कथा: "अर्को जुनिमा" भाग १

काठमाडौ को धुवा धुलो ले सबै लाई आक्रान्त पारिरहेको छ तर पनि सम्भावना को शहर काठमाडौ छोडेर जाने मन प्राय कसैलाई हुदैन त्यही सम्भावना को बिचमा तय भएको मेरो यात्रा अनबरत चलिरहेको छ आज सम्म पनि ।
बिहानै को मन्दिर को घण्टी हरुले आँखा खुलाइदिएछ यसो जिउ तन्काए हेरे पुर्ब छप्पकै लालिले पोतिसकेक रहेछ सदा भन्दा आज अल्लि जोस बढी भएको अनुभव गर्दै थिए तर किन मलाई थाह भएन र आज मन्दिर को दर्शन गर्न जान मन पनि जागेर आयो अनि धेरै पहिले आमा लाई पशुपति को दर्शन गर्न जादा किनिदिएको थाली त्यतिकै बसिरहेको थियो जुरुक्क उठे अनि स्नान गरे धेरै समय पछि थाली ले पनि न्याय पायो थाली सफा गरे पुजा सामग्री तयार गरे अनि लागे मन्दिर तिर सायद जीवन मा म एक्लै मनले नै चाहेर मन्दिर गएको सम्भवत पहिलो चोटि हुन सक्छ यसको अर्थ यो होइन कि म धार्मिक नै होइन या नास्तिक म आस्तिक हु तर सबै कुरामा बिश्वास चाहिँ गर्दिन आबस्यक मात्रै ।
निकै लामो लाइन बसिसकेको रहेछ म पनि लाइन मै बसे  कता कता यी आँखा अनायास मै एउटा अपरिचित मा ठोकिँन पुगे देखिएका सबै राम्रा हुदैनन् फेरि मन लागेका नराम्रा हुनै सक्दैनन् तर लाइनमा थिए उनी अपरिच थिइन् कुनै साइनो थिएन बोल्न लाइ तर मन उनैमा गएर अडियो ओहो एकोहोरो पो भएछु त पछिल्लो भक्तजन ले ए बाबू पालो आयो अघि सर्नु त भनेपछि पो झ्ल्यास भए त्यति बेला सम्म उनी त पुजा सकेर पनि गइसकिछिन म भने मन मनै टोलाएर पो बसेछु पछि पो निकै लाज लाग्यो । र हतार हतार काम सकेर फर्क
अफिस जानू त छदैछ त्यो त नियमित नै भयो तर आज अल्लि ढिला भएछ अब काठमाडौ को जाम कचकचे  साहु ओहो कति मिलेको बेलाबखत मा नोकरी नै छोडिदिउ झै हुन्छ तर के गर्नु फेरि अर्को भेट्न पनि मुस्किल जे पनि तलब सहि समयमा दिन्छ यहि गुन ले पनि छोडेर जान सकिरहेको थिइन । आज कालिमाटी बाट बस नचढि सिधै हिडेर जाने योजना बनाए छिटो पुगिन्छ कि भन्ने हेतुले र यात्रा तय गरे टङेश्वरको पुल हुँदै भिमसेन स्थान कास्ठ्मन्डप हुँदै हारती होटेल हुँदै नरदेबी पकनाजोल हुँदै लैनचौर सम्मको यात्रा तय गरे पाइला हरु छिटो छिटो बढाउदै थिए कचकछे साहु लाई सम्झेर लगभग गन्तव्य मा पुग्न केहि समय बाकी थियो पकनाजोल चोक पुगेको थिए त्याह फेरि म अचम्मित भए जसलाई मैले बिहान मन्दिर मा देखेको थिए उनैलाई फेरि भेट्न् पुगे मन कस्तो कस्तो भयो म संग बोल्ने समय छ्दै थिएन  यसो हेरे अलि पर पुगेर पनि फर्की फर्की हेरे उनी आफ्नै काम मा ब्यस्त थिइन सोचे आज बेलुका फर्कदा यहि बाटो फर्कन्छु अनि कुनै न कुनै बहाना मा बोलेर जान्छु ।यति सोच्दै अफिस पुगे झन्डै ढिला भएको धन्न साहु आइपुगेको रहेनछ अरु साथिहरुले अफिस खोलेका रहेछ्न मेरो मन भने फिटिक्कै काम मा थिएन तर पनि गर्नु त बाध्यता नै थियो मेरो कर्तव्य पनि जे होस आजको अफिस समय छिटो सकिए हुन्थ्यो जस्तो भने लागेको थियो समयको गतिलाई न कसैले रोक्न सक्ने अवस्था थियो नत छिटो बनाउन सक्ने उ त आफ्नै गतिमा चलिरहन्छ तर फरक गति त हाम्रो मात्रै हो आज खोइ साहु आएन किन हो कुन्नी थाह भएन म पनि आफ्नो काम सकेर आज साथी हरुलाइ विशेष काम छ भनी एक घन्टा पहिले नै निक्लिए र मन भरी त्यही तस्बिर जुन मन्दिर मा भेटे जुन बिहान आउँदा बाटो मा भेटे हो तस्बिर सजाउदै अघि बढे नभन्दै अघिकै चोकमा उनी आफ्नै काम मा ब्यस्त थिइन त्यस्तै १८/१९ बर्सकी गहुगोरी बर्ण कि जे होस राम्री थि उ हुन त हेराइ हो राम्रो भन्छ्न मलाई पनि त्यही भएको हो कि? नजिकै पुगे सायद उनले मलाई देखिकी पनि थिइन कि नाइ मलाई थाह भएन उनी मकै पोल्दै थिइन मैले अब गफ गर्ने मेसो निकाल्न लागे र एउटा मकै मागे उनले दिइन मकै खादै उनको घर सोधे उनले झर्कदै भनिन मकै खान आएको कि घर सोध्न ?म त नाजवाफ भए तर मेरो मन भित्र आगो को ज्वाला दन्किरहेको थियो उनको बारेमा कसरी बुझौ भन्ने भइरहेको थियो त्यसैले हार मानिन फेरि लाग्यो उनलाइ सबैले सोध्दा हुन त्यही भएर होला नि भन्ने लाग्यो यतिकैमा खल्तिको मोबाईल बज्यो ओहो साथिले रहेछ घर कहिले जाने भनेर सोध्दै थियो मैले ओहो साथी गोरखा त बन्द छ रे खुलेपछि जाने हो खबर गरुला नि भने मैले गोरखा भने पछि उनी अलि केही नजिक भए झै गरिन र सुस्त सोधिन तपाई को घर गोरखा हो ? मैले भने अनि तपाईंको नि मिल्छ भन्न ? उनले भनिन मेरो पनि गोरखा नै हो ओहो एकै स्थान का पो रहेछौ खुशी लाग्यो भने मैले तर उनले त आँसु पो बगाइन त मलाई झन उनको आशुले गम्भीर बनायो अब त झन उनको बास्तबिकता बुझ्ने मन जागेर आयो अनि सोधे कहाँ बस्नु हुन्छ ? कालिमाटी ए हो म पनि त्यतै बस्छु त अब जाने होइन रुम तिर ? अनि को संग बस्नु हुन्छ ? अब जाने हो को छ र यो पापी दुनियाँमा मेरो म एक्लै बस्छु जति जति प्रश्न गर्दै जान्थे उति उति यो मन थाम्नै नसक्ने गरि मनै पोल्ने गरि जवाफ आउथ्यो अनि एउटा असल साहारा अनि सुखदुःख को साथिको पर्खाइ मा छिन भन्ने चाहिँ मलाई महसुस भइरहेको थियोे अनि सबै सामग्री पोको पारेर उनी म संगै जाने भइन म पनि उनी संगै जान पाएकोमा निकै खुशी भए मैले तपाईंको नाम के हो भनेर सोधे उनले निता भनिन ओहो कति राम्रो नाम है मलाई प्राय दुई अक्षर को नाम अलि बढी मन पर्छ निता ले भनिन तपाईंको नि मेरो अविरल मैले प्रतिउत्तर दिए उनले भनिन म तपाईं लाई आज बाट दाइ भनु है? ओहो यति धेरै माया भाव कसैले मलाई दाइ भनेर सम्बोधन गर्छ भने म किन स्वीकार नगर्ने अबस्य पनि तिमी आज बाट मेरो बहिनी भयौं उनी आँखा बाट आँसु झार्दै निकै खुशी भइन अनि मैले आँसु पुछ्दै लाटी अब पनि आँसु झार्ने हो त अब त खुशी भएर पो अघि बढ्नु पर्छ त उनी भन्दै थिइन म आज निकै खुशी भएर आँसु खसे दाइ ।अनि मैले सोधे तिमी यहाँ को सङ आयौ किन कसरी एक्लि भयौ त? उनी लामो सुस्केरा हाल्दै खोइ दाइ कसरी शुरु गरु आज पनि त्यो दिन सम्झदा मन भतभती पोलेर आउँछ ।गरिबी मेरो ठुलो शत्रु हो दाइ म निकै अब्बल थिए पढाइमा एस एल सि पास गरेपछि उच्च शिक्षा को लागि गाउँ नजिकै कुनै कलेज पनि थिएन तर मेरो बाबा लाई छोरी लाई धेरै पढाउने अभिलाषा थियो यहि क्रममा मेरो पल्लो घरको दाइ काठमाडौ बाट घर जानू भएको थियो बाबा ले सबै कुरा दाइलाइ भन्नुभयो दाइ पनि असल र इमान्दार हुनुहुन्थ्यो र मेरो अब्बल पढाइ देखेर दाइले म बहिनीलाई उतै लिएर जान्छु भन्नू भयो केही दिन पछि नै मैले घर छोडेर जाँदै थिए एकातिर उच्च शिक्षा पाइन्छ भन्ने कुरा ले मन खुशी थियो भने अर्को तिर मेरी देबि मेरी आमा मेरो भगवान मेरा बाबा लाई छोडेर जानुपर्दा को पिडा म बताउनै सक्दिन अनि स साना भाइ बहिनी अनि साथी सङी हरुलाई त कति कति याद रहने भयो सिमा नै रहेन ।बिहान को भालेको डाको संगै सबै समान तयारी गरि मेरो भबिस्यको सुनौलो सन्सार सबैको सम्भावना को सहर राजधानी आउन लागियो मन निकै धमिलो भयो तर पनि मन भरी आसा भएपछि त आउनै पर्दओ रहेछ म दाइ सङै आए म गाउँमा हुर्किएकी केटि यो सहरले मलाई गिज्याइरहेको जस्तो महसुस  भयो हामी हाम्रो गन्तव्य को नजिक कलङ्की पुगियो दाइ ले भन्नुभयो झरौ निता अब अलिकति अगाडि गएर अर्को बस चढ्नु पर्छ  उहाँकै पछि लाग्दै कलङ्की बाट कालिमाटी को बस चढियो यात्रा ले छोटिदै थियोे हामी गन्तव्य मा पुगियो यो नयाँ ठाँउ मेरो लागि नितान्त नयाँ थियो यहाँ का हरेक चिज नयाँ लाग्द्थ्यो म चारैतिर हेर्दै दाइको कोठामा पुगियो अनि पालैपालो फ्रेस भएर आइयो अनि दाइ ले भन्नुभयो निता तिमी कोठामै बस्दै गर म केही समान लिएर आउछु तर धेरै बेर पनि दाइ आउनु भएन यसो झ्याल बाट बाहिर हेरेको मानिस हरुको भिड थियो हो हल्ला थियोे  मन निकै अमिलो भयो एकातिर छिटो आउछु भनेर गएको दाइ नआउनु अर्कोतिर भिड मा हल्ला हुनु मन मानेन तलै झरे त्यही पुगे केही अगि एउटा बसले ठक्कर दिएर एउटा युबक को घटना स्थलमा नै मृत्यु भएको रहेछ हेर्दै गएको कोहि नभएर मेरो साहारा को सन्सार मेरो दाजु पो रहेछ म बेहोस भएर ढ्लेछु  उतिखैर ..................।बाकी दोस्रो भागमा
कथा अर्को जुनिमा भाग १

- गोबिन्द लामिछाने "अबिरल"

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.