खुसिको खबर !! साउदी जेल बाट रामचन्द्र तिमील्सिना नेपाल आईपुगेकाछन|| यहाँहरु सबैको सहयोग अतुलनिय छ||

कुवेत म  रहनु भएका सम्पूर्ण सामाजिक संघ संगठनहरूलाई यस बिषयमा जानकारी गराउन चाहान्छौं कि  काभ्रे जिल्ला निवासी  श्री रामचन्द्र तिमील्सेना बिगत  ३ बर्ष देखि  रोजगारीको क्रममा साउदी अरबमा  सवारी चालकको रूपमा कार्यरत रहदाका बखत पाकिस्तानी नागरिकलाई ठक्कर दिदा निज पाकिस्तानी नागरिकको घटनास्थलमा नै निधन भएकोले साउदीको कानून अनुसार आजीवन कारवासको सजाय तोकिएको थियो तर मृतक परिवारको ब्लड मनि स्वरूप केही रकम लिन तयार भएको कारणले  चितवन युवा समुह अन्तराष्ट्रीय समन्वय समिती नेपालको अगुवाईमा " रामचन्द्र बचाऊ अभियान" बाट नेपाल र नेपाल भन्दा बाहिरका राष्ट्रमा कार्यरत चितवनका सामाजिक संस्थाहरूको सहयोगमा नेपाली राजदुतबास रियाध , साउदी अरबको प्रत्यक्ष पहलमा हिजो मिती ३१ जुलाई २०१७, सोमबारको दिन नेपाल सकुशल फिर्ता भएको जानकारी गराउन चाहान्छु । कुवेतको हकमा चितवन सेवा समाज कुवेत को पहलमा  रामचन्द्र बचाऊ अभियानको थालनी गरिएको थियो । रामचन्द्र बचाऊ अभियानमा आर्थिक सहयो गरि हाम्रो अभियान सफल बनाईदिनु हुने र अनलाइन माध्यम बाट सूचना सम्प्रेषण गर्नु हुने पत्रकार ज्युहरु लाई हार्दिक कृतज्ञता तथा मुरि मुरि धन्यवाद व्यक्त गर्दछु।सामाजिक संघ संस्थाहरू , रोजगारीका क्रममा कुवेतमा रहनु भएका  नेपाली दाजुभाई तथा दिदीबहिनीहरू , चितवन सेवा समाजका सहकर्मी मित्रहरूलाई चितवन सेवा समाज कुवेत परिवारको तर्फबाट धेरै धेरै धन्यबाद  सहित हार्दिक आभार व्यक्त गर्न चाहान्छौं ।             ।।।   जय चितवन ।।।।।।

         अध्यक्ष
      नवीन लोप्चन
चितवन सेवा समाज कुवेत

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.