विवेक तथा सविता अर्याल दम्पतीले चेपाङ बालकलाई आफ्नो सुपुत्रको साथीका रुपमा स्वीकार गरि पुन $५०० डलर सहयोग प्रदान

हे सुद्ध चित्त, हे बुद्ध चित्त हजुरको  जय होस्   !
लक्ष्मी प्रतिष्ठानद्वारा  जिल्लाको राप्ती नगर पालिका १३ कान्दामा अति सिमान्तकृत   चेपाङ्ग बाल्बालिकाहरुलाई शिक्षामा पहुच गराउन हेतु  संचालित कुमार बलराम स्मृति छात्रावासमा बस्दै  आएका  प्रजालाई  संयुक्त राज्य अमेरिकाको टेक्सासको  ड्यालस  निवासी श्रद्दीय विवेक +सविता अर्याल  दम्पतीले आफ्ना सुपुत्र आरोहणको साथीका रुपमा स्वीकार गरि अघिल्लो  वर्ष देखि स्पोन्सर गर्दै आउनु भएकोमा  अभियानलाई निरन्तरता दिदै पुन $५०० उपलब्ध गराउनु भएको छ।   यसरि सानै उमेर देखि   आफ्ना सुपुत्रलाई परोपकारी मार्गमा अगाडी बढाउनुहुने अर्याल परिवार प्रति हाम्रो  उच्च सम्मान  छ। हामीलाई  बिश्वास छ मानवीय सेवामा समर्पित  उहाँको यो सहयोगले एक दिन  देशले  रबिन प्रजाका रुपमा  सक्षम  व्यक्तित्व  प्राप्त गर्ने छ भने  उनि मार्फत  कांदा  जस्ता  थुप्रै भूभाग रुपान्तरण  हुदै जानेछन,जसको   समग्र समाजमा देखिनेछ ।यसरि  आफ्नो पसिनाको कमाईको केहि भागलाई सत्कर्ममा लगाई समाज रुपान्तरण मा हामीलाई प्रेरित गर्नुहुने   महान विचारका धनि अर्याल   परिवारलाई  हाम्रो  लाखौ सलाम ! सबै को जय होस् ! 

बिष्णु गौतम

लक्ष्मी प्रतिष्ठान ,परिवार

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.