बाढी प्रभावित महिला र बालबालिहरु गरी ३३९ जनालाई नयाँ लत्ताकपडा,स्वास्थ्य सामाग्री बितरण||

हिज सहयोगी महिला जागरण मञ्चद्वारा कैलाली टिकापुर को प्रतिपुर,दिव्यपुर बेलुवा,वैदी खैरझालाका बाढी प्रभावित महिला  र वालवालिहरुलाई गरी ३३९ जनालाई नयाँ लत्ताकपडा सेट राष्टिय जनता मा.वी को प्रांगणमा नयाँ लत्ताकपडा साथै १० लिटर क्लोरिन,२०० पाकेट जिवनजल र ८४ पुरिया गुड डे बिस्कुट वितरण कार्यक्रम सम्पन्न भयो!

            सो वितरण कार्यमा टिकापुर न.पा वडा नं ७  वडा अध्यक्ष,  व्यवसायीक सीप विकास तथा तालिम केन्द्र,धनगढीका प्रतिनिथी टिकाराम श्रेष्ठ ,सुदूर पश्चिम यातायात बस सेवा समिती,सतीका प्रतिनिधी जीवन अधिकारी,रेडक्रस सोसाईटी नारायणपुर शाखाका सभापती टोप केसी र पत्रकारहरुको उपस्थित थियो भने सहजीकरण सुदूर शन्दर्भका सम्पादक तथा राष्ट्रिय जनता मा.वीका शिक्षक भिम विक ज्यूले गर्नुभएको थियो !

            लत्ताकपडाहरु सहयोग गर्नुहुने व्यवसायीक सीप विकास तथा तालिम केन्द्र र संकलित सामानहरुलाई बाढी प्रभावित क्षेत्रमा ल्याउन सहयोग गर्नुहुने नेपाल अटोका रोशन श्रेष्ठ, सुदूर पश्चिम यातायात बस सेवा समितीका मिन पनेरु सर,रुपा शाही बास्तोला  तथा सामान व्यवस्थापन, वितरण कार्य अन्य सहयोग गर्नुहुने सम्पुर्ण महानुभावहरुलाई सहयोगी महिला जागरण मञ्चबाट हार्दिक धन्यवाद दिन चाहन्छौं !

राधा श्रेष्ठ
अध्यक्ष
सहयोगी महिला जागरण मञ्च, काठमाण्डौ

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.