बाढी पिडित बिद्यार्थीहरुलाई स्टेसनरी खरिदकोलागी जापानबाट सहयोग ।

बाढी पिडित बिधार्थीहरूकलागी स्टेसनरी खरिदकोलागी जापानबाट सहयोग ।
खैरहनी न.पा. -६ खैरहनी स्थाई घर भै हाल जापानमा बस्नुहुने सामाजिक ब्यक्तित्व सहयोगी भाई श्री देबेन्द्र सापकोटा र वहाँको जिवन संगिनी श्री कोपिला खरेलज्यूले यही साउन २८ र २९ गते गएको बाढीको कारण रत्ननगर नगरपालिका वडा नं. -८  बगरटोलका करिब ३५ जना स्कुलले बिधार्थीहरूको पढ्ने किताब ,कपि क़लम झोला , ड्रेश बगाए पछि बिचल्ली परेको कुरा पत्रकार , होमनाथ सापकोटा , ध्रुबराज खनाल , वडा अध्यक्ष , बिनोद बस्नेत , लुमन्ति संयोजक शिहँ बहादुर लामा , नेपाल सुकुम्बासी सुधार समितिका अध्यक्ष फुलमान तमाड० टोल सुधार समितिका सचिब प्रतिमा लामा लगायत स्थानिय होटल ब्यवसायीहरूको यही साउन ३१ गते स्थलगत निरिक्षण गर्दा थाहाँ भएको जानाकारीमा आफुले गराए पछि स्टेसनरी खरिदकालागी नगद रू. ५,०००।- सहयोग उपलब्ध गराउनु भएको छ । यस भन्दा अगाडी पनि प्राकृतिक प्रकोपका कारण समष्या पर्दा निरन्तर सहयोग गर्दै आउनु भएका देबेन्द्र सापकोटा परिवारले यस पटक पनि बाढी ग्रष्त क्षेत्रमा थोरै भएपनि बाढी पिडीतहरूले राहत महसूस गर्न सकुन भन्ने उदेश्यले उक्त सहयोग रकम उपलब्ध गराउनु भएकोमा बिदेशमा रहेर पनि आफ्नो मातृभुमीमा परेको बिसम परिस्थितीको बेला सहयोग प्रदान गर्नु भएकोमा सहयोगी परिवार प्रती हार्दिक आभार ब्यक्त गर्दै उत्तरोत्तर प्रगतीको शुभकामना ब्यक्त गर्दछु । साथै खैरहनी न.पा.-८ पर्सा स्थाई घर भै हाल जापान बस्नु हुने आदरणिय सहयोगी मित्र श्री बाबुराम रिजाल परिवारले जापानदेखी उक्त स्थानमा रू ५०००।- चिसोको कारण बिरामी हुन थाले पछि तत्कालै म्याट खरिद गरि हस्तान्तरण गरिएको थियो ।


- मुरली   प्रसाद गजुरेल

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.