हरितालिका तिजको पावन अवसरमा आश्रमको बिहानको भोजनसेवाको लागि रू. ८,५००/-स-प्रेम अर्पण !

भाद्र ७ गते, बुधबार  मानवसेवा आश्रम - हेटौंडा,
हेटौंडा ११ नवलपुर घर भई हाल काठमाडौंमा रहँदै आउनु हुने परोपकारी एंव सहयोगी भावनाले ओतप्रोत आदरणीय दिदी निलम सुवेदीज्यूले मानवसेवा आश्रमका गरिमा लक्ष्मीनारायणहरूलाई हरितालिका तीजको पावन अवसरमा बिहानको भोजन सेवाको लागि रू.८५००।- ( आठ हजार पाँच सय ) स -प्रेम अर्पण गर्नु भएको छ।
आफ्नो परिवारहरूको साथमा हेटौंडा - ४ कर्रा स्थित मानवसेवा आश्रममै आई लक्ष्मिनारायणहरूलाई रमाईलो बातावरण सृजना गर्दै भोजन सेवा गराउनु हुने उदारमना निलम सुवेदीज्यूलाई धेरैधेरै साधुवाद एंव सुख, शान्ति, प्रगति, सु - स्वास्थ, दिर्घायूको हार्दिक मंगलमय शुभ - भावना !

(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!

मानवसेवा आश्रम
मुख्य कार्यलय - हेटौंडा  : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१
शाखा कार्यलयहरू :
भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३
काठमाडौंं : ९८५५०७६००४
ललितपुर : ९८५५०७६००५
गोरखा : ९८५५०७६००६
लमजुङ : ९८५५०७६००७
विरगंज : ९८५५०७६००८
बाग्लुङ / पोखरा : ९८५५०७६००९

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.