Latest Post

हरेक ब्यक्ति का महान सपनाहरु प्रदेश मै खेलिरहेका छन।त्यस्तै आ आफ्ना त्याग तपस्या बाध्यता र बिबशता पनि त्यतिकै छन।घर बाट आ आफ्नो परिवार समाज र आफ्नो देश लाई छोडेर कर्म भुमी प्रदेश भयको छ।विश्व को जुन सुकै कुना मा भय पनि स्वदेश का चाड पर्व रहन सहन मा रहन कठिन नै हुन्छ।त्यस्तै  हिन्दु हरु एबम आम नेपाली  को महान पर्व बिजया दशमी तथा सुभ दिपावली नजिकै आय संगै  स्वदेशमा रंगीचंगी फरक नै छ तर परदेश मा भने परदेशी का लागि न दशै न तिहार।गाउँ घर,साथी संगी,आफन्त तथा स्वदेश को माया न लाग्ने भन्ने सायद कसै मा नहोला।हरेक समय स्वदेश कै याद मा घुमे पनि ती याद हरु केवल सपना मै छन।दशै आउँछ तिहार आउँछ घर फर्कन मन लाउछ तर हरेक बाध्यता र बिबशता परिन्छ ।प्रबाश मा कर्म थलो बनाएर कार्यरत भयपनी विभिन्न समस्या र बाध्यता ले घर फर्कन गार्हो हुन्छ।आफ्ना ती महान सपना लाई सफल पार्न का निम्ति पनि आफ्नो त्यो घुमन्ते स्वदेश, को याद सहित को मुटु शान्त गरि मन बुझाइ बस्नु परेको छ।याद छन सबै लाई, ती आमा बुवाले दियका आशिर्वाद रातो टीका जमरा गाउँ मा ति मखमली माला लगाएका याद,आमा बाबा का आशीर्वाद ,लागायत ती दशै तिहार का रमाइला दिन रमाइला क्षण।घर मा पनि आश गरेर बसेका छन होला ती कसैका श्रीमती हरु,कसैका छोरा छोरी त कसैका आमा बुवा।भन्छन होला मेरा प्यारा फर्कनु ,छिटो फर्कनु त छोराछोरी ले बाबा छिटो फर्कनु भन्न्छन,त परदेश मा भने ती घर फर्कने दिनहरु सपना सिमित भयका छन।प्रदेश मा भने कोहि महिनौ देखि तलब नपाएर अलपत्र हुनु हुन्छ त कोहि घर जान चाहेर पनि जान ब्यब्स्था नभएर नै मन शान्त पारेर बस्नु भयको छ।जे जस्तो भय पनि कोहि न कसैलाइ एक न एक बिबशता ले छोयकै छ।घर मा गएर आफ्नो घर परिवार साथिसङी मा रमाउने मन को संग नहोला र।तर परदेश मा यस्तै रहेछ।न दशै न तिहार ।तर ठिकै छ जो जहाँ सुकै भयपनी हासी खुसी रहनु छ,यो साल जान न पाए पनि अर्को साल पक्कै पनि फर्कने छौ।परदेश बाट स्वदेश फर्कने चाय्हान कसमा पो नहोला र तर यी प्रबाशी भुमी का पिडा र बिबशता धेरै पलाएका छन तर अर्को सालमा त पक्कै पनि फर्कने छौ।घर देश का आ आफ्ना आफन्त लाई पनि खुसी राखौ।परदेश बाट नै गाउँ घर प्रती पलाएक ती याद अनि माया का पुस्प हरु परदेश बाट नै  स्वदेश मा बाडाै।जो जहाँ जुन सुकै ठाँउ स्तिथी मा भयपनी खुसी रहौ।खुसी राखौं ।त्यही नै हाम्रो खुशी हुने छ।परदेश मा आम प्रबाशी का लागि न दशै न तिहार यस्तै हो।र प्रबासी भुमी जहा सुकै रहनु भयका प्रबासी दाजु भाइ दिदी बहिनी ,तथा स्वदेश मै रहने आमाबुवा दाजु भाइ दिदी बहिनी ,साथी संगी सम्पुर्ण मा बिजया दशमी तथा शुभ दिपावली को अबशरमा सुख शान्ति ,समृद्धि एबम दिर्घायु को हार्दिक मंगलमय शुभकामना।
लक्ष्मण रसाइली "प्रदेशी को रैबारे"
जाजरकोट ।
हाल:प्रबाशी भुमी दोहा-कतार।

असाहय गरिब तथा जेहेन्दार बिद्यार्थी छात्रवृत्ति सहायतार्थ भक्तपुर समाजले  नोभेम्बर २७ मा पुल प्रतियोगिता गर्ने

       भक्तपुर समाज दक्षिण कोरिया ले नोभेम्बर २७ तारिक आइतबार दोन्देमुनको पुजा रेस्टुरेन्ट को माथिल्लो तल्लामा रहेको शेर्पा पुल हाउस मा पुल गेम प्रतियोगिता गर्ने भएकाले सम्पूर्ण महानुभावहरूलाई  उत्साहप्रद सहभागिताका निम्ति आव्हान गरिन्छ। खेलका माध्यमले भाईचारा र सद्भाव अभिवृद्धिसँगै असामान्य असाहय गरिब तथा विपन्न जेहेन्दार विद्यार्थी छात्रवृत्ति सहायतार्थको उद्देश्यले आयोजित उक्त  प्रतियोगिताको सफल आयोजनका निम्ति  यहाँहरूको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ।   कोरिया मा रहनुहुने सम्पुर्ण संघसंगठनका प्रतिनिधिज्युहरुले साङगठानिक वा ब्यक्तिगत रुपमा आआफ्नो टिम दर्ता गराइ सामाजिक कार्यमा हातेमालो गरि सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं । त्यस्तै कोरियामा रहनुहुने सम्पूर्ण  दाजुभाइ तथा दिदिबहिनीहरुले पुल प्रतियोगितामा  प्रतिस्पर्धा गर्नको लागि  आआफ्नो नाम दर्ता भक्तपुर समाजका पदाधिकारीहरुमा  गराउनु हुन हार्दिक अनुरोध गर्दछौं ।

प्रथम पुरस्कार :-५००००० (पाँच लाख) कोरिएन वोन र प्रमाणपत्र
दोस्रो पुरस्कार :-३००००० तीन लाख वोन र प्रमाणपत्र

पुल गेमको दर्ता शुल्क :-५०००० वोन र एलियन कार्ड को फोटोकपि(नाम दर्ता को लागि फेसबुक भाइबर बाट पनि गर्न सकिनेछ)
नाम दर्ता सुल्क उरि बैंक खाता न -1002546307718  (रमेश  गिरि)  मा  जम्मा गर्नुहोला र मेसेज वा कल गर्नुहोला

प्रतिस्पर्धामा आयोजक ले बनायेको नियम लागू हुनेछ ।अन्तिम निर्णय आयोजक को सर्बमान्य हुनेछ।

नाम दर्ता को लागि सम्पर्क
रमेश गिरि -01048979127
रन्जित भारती:-01048371292
राम पोख्रेल :-01033021819
रोशन नेमाफुकी:-01073267055
- भक्तपुर समाज दक्षिण कोरिया

मिटर छ बत्ति छैन ,धारो छ पानी छैन, ट्याक्सीमा मिटर
छ चलाउन मान्दैनन।

नरेन्द्र बस्नेत,लन्डन,
हाम्रो नेपालीमा एउटा भनाइ छ,
“आकाशतिर थुक्यो आफ्नै मुखमा छिटा” भने झैं
आफ्नै देशको बारेमा लेख्नुपर्दा आफैलाई खल्लो
लाग्नु स्वभाविक नै हो, तर नलेख्दा पनि मनको
ब्यथा कसलाई पोख्ने आखिर लेखेर पनि हुने त केहि
हैन केवल आत्मसन्तुष्टि मात्र । नेपाली जनताहरुले
दैनिक रुपमा भोग्दै आईरहेका केहि समस्याहरुमध्य
पानी, बत्ति र सवारी साधनहरु पनि अग्र पंक्तिमा
पर्दछन । सरकारी पक्ष्यबाट नै हुनेगरेका
कमिकमजोरीका अगाडी व्यक्ति तथा
संस्थाहरुद्वारा गरिने कमजोरीहरु प्राय गौण नै हुने
गर्दछन । तर आफू पनि गल्ति गर्ने र अरुलाई पनि
नियन्त्रण नगर्ने हो भने देशको स्थिति कस्तो हुन्छ
सहजै अनुमान गर्न सकिन्छ, जुन भैरहेको पनि छ ।

लोड सेडिंगका कारण चाहेको बेलामा बत्ति
बाल्न नपाउनु र खानेपानीका अभावका कारण
धाराको वरिपरी रिता भाँडाकुँडाको लाम
लगाउनुलाई नेपाली जनताहरुले सहज रुपमा लिन
थालिसकेका छन् । तर भाडामा चलाइने
सार्वजनिक सवारी साधनहरुमा नियन्त्रण गर्न
नसक्नु सरकारको निकै ठूलो कमजोरी सावित
भएकोछ । हुन त यस्ता विषयमा प्रशस्त नियम कानुन
पनि नबनेका हैनन् र कारवाही पनि नभएका हैनन, तर
कार्यान्वयनको फितलोपन र कार्यकर्ताको
स्वबिवेकले गर्दा यस्ता कार्य गर्नेलाई निरुत्साहित
गर्नुको सट्टा झन् प्रोत्साहित गरेको छ ।

बाटोमा ट्राफिक प्रहरीले सवारी साधनलाई चेकजाँच
गर्नका लागि रोक्यो भने सबैले भन्ने गर्दछन् कि दशैं
आउन लागेको छ अनि तेसैले गाडीवालालाई दुख
दिन्छ, हुन् त ट्राफिक प्रहरीले आफ्नो ड्युटी
गरिराखेको छ जुन जनताकै हितको लागि हो तर
पनि हावा नचली पात पक्कै हल्लिदैन । ट्राफिक
प्रहरीसंग गोप्य रुपमा हुने गरेका आर्थिक
कारोबारले नै यस्ता कुराहरु उठ्ने गर्दछन ।

एकजनाको गल्तीले राम्रो काम गर्ने सबैलाई असर
पुर्याई राखेको हुन्छ । ट्याक्सी चढ्न गयो भने
प्रायजसो सबैसंग दशैंमा भेडा च्यांग्राको
मोलमोलाई गरे जस्तै मोलतोल गर्नुपर्छ ।
सरकारद्वारा जडान गरिएको मिटर र निर्धारण
गरिएको भाडामा उनीहरु जान तयार हुँदैनन् ।
नेपालीलाई नै ठग्ने प्रवृति बसेका यस्ता चालक र
सवारी साधनद्वारा थुप्रै पर्यटकहरुले सास्ती खेप्दै
आइरहेका छन् । काठमान्डौ गौशालाबाट नयाँ
बानेश्वर जान लाग्दा बा २ ज ६३१ नम्बरको
ट्याक्सीले मिटरमा जान अस्विकार गर्दै दुई सय
रुपैयाँ माग्यो जबकी उक्त दूरीमा मिटरमा जाने
हो भने एक सय भन्दा पनि कम भाडा लाग्ने गर्दछ ।

यो त एउटा उदाहरण मात्र हो यस्ता घटनाहरु दैनिक
रुपमा निरन्तर दोहोरिरहन्छन । नियम कानुन हुँदा
हुँदै पनि त्यसको बाध्यात्मक रुपमा पालना गर्नुपर्छ
भन्ने उनीहरुले ठान्दैनन् । सार्वजनिक सवारी
साधनले गरेका ब्हाबहारको बारेमा सरकार पनि
अनभिज्ञ नभएको भने होइन । केहि दिन अघि मात्र
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री
जीवनबहादुर शाहीले आफ्नो भेष बदलेर त्रिभुवन
अन्तर्राष्ट्रिय विमानस्थलमा संचालित
ट्याक्सीमाथि गरेको छड्के परिक्ष्यणबाट नै स्पष्ट
हुन्छ कि ट्याक्सी सेवाले कत्तिको ठगिरहेका छन्
भनेर । हरेक क्षेत्रमा भैरहेका यस प्रकारका
गतिविधिहरुलाई अनुगमन गर्ने हो र निष्पक्ष्यका
साथ् कारबाही गर्ने हो भने पक्कै पनि सुधार हुनेछ ।

तर यहाँ अनुगमनकर्ता नै आर्थिक प्रलोभनमा परेर
त्यस्ता व्यक्तिहरुलाई प्रोत्साहित गरिरहेका छन्
भने कारबाही प्रक्रिया र फितलो कार्यान्वयन
विधिले पनि उनीहरुलाई अरु हौसला प्राप्त भएको
छ । घुस दिने र लिने दुवै अपराधी नै भए जस्तै यस्ता
कार्यमा संलग्न भएको खण्डमा सबैले सम्बन्धित
निकायमा उजुरी दिने बानि बसाल्ने हो र त्यस्ता
व्यक्तिलाई अनिवार्य रुपमा सजायको भागीदार
बनाउने हो भने पक्कै पनि यस्ता घटनाक्रमहरु कम हुँदै
जानेछन । सेवा लिने र दिने दुवै दोहोरो तथा समान
हुनुपर्छ तर सेवा गरेवापत तोकिएको भन्दा बढी
सेवा कसैले लिन खोज्दछ भने त्यो गैरकानूनी
सावित हुनेछ । तोकिएको सेवा र शर्त मन्जुर
गरिसकेपछि त्यसलाई उलंघन गर्नु भनेको नै नियम
कानूनको उलंघन गर्नु हो । यस्ता क्षेत्रहरुमा
नियमित अनुगमन गरि अनियमितता हटाउनु सरकार
तथा सम्बन्धित निकायको दायित्व हुने भएकाले
यस तर्फ ध्यान पुर्याउनु जरुरि हुनेछ । हाल नेपालमा
भैरहेको मापसे (मादक पदार्थ सेवन ) चेक जांच
सम्बन्धि कार्यलाई एउटा उदाहरणीय कार्यको
रुपमा लिन सकिन्छ , हुन् त यसमा पनि कतिपय कमि
कमजोरीहरु नभएका भने हैनन् तर यस कार्यले दुर्घटना
लगायतका अन्य थुप्रै सामाजिक क्रियाकलाप
हरुलाई केहि हदसम्म नियन्त्रण गर्न सफल भएको छ ।

छड्के जांच भन्दा पनि नियमित रुपमा गरिने
अनुगमनले सबैलाई नियम कानूनको दायरामा
ल्याउन सम्भव हुने छ, जसको लागि सरकार तथा
सम्बन्धित निकायले एकपटक ध्यान पुर्याउने कि ?

साभार :-www.gurkharadio.com बाट

गोर्खा अनलाईन रेडियो सुन्नको लागि www.gurkharadio.com क्लिक गर्नुहोला ।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.