"हेल्पिङ हेन्ड्स" दाङ द्वारा "आधारभुत बिद्यालय सुन्डबरी" का विद्यार्थी हरुलाई शैक्षिक सामाग्री बितरण।

"हेल्पिङ हेन्ड्स" दाङ द्वारा "आधारभुत बिद्यालय सुन्डबरी" का विद्यार्थी हरुलाई शैक्षिक सामाग्री बितरण।

आशीष के.सी 

साउन ३२, दाङ

   सामाजिक संस्था हेल्पिङ हेन्डस दाङले आज आधारभुत विधालय सुनडबरीका विधार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । विधालयमा अध्ययनरत १७ जना क्षात्रक्षात्रा हरुलाई  कापी, किताब, झोला लगायतका शैक्षिक सामग्री वितरण गरेको हो । 

  संस्थाकी अध्यक्ष प्रतीक्षा पौडेलको अध्यक्षता तथा विधालयका प्रधानाध्यापक राम बहादुर के.सी को प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले पढ्न पाउनु सबै बालबालिकाको नैसर्गिक अधिकार भएको भन्दै आर्थिक अभावकै कारण कुनैपनि बालबालिका शिक्षा बाट बन्चित हुनुहुदैन भन्नुभयो साथै उहाँले आगामी दिनहरुमा पनि आफ्नो संस्था यस्ता कार्यहरुमा सक्रियताका साथ लागिपर्ने बताउनुभयो । त्यसैगरी विधालयका प्रधानाध्यापक के.सी ले संस्थाको कार्यलाई प्रशंशा गर्दै संस्थाले विधालयका बालबालिकाहरुलाई गरेको सहयोग प्रती आभार समेत प्रकट गर्नुभयो । साथै कार्यक्रममा विधालयकी शिक्षिका मिना परियारले मन्तव्य व्यक्त गर्नुभएको थियो भने विधार्थिहरुको तर्फबाट विधालयका क्षात्र आरती बोहराले बोल्नुभएको थियो । 

    विभिन्न सामाजिक कार्यमा सक्रिय रहदै आएको संथाले तुलसीपुर बजारमा चाट, चटपटे, पानीपुरी बेचेर सहयोग रकम संकलण गरेको थियो । संस्थाका कोषाध्यक्ष शिशिर रावतको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा संस्थाको उद्देश्य र कामहरुको बारेमा संस्थाका सल्लाहकार शालिकराम गौतमले प्रष्ट पार्नुभएको थियो भने कार्यक्रमको सहजीकरण संस्थाका सचिब प्रमोद आचार्यले गर्नुभएको संस्थाका संचार संयोजक आशिष के.सी ले जानकारी दिएका छन् ।


तस्बीर:शिशिर रावत 

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.