आमा-बाबाको निधनपछि आफन्तबाट तिरस्कृत भई लावारिस बनेका २३ जना बालबालिका माझ पुगियो ।
- जीवन पराजुली (ठुलोपर्दाTV)
सबैतिर देश दुखिरहेको बेला आज मेरो मन दुख्यो । आमा-बाबाको निधनपछि काका-काकी, मामा-माईजु, हजुरबा-हजुरआमा बाट तिरस्कृत भई लावारिस बनेका २३ जना बालबालिका माझ पुगियो । यि बालबालिका सामान्य थिएनन् । यि २३ जनामा नै HIV POSITIVE छ । यि अबोध छन्, यि निर्दोष छन् तर पनि संसारकै सबैभन्दा कठोर सजाय पाएका छन् । प्राईभेट विद्यालयले त पैसामा बिके-बिके सरकारी विद्यालयले पनि यिनीहरुलाई शिक्षा दिन इन्कार गर्यो । HIV रोग होइन, सँगै बस्दैमा सर्दैन भन्ने पढाउने शिक्षकले यिनिहरुको अस्तित्व स्विकार्न सकेनन् । अस्पतालले सामान्य उपचार गर्न हिच्किचायो । तर, यो कलिमा पनि भगवान स्वरुप छन् । आज थाहा भयो मलाई, यि २३ जनाको जीवन रक्षा गर्ने भनवान हुन् उमा गुरुंग र राजकुमार पुन (Rajkumar Pun) । गुरुङ्गले यिनै बालबालीकाको लागि आफ्नोे पसल नै बेचिन्, पुनले किर्तिपुरको २ तल्ले घर नै बेचे । अहिले किर्तिपुर भत्केपाटीस्थित बेबी लाईफ होममा यि २३ जनाले आश्रय र शिक्षा पाईरहेका छन् । यो संस्थालाई सहयोग गर्न हङ्ककङ्गबाट अशोक मल्ल (Timro Ashok) आउनुभयो । त्यहाँ नायक पल शाह र गायक हेमन्त शर्मा (Hemant Sharma) पनि पुग्नुभयो । आजको दिन आजसम्मकै सार्थक सिद्द भयो । यो सबै अवसर पत्रकार तथा निर्देशक मित्र विकास सुवेदी (Bikash Subedi) ले दिनुभयो ।
Post a Comment