हे शुद्ध चित्त , हे बुद्ध चित्त तपाईंहरुको जय होस् !
लक्ष्मी प्रतिष्ठानद्वारा चितवन जिल्लाको राप्ती १३ मा रहेका गरिब बालबालिकाहरुका लागि संचालन गरिएको कुमार बलराम स्मृति छात्रावासमा बस्दै आएका विद्यार्थीहरुको पठनपाठनलाई दिगो बनाउन संचालित साथीका लागि साथी कार्यक्रममा समावेश गरिएका मध्ये कक्षा १ मा अध्ययनरत सागर तामांगलाई संयुक राज्य अमेरिकाको Herndon निवासी श्रद्धेय गुणराज लुइँटेल ज्युले आफ्ना छोरीहरु सितल+सगुन लुइँटेलको (भाई ) साथीको रुपमा अभिभावकत्व ग्रहण गर्दै उसलाई पहिलो बर्षको लागि उक्त छात्रावासमा बस्न ,खान र पढन लाग्ने खर्च$ ५०० उपलब्ध गराउनु भएको छ । एउटा गरिब परिवारमा जन्मिएका उनका लागि उक्त छात्रावासमा उपलब्ध हुने गुणस्तरीय शिक्षासंगै खाने र बस्ने व्यवस्थामा पुगेको सहयोगले भोलिका दिन सागर तामांगको रुपमा राष्ट्रले एउटा कर्णाधार तथा जिम्मेवार नागरिकको रुपमा प्राप्त गर्नेछ भने कान्दाली छोरा छोरी मार्फत त्यहाँको विशिष्ट पहिचान बन्ने छ भन्ने कुरामा म विश्वस्त छु । यो मानविय अभियानमा सहयोग पुर्याउनु हुने गुणराज लुइँटेल ज्यु लगायत उहाँको परिवार प्रति हामी हार्दिक सम्मान ब्यक्त गर्दछौं ।
अध्यक्ष
विष्णु गौतम
लक्ष्मी प्रतिष्ठान ।
http://www.laxmipratisthan.org/sponsor-a-child/
Post a Comment