बाढि पिडितलाइ सहयोग दिने कामको थालनि
चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिले नेपालको विभिन्न ठाउमा गएको बाडी बाट प्रभावित ठाउँहरुमा सहयोग कार्य थालनि गरेको छ पुर्बी तराइको विभिन्न भाग र चितवनमा पनि यसले ठूलो जन,धनको क्षति पुराएको हुनाले तत्कालै राहत दिने उदेश्य अनुरुप चितवन जिल्लाको विभिन्न भेगमा राहत उपलब्ध गराएको छ चितवनको भरतपुर महानगरपालिका सिमरी टाउन नारायणीको छेउछाउमा बसोबाँस गर्ने ५०घर धुरी रहेको बासिन्दा घर डुबानमा परि साझापुर मा.बि मा आइ बसेको हुदा उनिहरुलाइ खाना उपलब्ध गराएको छ अरु सहयोगको कार्यको लागि नेपाल चितवनका भोलिन्टर कार्यसमिति साथिहरु खटिरहनु भएको छ चाडै नि पीडित सङ पुगि राहत र सहयोग दिने काम हुदैछ धन्यवाद सहयोगी सस्था जो प्रबास बाट हामिहरुलाइ सहयोग पठाइ यो महानकार्यमा साथ दिनु हुने सम्पुर्णमा हार्दिक आभार व्यक्त गर्दछौ।
धन्यवाद
चि.यु.स.अ.स.समिती
नोट :- सम्पुर्ण चितवन बासी एकजुट भइ यो दुखको घडीमा सबैले सहयोग गरौं ।।
Post a Comment