लक्ष्मी प्रतिष्ठानद्वारा अति सिमान्तकृत बालबालिकाहरुलाई शिक्षामा पहुँच पुर्याउनको हेतु चितवन जिल्लाको कान्दामा संचालित " कुमार बलराम स्मृति " छात्रावासमा अध्यनरत बालबालिकाहरुको लागि आव्हान गरिएको " फुड फर अ डे " कार्यक्रममा सहभागिता जनाउँदै अमेरिकाको टेक्सास बस्नु हुने श्रद्धेय शान्ता भट्टराईज्यूले $१०० सहयोग उपलब्ध गराउनु भएको छ । करिब २ सय जना बालबालिकाहरुका लागि स्वस्थ खाना खुवाउने यो महा अभियानमा सहयोग पुर्याउनु हुने श्री शान्ता भट्टराईज्यू लगायत उहाँका सम्पूर्ण परिवार प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौ । खान पुगोस् दिन पुगोस् , सबैको जय होस् ।
बिष्णु गौतम
लक्ष्मी प्रतिस्ठान
Post a Comment