Latest Post

नेपालीका लागि नेपाली नभए के नेपाली ?
हमालले गरे राजवंशीको उद्धार

लेपु राजवन्शी झापा,सुरुङ्गा, कमखोच ।
बिगत ५ बर्ष पहिले रोजगारिका शिलशिलामा खेतिवाडिको काम गर्न उनी ताबुक साउदी अरब आईपुगे ।
उनीलाई म्यानपावर कम्पनिले मिठा सपना त देखाएर पठाए तर परदेशमा देखाएको सपना जस्तो कहाँ हुन्छ र ?  उनको परदेशी रोजगारमा पनि यस्तै भयो सोचे भन्दा फरक तर पनि उनले भाग्यको खेल भन्दै दु:खमा नै रमाए । आए लग्गतै उनलाई साहु(कपिल) ले अर्को साहुको काम खटाए तरपनि चुपचाप काम गर्दै गए ।पिडाको त उनीसङ्ग भकारी नै भरिएको छ । न त समयमा तलब पाउने न त खाना नै गतिलो पाउने , दिनमा १६, १७ घण्टा काम गर्नु पर्ने । तलब माग्दा कुटपिट गर्ने यस्तै यस्तै एवंरितले यस्तै दुख गर्दै गए बर्ष बित्यो, २ बर्ष बित्यो, ३, बर्ष बित्यो, काम गर्दै गए । जब उनकी आमा सिकिस्त बिमार भईन तब घर फर्कन इलौना बिलाउन गरे तर त्यो नरपिचासले केही सुनेन । २ बर्षदेखि उनकी आमा बिमार अवस्थामा छोराको मुख हेरेर मर्ने भन्दै मृत्यु कुरेर बसेकी छिन् ।

हाल उनी महावाणिज्यदुतावास जेद्दाको सम्पर्कमा आएर दुतावास द्वारा भक्तबहादुर हमालसंग सम्पर्क भयो ।
नेपाली साझा मंचका अभियंता समेत रहेका समाजसेवी अगुवा हमालले अथक प्रयास गरेर १५ दिनपछि २७ अगस्त शनिबारका दिन राजवंशीलाई नेपाल पठाउन सफल भए ।
साउदी अरबमा पीडितहरुका उद्धारकर्ताका रुपमा परिचित हमाल भन्छन् "उनलाई नेपाल पठाउन समस्या परेको मुख्य कारण जसको भिसामा उनी यहाँ आएका थिए त्यो साहुको मृत्यु ४ बर्ष पहिले भई सकेको हुदा कानुनी प्रकृया पूरा गर्दा समय लागेको हो ।"
पाँच वर्षदेखि नपाएको तलब पनि हमालको प्रयासबाट राजवंशीले चार वर्षको तलब भने प्राप्त गरे ।
"५ बर्ष सोही साहुकोमा काम गरे तर उनलाई ४ बर्षको मात्र तलब दिएको छ, १ बर्षको तलब खै भन्दा उसको पुरानो साहुले लगिसकेको भन्यो र दिएन र पनि उनि आज नेपाल फर्कन पाउँदा अति नै खुशी छन्" हमालले सुनाए ।

"खेतिपातिको कामले आजित भएर अरु नै काम गर्ने मनसायले साउदी आएको यहाँ पनि खेतिपातिले छोडेन, अब त जिवनमा खाडी मुलुकको नाम लिन्न, बाई बाई साउदी अरबिया" राजवंशीले जाँदाजाँदै भने ।
साउदी अरबमा नेपालीहरु पीडामा छन् साथै हमाल जस्ता मनकारी सहयोगी समाजसेवी पनि छन् । उनी कुरामा हैन काममा विश्वास गर्छन्, प्रचारमा आउन नचाहाने हमालले हजारौ नेपालीको उद्धार गरिसकेका छन् । राजवंशीको उद्धार कार्य त्यसैक्रमको पछिल्लो एउटा हो ।

साभार : नेपाली साझा मंच, महेश श्रेष्ठ 


सम्पुर्ण नेपाली दाजु, भाइ, दिदी, बहिनि, मिडिया तथा नेपाल सरकारलाई हाम्रो अनुरोध..!!

सूचना र सहयोग गर्नुहोस् ।

साउदीको जेलमा रहेको रामचन्द्र तिमल्सिना लाई मात्रै होइन बिगत पाँच बर्ष देखी जेलमा बस्दै आएका ध्रुव गुरुङ Dhurba Gurung लाई पनि सरकारले यथासिघ्र पहल गरि आफ्नो देसमा फर्काउने बाताबरण सिर्जना गर्नु पर्छ । गोर्खा जिल्ला केराबारी गाबिस वडा नम्बर ७ माथिल्लो भिर्सिङ छानास टोल स्थाइ बसोबास भएको एक नेपाली युवा ध्रुव गुरुङ बिगत ५ बर्ष अघि देखि ब्यक्ति हत्या आरोपमा साउदीको जेलमा रहदै आएका छन । गोर्खा केरबारी ७ स्थित उनका एक छोरा र श्रीमती उसैलाई कुरेर बसिरहेका छन उनका लागि बोलिदिने मिडिया छैन, संघ सस्थाहरु छैनन् त्यसैले साउदी अदालतले तोकेको समय भन्दा ८ महिना बढी जेल मा रहँदा पनि  गुरुङ माथी लगाइएका गम्भीर मुद्दा सुनुवाइ हुन सकेको छैन । नेपाल सरकारले निस्पक्ष रूपमा ध्रुव गुरुङ  लगायतका पीडित नेपाली उत्दार गर्नु पर्यो
[बिस्त्रीत जानकारिको लागि उनका दाजु लेक मान गुरुङ लाई सम्पर्क गर्नुहोला।
0581361441

- प्रदेशी रमेश कुँवर - साउदी

संगीत रोयल्टी संकलन समाज नेपाल को हिजो सम्पन्न ९ औ साधारण सभा ले आगामी २ बर्ष का लागि नयाँ नेतृत्व चयन गरेको छ ।
अध्यक्ष  सुरेश अधिकारी  निर्बिरोध
लोकराज अधिकारी  १३८  मत
महेश खड्का १२८   मत
पि एन सापकोटा ११६ मत
शशी शर्मा मज्गैया ११६ मत
सुमन बैरागी  ११५
लक्ष्मण शेष ९०
रमेश बि जि निर्बिरोध
दयाराम पाण्डे  निर्बिरोध
रमेशराज भट्टराई  निर्बिरोध
श्री कृष्ण बम मल्ल निर्बिरोध
- रमेश राज भट्टराई

Contact Form

Name

Email *

Message *

Powered by Blogger.