गायिका जुना प्रसाईं द्वारा बाढीपीडित को लागि जुटेको सहयोग को अपडेट: रु.९६,०००/-|सुदिश निरौला मेमोरियल ट्रस्ट|
सुदिश निरौला मेमोरियल ट्रस्ट मार्फत बाढीपीडित को सहयोग अपील गरेको थियौ।हाम्रो यो राहत बितरन को लागि सहयोग गर्नु हुने सहयोगी मन हरु प्रती हाम्रो ट्रस्ट परिवार अनि मेरो ब्याक्तीगत तर्फ बाट आभरी छु।अहिले सम्म सहयोग गर्नु हुने मन हरु।।
1.गणेश प्रसाईं (Relations Representative of nepal tourism board to ireland&past president NRNA ireland)
नब राज कोइराला (Adviser NRNA ireland)
बिष्णु प्रसाईं
भिम गौतम
वाहा हरु बाट रु 51,000
2.गायक निरन इतानि,अमेरिका रु:30,000
3.संगीतकार दिपक शर्मा रु:5,000
4.एरेन्जर उदय राज पौडेल रु:5,000
5.सुरज कोइराला(captain )रु:5,000
सम्पुर्ण सहयोगी मन प्रती फेरि पनि आभारि छौ।सहयोग आउने क्रम जारी होस हामी यहाँ हरु को सहयोग छिटोभन्दा छिटो पीडित सामु पुराउन लागि परेको छौ।
तराइमा भीषण वर्षाका कारण देशका विभिन्न भागमा उत्पन्न विनाश र भयावह अवस्था प्रति हामी अत्यन्त दुःखी छौं । विगत २ दिनमा बाढी पहिरोबाट धेरै जनाको ज्यान गएको छ ।कैयौं बेपता भएका छन् भने हजारौं व्यक्ति विस्थापित भएका छन् । त्यसैैगरी सैयौं घरहरु भत्किएका एवं डुबेका छन् । तराईका झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा महोत्तरी, सर्लाही, रौतहट, बारा पर्सा, नवलपरासी, दाङ, बाँके, बर्दिया लगायतका अधिकांश जिल्लाहरुका बस्ती डुबानमा परेका छन् । तराई सँग सम्पर्क जोड्ने सडक समेत अवरुद्ध छन् । संकटको यस घडीमा तत्कालै प्रभावकारी उद्धार र राहतको काम सञ्चालन गर्न सुदिश निरौला मेमोरियल ट्रष्ट पूर्वी तराईका अति प्रभावित जिल्लामा राहत तथा उद्धार कार्यको लागि जार्दैछ । यसै सन्दर्भमा ट्रष्टले आफ्नै कोषको केही रकम र आम नागरिकबाट प्राप्त सहयोग रकमबाट तत्काल अत्यावश्यक राहतका सामाग्रीहरु वितरण गर्ने र केही डाक्टरको टिम सहित स्वास्थ्य चेकजाँचको काम समेत गर्न लागेकाले सुदिस निरौला मेमोरियल ट्रष्टलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले एभरेष्ट बैकको चल्ती खाता नं. ०२८००१०५२००६१४ मा रकम जम्मा गर्न सक्नुहुनेछ । साथै सम्पर्कका लागि ट्रष्टकी अध्यक्ष टेकमाया बराल निरौलालाई ९८४३५४७८३५ मा र गायिका जुना प्रसाईलाई ९८६३७६९३७६ अथवा फेसबुक को मयासेज मा सम्पर्क गरी सहयोग गर्न सक्नुहुनेछ । सहयोगदाता सबैलाई ट्रष्टले उचित सम्मान गर्नेछ ।
- गायिका जुना प्रसाईं
Post a Comment