मन्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग।।
समाजमा रहेका विभिन्न समुदायका असहाय बालवालिका, घरेलुु हिंसा तथा बेचबिखनमा परेका दिदिबहिनि तथा बालबालिकाहरू र पारिवारिक अपहेलनाका कारण कष्टकर जीवनयापन गर्न वाध्य जेष्ठ नागरिकहरुलाइ उद्दार गरी मनोसामाजिक परमार्श, कानुनि सहायता,शिक्षा आवश्यक तथा सिपमुलक तालिमका माध्यम बाट आत्मनिर्भर बनाइ पारिवारिक तथा सामाजिक पुनमिलन एवम पुनस्र्थापना गर्न स्थापित मन्जुश्री असहाय संरक्षण केन्द्रले त्यस्ता असहायहरुको लागि उद्दार, उपचार,शिक्षा, कानूनी सहायता, पालनपोषण र पारिवारीक पुनर्मिलन गराउदै आइरहेको छ ।
यस कामलाइ बिस्तार गर्नका लागि मन्जुश्री असहाय संरक्षण केन्द्रमा पाल्नुहुने भरतपुर ११ निवासि हाम्रो शुभचिन्तक अभिभावक आदरणिय दिज्युहरु सरिता अधिकारी ज्यु शिर्जना जमरकट्टेल ज्यु संगिता श्रेष्ठ ज्यु दुर्गा डङगोल ज्यु सरु पोख्रेल ज्युहरु मिलेर संयुक्त रुपमा मन्जुश्रीका छोराछोरीहरुका लागि स्कुलको खाजालाइ मध्य नजर गरि आज मन्जुश्रीका बालकलबलाइ सामाग्रीहरु सप्रेम समर्णपन गर्नुभएको छ।मन्जुश्रीमा रहेका छोराछोरीहरु लाई खुसि प्रदान गर्ने हजुरहरुलाइ भगवानले सधै खुसि राखेको होस।
हजुरको साथ ले हामीलाई अझै उर्जा र जागर भरीएको छ सत्कर्ममा सहृदयीको कमी हुदोरहेनछ भगवानले ससरिता अधिकारी ज्यु शिर्जना जमरकट्टेल ज्यु संगिता श्रेष्ठ ज्यु दुर्गा डङगोल ज्युहरु र मेरो प्यारि छोरी नेपाल नारि सचिव मन्जुश्रीको सदस्य सरु पोख्रेल ज्यु जस्ता मनकारि जुराउनुहुदो रहेछ दिज्युहरुको र मेरो छोरिको साथ सहयोग यो परिवारलाई सधै भरी मिलोस हजुरको साथ बिना अधुरो अपूरो हुनेछौ । मन्जुश्रीको समस्यामा साथ दिनुभयो हजुरका हर समस्यामा भगवानले साथ दिनुभएको होस हजुरको घर परिवारमा सुख शान्ति समृद्धि साथ व्यवसायमा लाभ तथा प्रगतिको कामना गर्दछौ ।
मन्जुश्री असहाय संरक्षण केन्द्र
भरतपुर ११
Post a Comment