Latest Post

"पवित्र बन्धन " विवाह" कसैको  पनि जिवनमा अभिशाप नबनोस"

देख्ने वित्तिकै डाको छोडेर अंगालो हालिन मायाले ।कपिलबस्तु कृष्ण नगर छेउकि माया रिजालका श्रीमान भारतमा होटलमा काम गर्न गएका थिए फर्कदा अर्की श्रीमती लिएर आए । मायालाई घरनिकालेर गाँई गोठका राखे । कुटपिट गरे, खान लाउन दिएनन, सौताले खुट्टाले बचन लाउदै दिएको चिसो  दाल भात कसरी कति दिन खानु र मायाले । एक छोरा एक छोरीकि आमा माया लाई श्रीमान र सौता मिलेर मार्न पनि प्रयाश नगरेका होईनन । छैनन भन्दा उनका ५ वटी दिदी बहिनी, एक दाई , बाबु आमा सबै छन माईतीमा पनि । आफुलाई घरमा गरेको अत्याचार कुटपिटले जिउ धेरै दुःखेको , निलडामहरु देखाईन तर माईतीबाट पनि सुनाई केहि भएन । 
आज भन्दा ६ दिन अगाडि आफना छोरा छोरी लिएर माया गोठ बाट भागीन । काहाँ जाने ? के खाने ? के लाउने ? केहि थाहा छैन उज्यालो हुदा बस चडने ठाँउमा पुगिन । ३ वटा बस फेरेर कताको बस जाने जाने  दोमन  हुदै हुदै आउदा काठमाण्डौ आईपुगिन । एउटा कम्मरमा एउटा पछाडि पिठयुमा छोराछोरी बोकेर रुदै, माग्दै हिडीन यो शहरमा माया । जादा जादै डिल्ली बजार कालिका स्थानमा पुगेर ३ रात सडक पेटीमा रात विताईन त्यहि नजिकै मकालु प्रकाशनको अफिस तथा पुस्तक पसल छ । उहि पसलको बासु दाईले दिक्षा तिमी जहाँ भए पनि एकछिन कालिकास्थान आउ भन्नु भो म र Yugel Sherpa  भाई तुरुन्तै पुगियौ । मलाई देख्ने वित्तिकै डाँको छोडेर रुदै अंगालो हालिन । मेरो कोहि छैन दिदी भन्दै बलिन्द्र आँसु झार्दै श्रीमान र सौताले कुटेका निल, डाम, घाउहरु देखाईन । नरोउ भनेर आँसु पुछिदिए, बासु दाईले  Taxi  बोलाई दिनु भो मैले डोरयाएर गाँडीमा हालेर लिएर आए हाम्रो परोपकारी घरमा ।
हाम्रो परिवार संख्या अब ४५ भएको छ । २०७३ सालको तिजको दर खाने दिनको ठिक एक दिन अगाडिको मायाको जिवनको यो घुम्तीले हामी नेपाली आमा दिदी बहिनी दाजुभाईहरुलाई गतिलो पाठाशाला बन्ने छ ।
जिवन निकै सुन्दर छ जिउन जानेमा नजानेमा निकै भयावह र दुःखपुर्ण पनि छ ।
मेरो एउटैमात्र भनाई मायाहरु  यसरी खुल्ला आकाशमुनि भोक्कै तिर्खै, आँखामा आँसुका धारा लिएर जिवन सँग हारेर बाँच्नु हुदैन । जिवन त जितको लागि हो हारको लागि हुदै होईन ।  उद्धारमा सघाउ पुरयाउने सबैलाई धन्यवाद छ ।

माया तिमीलाई जिवनभर हेरविचार गर्छु , गाँस कटाएर भए पनि खुवाउछु , तिम्रो आँसु पुछने छु , छोरा छोरीलाई विधालय पठाउछु । आज तिजको को दरखाने दिन सबैलाई Happy Teej  भन्न चाहान्छु ।
दिक्षा चापागाई, पवित्र समाज सेवा नेपाल , धाँपासी १०, काठमाण्डौ, नेपाल । फोन ः ९८५१०६००८६

उड्दै गरेकी,चरी रोकिएर,
छेउमै,आएर सुटुक्क बोलिन
आउ, मसंगै त्यो देशमा जाउ
तिम्रो मुलुक पुगेर आउँ ।

त्यो उच्च हिमालमा
हिड, चुलिएर,आउँ
तातो बाफले,जलेको यो तनलाई
हिड जाउ,शीतल पारेर आउँ।

हेर कोईली,गाएर डाक्दै छे,वनमा
हिड जाउ ,काफल खाएर आउँ,
वर्षा यामको त्यो,मुसलधारे झरीमा
हिड,आज निथ्रुक्क भिझेर आउँ।

ती रोपाहार संगै, नारिएर
हिड,एक पाटो,रोपाइँ गरेर आउँ
फर्सीका पातमा दहि चिउरा मुसेर
हिड,असार पन्ध्र मानेर आउँ।

त्यो, असारे हिलो मा लुटपुटिएर
हिड ,यो बालुवा टकटक्याएर आउँ,
फेरि यो बगरमा फर्किनु नपरोस् ,
हिड ,पाथी मुरी ,फलाएर आउँ।

ती खोला ,ती नदिमा
डुबुल्की मारेर आउँ,
मीठो,चिसो त्यो झरना को जलले
हिड,यो नुनिलो स्वाद फेरेर आउँ।

सपनाहरू,ढकमक्क फुल्ने,
त्यो,इन्द्र वाटिका डुलेर आउँ
ज्वालामुखीझै बलेको यो तनलाई
हिड,छहारीमा बिसाएर आउँ।

- रजनी ढुङ्गाना

Contact Form

Name

Email *

Message *

Powered by Blogger.