अर्को जुनि भाग -२
......बेहोस म बिउझिदा हस्पिटल को बेडमा रहेछु यो नौलो सहर मेरो लागि दुर्भाग्यपूर्ण भयो म जसलाई साहाराको हतियार सम्झिएर आए उ नै आज यो सन्सार मै छैन गाउँ भरी कुरा भएछ कि त्यो अलिछिना गएकी त्यही भएर यस्तो भयो म न घर जान सके न यो सपना को र स्वार्थी हरुको सन्सार मै रम्न तर पनि बाच्नु त थियो केही दिन मै हस्पिटल बाट बाहिर आए त्यही दिन देखि मेरो अनिश्चित यात्रा जारी भयो यो बिचमा के के भन्यो जुन भनेर साध्यै छैन ।
एकदिन रत्नपार्क तिर जाँदै थिए बाटो मा एकजना लगभग मेरै उमेर को दिदी ले मकै पोलिरहेको देखे सारा कथा ब्यथा सुनाए उहाँ लाई सार्है दुख लागेछ कि भगवान को आँखा त्यतिबेला खुल्यो उहाँ ले मलाई यहि काम गर्न भन्नुभयो २ दिन उहाँ सङै बसे मकै ल्याउने ठाँउ देखाइदिनु भयो मलाई केही रकम पनि उपलब्ध गराइदिनु भयो अनि पसलमा पनि बाकी राखेर् सामान ल्याउने ब्यबस्था मिलाइ दिनु भयो उहाँ नै मेरो साक्षात देबि भगवती हुनुहुन्छ ।उहाँकै प्रेरणा बाट आज यहाँ सम्म छु ओहो उनको यो कथा सुन्दासुन्दै हामी त कालिमाटी आइपुगी सकेछौ उनको आँखा भरी समुन्द्र हरु छ्ल्किरहेका थिए मैले सम्झाएर फेरि भेट्ने बाचा गर्दै उनलाई बिदाइ गरे ।दिनभर को कामले त्यती थकाइ थिएन तर आज निताको ती हरेक शब्द ले गलित बनायो हाम्रो समाज को बास्तबिकता देख्दा निकै पिडा भयो धेरै बेर सोछे अनि अब निता को लागि केही गर्छु भन्ने सोच राख्दै निदाएछु ।
धेरै दिन पछि आज बिदाको दिन निता लाई भेट्न निताको रुममै पुगे निता कोठामै रहिछिन हल्का वर्षा भइरहेको ले आज काममा नजाने निर्णय गरेर बसेकी रहिछ्न मलाई देख्ने बितिकै रिसाउदै बल्ल याद आयो है बहिनिको भनिन मैले पनि परिक्षा को तयारी अनि जागीर दुबै हुनाले भेट्न नपाएको भने र उनले स्वीकार गरिन बस्न अनुरोध गरिन म चिया बनाएर ल्याउछु भनिन उनको आग्रह लाई मैले मौन समर्थन दिए किनकी मौसम पनि निकै चिसो नै थियो त्यही माथि हल्का बर्सा भइरहेको थियो उनको रुम चारैतिर नियालेर हेरे ओहो कति सजाइएको एकातिर रास्ट्रीय ब्यक्तित्व हरुको तस्बिर अर्को तिर देश को तस्बिर सानो टि टेबल त्यसमा सानो ग्लोब अनि अर्को छेउमा सफा चट्ट मिलेको ओछ्यान लाग्द्थ्यो यस्तो ठाँउ मा सफा दिलभएका मानिस हरुको मात्रै बाँस हुनेछ यति हेर्दाहेर्दै निताले चिया ल्याइन उनको आगमन ले मेरो मौनता तोड्यो ।यसैगरी निताको र मेरो भेटघाट तिब्र हुन थाल्यो यस्तै मा निताले एकदिन बाहिर घुम्न जाने प्रस्ताव गरिन म उनलाई खुशी देख्न चहान्थे उनको प्रस्ताव सहजै स्वीकार गरे र मैले अफिस बाट बिदा मिलाएर जाने बन्दोबस्त मिलाए ।
आज निता संगको पहिलो घुमघाम थियो म त कयौं चोटि पुगेको थिए नगरकोट तर उनको लागि नौलो नै थियोे म निता लाई लिएर नगरकोट गए निता पनि मख्ख थिइ यो स्वार्थी हरुले भरिएको दुनियाँमा आज उ बिश्वास को साथमा म संग घुम्दै थिइ पर छेउमा बसि अनि क्षितिज पर हेरी अनि आँखा भरी आँसु बनाइ अनि भनी मेरो पनि यो दुनियाँमा कोहि भइदिएको भए यो मन कति खुशी हुन्थ्यो भनिन मैले भने लाटी म छु नि त तिम्रो दाइ होइन म ? निता केह बोलिन टोलाइरही पर क्षितिज मा परेका उनका नयन हरु अझै टोलाइरहे म उसलाई सम्झाउने असफल प्रयास गरीरहे ।निताले धेरै बेरको मौनता पछि भनिन तपाई संग आज केही माग्छु दिनुहुन्छ भने मात्रै माग्छु नत्र माग्दिन मैले भने निता तिमि ले मागेको र म संग भएको चिज दिन मतयार छु भने निता ले बाचा बाधिन र प्रस्ताव गरिन म तपाईंको जीवन साथि बन्न पाउ ओहो म त छागो बाट खसे जस्तै भए जुन कुरा मैले सोचेको पनि थिइन आज निता ले मागिरहेकी थिइ म निता लाई सम्झाउन थाले हेर निता म तिम्रो दाजु हो नि होइन यति मात्रै केभनेको थिए निता रुदै म राम्री छैन त्यसैले होइन ? म गरिबको छोरी त्यहि भएर होइन ? म तपाइको लायक कि छैन त्यही भएर होइन ?म फुट्पाथमा ब्यबसाय गर्छु त्यही भएर होइन आखिर कि??????? म निता लाई सम्झाउदै भन्दै थिए निता त्यसो होइन म मेरी बहिनिको राम्रो केटा खोजेर बिबाह गरिदिन्छु नि निता भन्दै थिइ के हाम्रो जात मिल्दैन ? के हाम्रो धर्म मिल्दैन ?के हाम्रो उमेर मिल्दैन ?कि म गरिब भए र हो आखिर किन ?म तपाई बाहेक अरु कसैसँग पनि खुशी हुन सक्दिन कि मर भन्नुहोस् नभए तपाईंको आफ्नो बनाउनु होस म अन्योल मा परे केही सोच्नै सकिन र अन्त्यमा निता लाई आफ्नो बनाउने बाचा गरे यती भने पछी निता मलाई अङ्कमाल गर्दै धेरै बेर सम्म हराउन पुगिन र हामी त्यहाँ बाट फर्कियौ त्यस पछि त्यसपछि निता र मेरो जिबनले नयाँ मोड लियो ।
कालो बादल ले आकाश छपक्कै छोपेको थियो अफिस जान हतारो हुँदै थियोे छिटो छिटो गरि निताको कोठामै पुगे उ नुहाउदै रहिछन् यसो हेरे पानीले निथ्रुक भिजेको उनको शरीर बाहिर बाट न प्रष्ट देखिन्थ्यो केही बेरमा नै उनि आइन उनको त्यो आकर्षक शरीर ले मलाई खिचिरहेक थियोे उनी कोठा आउने बितिकै उनलाई अङालोमा बेरेर चुम्बन गरे उनी लाज ले रातो भइन र छिटो छिटो काम सकेर निक्लियौ दुबै जना भबिस्यको कुरा गर्दै अगाडि बढ्दै थियौं तर दुर्भाग्यवश पछाडी बाट तिब्र गतिमा आएको ट्रीपर ले मेरी निता लाई ठक्कर दियो निता ले पानी भन्न पाइन्न म साथमा हुँदा हुँदै मैले मेरी निता लाई गुमाए चक्कर आयो बेहोस भए म ढले निता तिम्रो लागि किनिएको यो एक चिम्टी सिन्दुर आज खेर गयो यो जुनि लाई यस्तै भयो निता यो तिम्रो लास संगै जलाइदिदैछु तिमी संगै जिउने मर्न कसम त खाएको थिए तर संगै मर्न पनि सकिन र सफलता पुर्बक बाच्न पनि सकेको छैन बस् निता यो जुनिलाइ यतिकै भयो अर्को जुनिमा तिम्रै हुनेछु बस निता अर्को जुनिमा तिम्रै हुनेछ यो मेरो बाचा भयो ।
प्रस्तुत कथा एक काल्पनिक कथा हो कसैको जिबन मा मेल खान गएमा संयोग मात्रै हुनेछ।
- गोबिन्द लामिछाने "अबिरल"
Post a Comment