दलित बस्तिका ५० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण||मातृभूमिका लागि पर्वत सेवा समाज नेपाल ईजरायल शाखा||

पर्वत जिल्ला  मोदी गाउँपालिका ६ दराकको दलित बस्तीमा संचालित महेन्द्र प्राथमिक बिद्यालयमा आज मातृभूमिका लागि पर्वत सेवा समाज नेपाल शाखा इजरायलले नरेन्द्र क्षेत्री ज्युको अध्यक्षतामा संस्थाका सम्पुर्ण पदाधिकारी ज्यु हरु तथा कार्य समितिका साथिहरुको पहलमा सहयोग जुटायर ५० जना विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री हस्तान्तरण  गरियो।
कार्यक्रम तेसै वार्डका  वडा अध्यक्ष बिमल लामिछाने ज्यु को प्रमुख आतिथ्यता तथा केन्द्रीय अध्यक्ष अर्जुन प्रसाद पौडेल ज्यु को अध्यक्षतामा भएको थियो भने स्वागत भाषण कोशाध्यक्ष दुर्गा सापकोटाले दिनुभयो उक्त कार्यक्रमको संचालन केन्द्रिय सचिव श्री अर्जुन पौडेल निराजन ले गर्नुभएको थियो।
सस्थाले वितरण गरेका शैक्षिक  सामाग्रीहरुमा।स्विस को ल्यापटप, झोला, पेन्सिल, कपि, ज्यामिती बक्स लगायतका सामग्रीहरु थिए।उक्त कार्यक्रममा अभिभावक तथा अन्य ब्याक्तित्वको पनि उल्लेखनीय उपस्थित रहेको थियो। बिद्यार्थीहरु नयाँ ब्याग कापीकलम पाउँदा निकै खुशी देखिन्थे।यस्तै अनाथ,सेवामा गरिबको ओठमा हासो ल्याउनु नै हाम्रो सस्था मातृभूमिका लागि पर्वत सेवा समाजको मुल उद्श्य हो।यो पूरा गर्न केहीहदसम्म भए पनि हामी सफल  भएको महसुस गरेका छौं।यो कार्यक्रम  लाई सफल पार्न सहयोग गर्नुहुने सम्पुर्ण सहयोगि ब्यक्तित्वहरुलाइ  मातृभुमिका लागि पर्वत सेवा समाज नेपाल शाखा इजरायल परिवार हार्दिक आभार प्रकट  गर्द्छौं।
धन्यबाद
अध्यक्ष
नरेन्द्र क्षेत्री
मातृभूमिका लागी पर्वत सेवा समाज नेपाल शाखा इजरायल परिवार।२२-८-२०१७

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.