गौरी र राजन को जन्म एकै साधरण घरानामा भएको थियो मलाइ याद छ ती जन्मदाको पल दुबै काका बाउ का छोराछोरी थिए त्यो दिन बिर्सेर पनि भुल्न सक्दिन गौरी जन्मदा को त्यो पल जब गौरी को आमा लाई ब्यथा लाग्यो गाउँ का सुडेनी हरुले भरपुर सहयोग गरेर गौरी जन्मिइ जब गौरी ले आफ्नो आवाज यस धर्तिमा सुनाइ तब सबैले नाक खुम्च्याउन थाले गौरी का बाबू आफ्नो त कर्मै खोटी भन्दै खुर्पा बोकेर जंगल तिर लागे घाँस काट्न गौरी कि आमा भित्र कोठामै नियाउरो अनुहार मा गौरी लाई मुसार्दै थिइन उनी त आमा हुन उनलाई सन्तान को माया नहुने कुरै भएन । यसैबिचमा पल्लो घरमा राजन को जन्म भयो एकदिन पछि नै ओहो त्यो घरको माहोल को के कुरा गरौं राजन जन्मने बितिकै घरमा बन्दुक पनि पडकाइयो सबैलाई थाह भयो त्यो घरमा छोरा को जन्मभयो हाम्रो सस्कार पनि यस्तै छ यता गौरी कि आमालाई कसैले तातोपानी पनि गतिलो गरि दिएको छैन उता राजनकी आमा लाई भुइँमा खुट्टा हाल्नै दिदैनन चिसो लाग्छ रे यी परस्पर घट्ना मेरो मनमा रहिरह्यो यतिकैमा गौरी को न्वारान सामान्य एक पुरोहित ल्याएर गरियो उनको खासै कुनै जोखाना पनि हेरिएन तर ज्योतिष ले यो नानि भाग्यमानी नै हुन्छिन भनिदिए कसैले उनको कुरा को वास्ता गरेनन बस आफ्नो कर्तव्य मात्रै पूरा गर्ने कुरा सोचे त्यसैको भोलिपल्ट राजन को न्वारान थियो घरमा अस्ट्ब्यन्जन पाकेको थियो ओहो धेरै पर पर देखिका पाहुना हरु हातमा थरी थरी का सौगात हरु बोकेर आएका देखिन्थे ओहो २/३वटा पाठ पढ्ने ज्योतिष हरु पनि साथमा तामझाम निकै थियो ज्योतिषी हरु हेर्दै गए ओहो लोकले चिन्ने बन्छ धन को त झनै कुरै नगरु कति कति तर एउटै कुरा छ तपाईंको छोरा को बिबाह चाहिँ २पटक हुने भयो सबै जना गल्लल हासे अनि भन्न थाले मर्दको हुन्छन् नि त यो सबै परीदृश्य मेरो आँखा अगाडि घुमिरहेको थियो राजन र गौरी शुक्ल पक्ष का चन्द्रमा जस्तै बढदै गए दुबै पढाई मा अब्बल नै थिए दुबै सामन्य परिवार कै थिए पढाइकै शिलशिलामा मा गौरी को ११ कक्षा पुग्ने बितिकै विवाह भयो गौरी को भाग्य भनु या गौरी को श्रीमान इमानदार भएर हो बिबाह पश्चात् पनि अध्यन गर्ने मौका पाई अध्यन गरि र सबै बाट तिरस्कृत भएकी गौरी एउटा सफल डाक्टर बनी उदाहरणीय नारी बन्न सफल भइ यता सबै को प्यारो राजन १२ पास पछि घरको दिनानुदिन बिग्रदो आर्थिक अवस्था को कारण बिदेश पलायन भयो सायद ज्योतिष ले भनेको ठिक रहेछ कि के हो गौरी लाई देश भरीका ले चिने अब राजन प्लेन चढेर बिदेश पुग्यो त बिदेशमा समेत सबैले चिन्ने भए नि होइन ? केही बर्स बिदेश बस्यो र राजन बिबाह गर्न लाई फर्कियो घरपरिवार कै सल्लाह मा उसले बिबाह गर्यो तर सबैलाई अब एउटै कुराको चिन्ता भयो कि राजन को दोस्रो बिहे हुन्छ कि हुदैन नभए हुन्थ्यो भन्नेमा नै थिए सबै जना एक फेर फेरि घरमा पुजा पाठ भयो ठाँउ त्यही ज्योतिष उनै चिना उहि फेरि पनि ज्योतिष ले भनिदिए दुई ओटा बिहे हुन्छ नौली बेहुली झस्किइन अब गाउँ को पुरानो चलन अनुसार राजन लाई आख मा सिन्दुर हालेर दोस्रो बिहेको दोस मेट्न लगाइयो सबैको मन शान्त भयो तर नौली बेहुली को मन कता बाट शान्ति हुन्थ्यो र ?त्यसै दिन देखि उनको मन पोल्न थाल्यो राजन केही समय को बिदा सकेर कर्मभुमी तिर फर्कियो अहिले को सोसल मिडिया बाट कोहिपनी अछुतो रहन सक्ने अवस्था रहेन त्यसमा राजन को के कुरा उ त झनै नजीक थियो हरेक कुरा हरु शेयर गर्द्थ्यो सबैको आ आफ्नै खालको कमेन्ट आउने गर्दथ्यो यो सबै उसको जीवन साथी रागिनी ले पनिहेर्न गर्थिन तर प्रायः केटि साथी को कमेन्ट उनी अलि गहिरिएर हेर्न गर्थिन किनकी उनको मनमा एक किसिमको भुत चढिसकेको थियोे ।कहिलेकाही फोन समबाद हुँदा पनि राजन झर्कने बितिकै उनी त्यही सोच्ने गर्थिन कि उसको चिनामा दुइटा श्रीमति छ सायद उ अरु कसैलाई मन पराउदछ तर रागिनी ले कहिल्यै यो सोधिनन कि तपाई लाई कुनै समस्या छ कि कम्पनी मा काम गाह्रो भयो कि ?एकदिन कम्पनी मा संगै कार्यरत केटी साथी को जन्मदिन मनाउदै गर्दा संगै खिचिएको तस्बिर उसले सार्बजनिक गर्यो यो तस्बिर ले रागिनी लाई झनै आहात पार्यो यो कुराले उसको मनमा झनै अशान्ति को बाढी ल्याइदियो उ मनमनै पिर गर्न थाली उ बिस्तारै बिरामी पर्न थाली उ बिरामी हुदा सबै आतिय धामीझाँक्री डाक्टर सबै लाई देखाए राजन काम बाट आकस्मिक छुट्टिमा घर आयो तर रागिनी लाई कहिल्यै सन्चो भएन र उ सदा को लागि यो धर्ती छोडेर गइ तर रागिनी ले यो कुरा कहिल्यै सोचिन कि ज्योतिष ले राजन लाई लोकले चिन्नेछ भनेको थिए खोइ कसले चिनेको धनसम्पती अथाह हुन्छ भनेको थिए खोइ कहाँ छ धन सम्पत्ति आखिर नपुगेको कुरामा चाहिँ हाम्रो ध्यान किन नपुगेको आखिर रागिनी तिम्रो ध्यान किन पुगेन आखिर ज्योतिष को चिना लाई सत्य साबित गर्न आफ्नो कुर्वानी दियौं तिमिले अब एक दिन राजन ले दोस्रो बिबाह त अबस्य गर्ने छ ।
कथा : ज्योतिष को चिना
लेखक :--गोबिन्द लामिछाने (अविरल )।
प्रस्तुत कथा काल्पनिक कथा हो कसैको जिबन सङ मेल खान गएमा संयोग मात्रै हुनेछ ।
Post a Comment