युवाद्वारा बाढिबाट प्रभावित बालबालिकहरुलाई शैक्षिक सामाग्री वितरण

युवाद्वारा बाढिबाट प्रभावित बालबालिकहरुलाई शैक्षिक सामाग्री वितरण

बाढिबाट प्रभावित मध्यबिन्दु नगरपालिका न. पा. २ सेरी का ५० जना विद्यार्थिलाई आज एक कार्यक्रम गरी शैक्षिक सामाग्री वितरण  गरिएको छ । परिवर्तनका लागी युवा नेपाल ,जागृती बाल तथा युवा सरोकार नेपाल , बेटर नवलपरासी लगायत संस्थाका युवा अभियन्ताहरुले बालबालिकाहरुको सहयोगका लागी '१० दिन १०० बालबालिकालाई हजारौँ खुशी " अभियान सन्चालन गरी विभिन्न सङ्घ संस्था तथा व्यक्तिहरुबाट संकलित आर्थीक सहयोगबाट विद्यार्थिहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको परिवर्तनका लागी युवा नेपालका अध्यक्ष राजु चापागाईले बताउनुभयो । बालबालिकालाई बाढिबाट परेको मनोवैज्ञानिक त्रास कम गराइ सहज रुपमा विद्यालय जाने वातावरण सिर्जना गर्न युवाहरुद्वारा मध्यबिन्दु नगरपालिका र सुस्ता गाउपालिकाका १०० जना विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले सन्चालित अभियानमा जम्मा भएको रकमबाट आज पहिलो चरणमा मध्यबिन्दु नगरपालिकाका ५० जना बालबालिकाहरुलाई शैक्षिक सहयोग गरिएको जागृती बाल तथा युवा सरोकार नेपालका महासचिव दीपक शर्माले जानकारी दिनुभयो । कार्यक्रम  मध्यबिन्दु नगरपालिकाका नगर प्रमुख चन्द्र बहादुर रानाको प्रमुख आतिथ्यता , वडा न २ का वार्ड अध्यक्ष नारायण पौडेल को विशेष आतिथ्यता , जिल्ला खेलकुद विकाश समितिका कोषाध्यक्ष विकाश खड्का , संगिता पाठक लगायत युवा अभियन्ताहरु,  बालबालिकाहरु ,अभिभावकहरुको उपस्थितिमा बेटर नवलपरासीका अभियन्ता विश्वास लामिछानेले सन्चालन गर्नु भएको थियो । युवाहरु द्वारा बालबालिकाहरुको शैक्षिक गतिविधिलाई सहयोग गर्न अभियान सन्चालन गरेकोमा नगर प्रमुख   रानाले आयोजक तथा सहयोगी सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

- राजु चापागाँई अनन्त

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.