Latest Post

रामचन्द्र तिमिल्सिना बचाउ अभियानमा नुवाकोट सेवा समाज दोहा कतारद्वारा आर्थिक सहयोग ।
"सेवा नै धर्म हो " भन्ने मूल नाराका साथ सन् २००६ मा स्थापना भइ  विभिन्न किसिमको सामाजिक तथा मानवीय कार्यहरुमा सक्रियाका साथ सहयोग गर्दै आयको यस नुवाकोट सेवा समाज दोहा कतारले यस्तै मानबिय कार्य गर्ने क्रममा काभ्रे स्थायी घर भई बैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब स्थित जाविराह सिमेन्ट कम्पनिमा कार्यरत, रामचन्द्र तिमिल्सिनाद्वारा चलाइएको सवारी साधनले सोहि कम्पनिमा कार्यरत पाकिस्तानी नागरिकको मृत्यु हुन गएको र , साउदी अदालतले वहाँलाई दोषी ठहर गरी बिगत केहि महिना देखि साउदी स्थित सेन्ट्रल जेलमा बन्दि जिवन बिताई रहेका र साउदी अदालको निर्णय अनुशार निज रामचन्द्र तिमिल्सिनाले पिडित पक्षको परिवारलाई ब्लड मनि सोरुप एक लाख विस हजार साउदी रियाल भुक्तानी गर्न सकेको खण्डमा वहाँलाई मुक्त गर्न सक्ने जानकारी अनुशार यस नुवाकोट  सेवा समाज दोहा कतारले  ०५ अगष्ट, २०१६ सुक्रबरको  दिन देखि  रामचन्द्र तिमिल्सिना बचाउ अभियान संचालन गरि १३ अगष्ट २०१६ सम्ममा रामचन्द्र तिमल्सिनाको सहयोगको लागि संकलन  गरेको सम्पूर्ण रकम कतारी रियल २,६३२/-  ( नेपाली रुपया ७६,५९०/-) रामचन्द्र तिमल्सिनाको सहयोग संकलनार्थ राहात र उद्धार ब्यबस्थापन समितिको नामना राष्ट्रिय बाणिज्य बैंक धुलिखेलमा खोलेको संयुक्त खाताको खाता न. 104001280001 मा आज १४ अगस्टको दिन पठाई दियको कुरा सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
साथै  रामचन्द्र तिमिल्सिना बचाउ अभियानमा सहयोग गर्नु हुने सम्पुर्ण सहयोगी दाताहरूमा कृतज्ञाता प्रकट गर्दै आफ्नो दैनिकि कम्पनीको कामको बापजुत पनि आफ्नो अमूल्य समय दिएर सहयोग संकलन अभियानमा अहोरात्र खट्नु हुने अभियानकर्ताहरू प्रति संस्थाको तर्फबाट हार्दिक आभार तथा धेरै धेरै धन्यवाद ब्यक्त गर्दछौ।
हरि कृष्ण रिमाल
अध्यक्ष
नुवाकोट  सेवा समाज  दोहा कतार परिवार ।
(जानकारी-बालकृष्ण गिरि बाट)
[नोट:-आवस्यक रकम उठिसकेको तथा रकम उठाउन बन्द गर्न पनि अनुरोध गरियको छ।]

सेतो मिल्की च्याउको व्यावसायिक खेती !!!
===========================
तराईको गर्मी मौसममा पनि उत्पादन राम्रो हुने भएपछि रुपन्देहीमा स्पिन्जर च्याउ फर्म प्र.लि.  ले सेतो मिल्की च्याउको व्यावसायिक खेती सुरु गरिएको छ। जाडो सिजनमा मात्र कन्ये च्याउको खेती गरिँदै आएको तराई भेगमा च्याउको माग बढेसँगै त्यसको विकल्पमा सेतो मिल्की च्याउको परिक्षण पछि सुरुवात गरिएको हो।
सामान्यतया ३७ देखि ४२ डिग्री तापक्रममा पनि सेतो च्याउबाट राम्रो उत्पादन लिन सकिने रुपन्देहीको गजेडीमा रहेको स्पन्जर च्याउ फर्मका अध्यक्ष गङ्गाधर शर्माले बताए।  एक किलो परालमा राखेको बिउबाट एक किलो ५०० ग्राम उत्पादन लिन सकिने हुँदा कम लागतमा राम्रो उत्पादन मिल्ने उनले उल्लेख गरे
नेपालमै पहिलो पटक व्यवसायीक रुपबाट मिल्कि मसरुमको उत्पादन गर्न सफल यस फर्मले यो बर्ष अाफ्नो उत्पादन नि बजारमा ल्याईसकेको छ।
सम्पर्क को लागि :
स्पिन्जर च्याउ फर्म एण्ड रिसर्च सेन्टर
कार्यलय:- 9867121119 (गंगाधर शर्मा)
बुटवल:- 9847513007 (राजन पौडेल)
स्रोत:-कृषि बिज्ञ  राजेन्द्र देबकोटा
फेसबुक ग्रुप:-कृषि बिकाश , प्रबिधी र उधम का लागि सहकार्य

हाल ईजरायलमा कार्यरत चितवनकि चेली सम्झना पन्त दिदिले बिभिन्न बेलामा लेख्नुभयका केही मुक्तकहरु

१, 
प्रवास ले चुट्नु  चुट्यो, 
मेरो सारा खुसी लुट्यो
प्राण भन्दा पनि प्यारो
मायालुको साथ छुट्यो ।।
२,
मेरो खुसी लुटि लए' पनि
मलाई भुलेर  गए' पनि
तिम्रै यादमा बाँच्ने छु प्रिय
तिमी जति टाढा भएपनि ।।
३,
भिजे सिरानी रातमा
रोएर तिम्रो यादमा
बर्सौ बित्यो प्रावसमा
तस्बिर राखी साथमा
४,
जब मान्छे खास हुन्छ
मन भित्र बास हुन्छ
उन्को याँदमा धड्किने
धड्कन र सास हुन्छ  ll
५ ,
गरिबी र ऋणले पिल्सिएको त्यो दिन
भोकाको पेटमा छट्पटिएको त्यो दिन
कहाँ बिर्सन सक्छु र छोराछोरि छाडी
ऋण तिर्न भनि विदेशिएको त्यो दिन II
६,
भोको पेटले प्रवासको सपना देखायो
सपनै सपना को प्रवासी झोला बोकायो
रातदिन् प्रवासमा सपना कै पछि पछि
कहिले पुरा नहुने कस्तो, लत लगायो II
७,
यो कलि युग हो, देखाउनेको घुईचो छ यहाँ
सोझा लाई मुन्टो टेकाउनेको घुईचो छ यहाँ
बज्छ डमरु एकातिर,नाच्छन् आफ्नै तालमा
हेर्दै तमासा, तालि बजाउनेको घुईचो छ यहाँ II

[( भावना )
हिजोको हाम्रो त्यो मिठो अतित, आज सानो भुल हुदा
वर्तमान अन्योलमा परिरहेछ यहाँ
सिग्गो भविस्य बिना आगो खरानी हुदा
जिउदो लाससरी भौतारी रहेकी छु यहाँ
सम्हाल्न नसक्ने गरि, जिन्दगी नरक  भै दिदा
आफ्नै छाया सग भागी रहेकी छु यहाँ ]
८,
पल् पल् टुटेको मान्छे हु म
भाग्य फुटेको मान्छे हु म
कर्म गरि भाग्य बनाउन
एक्लै जुटेको मान्छे हु म II

जिबनमा सानो तिनो चोट लागि रहन्छ I दुख सुख उतार चडाब भै नै  रहन्छ  बस्' कर्म गरौं, राम्रो सोचौं, सहयोगी भावना राखौ, स्वस्थ रहौ, ब्यस्त रहौं समय संगै सबै ठिक हुनेछ I आफैले आफैलाई सान्तवना हौसाला साथै आफु जस्तै हजुरहरुलाई पनि I

मिठो सम्झना सम्पूर्ण हजुरहरुमा I

( धन्यवाद )
सम्झना पन्त
( चितवन )
हाल इजरायल

Contact Form

Name

Email *

Message *

Powered by Blogger.