताम्बर खनाल को उपचाररतको लागि आर्थिक कम्जोर भएकोले यश समाजको सानो सहयोग ले केहि राहत हुने छ भनि यसै समाजको तर्फ देखि र बैठक मा उपस्थित सहयोगि मन र भावना बोक्नु भएका ब्याक्तिहरु ज्यु बाट केहि रकम संकलन गरि नेपाली रुपैयाँ एकाइस हजार चार सय बीस ( २१४२० ) यहि १४ अगस्ट २०१७ मा बिमारी पिताम्बर कि आमा धनकला खनाल ज्यु को खाता जम्मा गरिएको छ । बिरामी खनाल प्रती शिघ्र स्वास्थ लाभको कामना गर्दैछ ।
सचीव
अनमोल राक्से मगर
अर्घाखाँची प्रवासी समाज बहराइन
Post a Comment