छोराको शुभजन्म दिनको अवसरमा एकदिन भरको भोजनसेवा
मानवसेवा आश्रम ।
०२, भाद्र,२०७४ गंगबु सामाखुशी, काठमाडौ
..............................................
"जस्ले अरुको दुखलाई मनमा महसुस गर्छ उ मावताको रुप हुन्छ ।"
गंगबु ,सामाखुशी निवासी आदरणीय सहयोगी, मानवताप्रेमी र परोपकारी मनका धनी आमा कमला कुवंर ज्युको प्यारो छोरा मिलान कुवंर ज्युको शुभ जन्मदिनको अवसरमा मानवसेवा आश्रम काठमाडौमा शोभा वढाइरहनु हुने आमावृबाहरुको लागि एकदिन भरको भोजनसेवा प्रदान गर्नु भएको छ । हाल अमेरिका रहनु हुने आदरणीय सहयोगी एवं परोपकारी मिलान कुवंर ज्युलाई हामी मानवसेवा आश्रम परिवारको तर्फबाट सुस्वास्थ्य ,दिर्घायु एवं उत्तरोत्तर प्रगतिको मिठो शुभ भावना ज्ञापन गर्दछौ ।
हामीलाई थप सहज बनाइदिनको लागि पाल्नु हुने आदरणीय सहयोगी आमा कमला कुवंर ज्यु र दिदि ज्योति कुवंर ज्युको उपस्थितीमा आज एकदिन भरको भोजनसेवा सम्पन्न भएको छ । सहयोगी मनहरु प्रति हार्दिक अभार र धन्यवाद प्रकट गर्दै सदैव सुख, शान्ति, आनन्दले खान पुगोस् र खुशीले यसरी नै दान गर्न पुगोस् । अत तन स्वास्थ्य होस् ,मन निर्मल होस् ,स्वच्छ रहोस् भावना अझ पनि उन्नति होस् ,प्रगति होस् यहि छ आदरणीय मिलान कुवंर ज्युलाई शुभ जन्मदिनको लाखौ लाख शुभ भावना ।
थप जानकारीको लागि:
मानवसेवा आश्रम, काठमाडौं: ०१४३५७५६३, ९८०९१७०९५९ ,९८५५०७६००४
Post a Comment