प्यारी बहिनिलाई परदेशी दाजुको पत्र। यस्पाली आउन पाईन बहिनी।

प्यारी बहिनी खुशी सप्रेम सम्झना ।
गन्तव्यहिन यात्रा को बिचबाट टोलाइरहेको आँखा ले भत्किएका मन हरुबाट  आज फेरि यो पत्र लेख्न बाध्य गराएको छ बहिनी काम को दौरान को क्रममा तिमी संग कुरा नभएको पनि धेरै भएछ दाजु कति निस्ठुरी भनेकी होलिउ होइन तर म तिमिलाइ चाहेर पनि भुल्न सक्दिन होला बारम्बार कल गर्न सकिन तर याद हरु सधैं मेरो मन भरी गुन्जिरहेको छ ।
बहिनी खुशी कामको थकान ले मन हरु गलित बनाउदैन तर जब तिमिहरुको याद आउछ्नी तब यो मन यति थाक्छ्न सायद कहिल्यै पनि यो थकाइ नै मेटिदैन कि जस्तो लाग्छ ।
खुशी तिमिले पठाएको पत्र आज मात्रै हाता पर्यो माया ममता आशा अनि गुनासो ले भरिएको यो प्रेमपुर्ण शब्द हरु ले म निकै भाबुक भए सोच्न बाध्य पनि गरायो बहिनी खुशी हो पोहोर पनि दशै तिहार मा  आउन नपाउदा यो बर्ष मैले बाचा बाधेको थिए जसरी पनि आउछु भनेर तिमी पनि दाइ पक्कै आउनेछ भनी पुर्ण आशा का साथमा थियौं तर समयको उत्तरार्ध तिर पनि दाइको आउने पत्तो नभए पछि पत्र हरु प्रेषित गरेकी छौ सर्बप्रथम त म क्षमा चहान्छु कि तिमी संग गत बर्ष गरेको बाचा पुरा गर्ने नसकेको मा खुशी मलाई याद छ ती बालपन हरु तिमी संग खेलेका दिन हरु घरमा बाबा संग रोएर झगडा गरेर घरमै पिङ हाल्न लगाएको दिन हरु खसी काट्न नपाउदै कान पोलेर खान दाजुबहिनिको कत्रो महाभारत हुन्थ्यो त्यो पल सम्झी सम्झी जोड ले हास्न मनलाग्छ ।
टीका लगाएर आएको दक्षिणा लङुर्बुर्जा खेलेर हारेर अनि पैसा हरायो भनेर ढाटेको पल आजै जस्तो लाग्छ बहिनी खुशी तिमी मेरी मनभित्र को भगवान हो तिमिलाइ दुखी बनाएर म आफै कता हराइरहेको छु कुन्नि ?
थाल भरिका दहि सहितका अक्षता अनि आमा ले बडो आस्था पुर्बक राख्नु भएको पहेलो जमरा ले यसपटक पनि स्थान पाउन सकेन म आफै दुखी छु बहिनी खुशी दाइ ले यो बर्ष पनि बहिनिको हातबाट कहिल्यै नओभाउने तेलको घेरामा रंगीचंगी टीका अनि कहिल्यै नसुक्ने दिर्घायको कामना गरिएको मखमली र गुर्दौली फुलको माला लगाउन आउन  पाइन ।बहिनि खुशी तिमी लाई थाहा छनि होइन हाम्रो देशको बाध्यता तिम्रो दाजु जस्तै लाखौ लाख दाजु हरुको निधार खाली छ अनि थुप्रै दिदिबहिनी हरुपनि आज बिदेशी भुमिमा खाली हात हुनुहुन्छ  ।यो सबैपरिस्थिति लाई मेरी बहिनी ले अबस्य बुझ्ने छिन खुशी यो बर्ष आउन सकिन अर्को बर्ष अबस्य पनि आउने छु ल अब त मेरी बहिनी धेरै बुझ्ने भएकि छ आमा को मन बुझाउने छिन अनि भाइबहिनि लाई पनि ल खुशी योबर्ष यस्तै भयो अर्को बर्ष आमाको हातको रातो टीका अनि जमरा र मेरी बहिनिको हातको रंगीचंगी टीका र मखमली फुलको माला लाउन अबस्य आउने छु
उहि तिम्रो परदेशी दाजु
गोबिन्द  लामिछाने
अविरल ।
सम्पुर्ण मित्रहरु आफन्त जन हरु मा बिजया दशमी तथा दिपावली को शुभकामना

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.