Latest Post

महामहिम राष्ट्रपति विद्या देवी भण्डारीबाट Wheel Chair उपहार प्राप्त भयो ।

हरेक दशैको टिका लगाउन हामी पवित्र समाज सेवा नेपाल स परिवार राष्ट्रपतिको हातको टिका लगाउन जान्छौ । घरमा टिकाटालो सकिए पछि छोरा छोरी बुबा आमाहरु कतै टिका लगाउन जान पाए पनि हुन्थ्यो जस्तो गर्छन । मन भुलाउन , उनिहरुको खुशीमा कत्तीपनि कमी नहोस भन्ने लाग्छ तेसैले हरेक बर्ष म देशकै अभिभावक राष्ट्रपति, प्रधानमन्त्रीको निवास मा सपरिवारलाई लिएर टिका लगाउन जान्छु । सधै झै हिजो पनि हामी राष्ट्रपति ज्यु हातको टिका थाप्न गएका थियौ । ९० बर्षिया बुबा जो आँखा देख्नु हुन्न, हिडडुल पनि गर्न सक्नु हुन्छ हामीले पिठीयुमा बोकेर लिएर गएका थियौ । राष्ट्रपति ज्युले सोध्नुभो बुबाको दुःखदायी जिवन कथा , मैले छोटकरीमा भने ,  आफनै छोरा छोरीहरुले उपचार गर्न जाउ भनेर ल्याएर  सिनामंगलको पुल मुनि फालिएछन । २० बर्ष सम्म नारकिय जिवन विताएका बुबालाई ८ महिना अगाडी हामीले फेला पारी उद्धार गरी ल्याएर आश्रय दिएका छौ भने पछि राष्ट्रपति ज्युले बुबाको लागि  Wheelchair  उपहार दिएर ठुलो मानविय सहयोग गर्नु भयो । यस्को लागि म महामहिम राष्ट्रपति ज्यु प्रति हार्दिक आभार व्यक्त गर्दछु । यो साथ, सहयोग, उपहार जिवन्त रहोस ।

बाबु नभए पनि आमा नभए पनि , फोहोरको थुप्रोमा फालिएको ठाँउ बाट ल्याएका भए पनि यि वेसाहारा, दिन हिन बालबालिका हाम्रै छोरा छोरी हुन , हाम्रो बुबा आमा, दिदी बहिनीहुन ।  हामी  सबै यिनीहरुका अभिभावक हौ । यिनीहरुको उचित रेखदेख, गाँस वास कपास, माया ममता हेरविचारको व्यवस्था गर्नु  सिङ्गो देश,  समाज हामी सबैको साझा कर्तव्य र धर्म हो ।

भावनाको नातालाई उमेरले फरक पर्दैन रहेछ । मलाई ५ महिना बच्चा देखि ९० बर्षको बुबाले पनि आमा नै भनेर बोलाउछन । उमेरले छोरी जस्तै भए पनि आमाको जस्तो माया ममता दिएकी छौ तिमी हाम्री छोरी होईन आमा हौ भन्नु हुन्छ ।
आज विजया दशमीको दिन परिवारका सबै ४८ जना सदस्यहरुलाई नयाँ नयाँ लुगा लगाई दिएर टिका जमरा लगाउने कार्यक्रम सम्पन्न भयो । सबै  दशैहरु यसरी नै हाँसी खुशी मनाउन पाईयोस । सबैमा विजया दशमीको हार्दिक मंगलमय सुभकामना छ ।

-दीक्षा चापागाँई
पवित्र समाज सेवा नेपाल , धाँपासी १०, काठमाण्डौ , नेपाल, फोन :- ९८५१०६००८६ / 009779851060086

हो,केही सुन्दर छैन यहाँ,
मात्रै ......दैलो उघार्दा,हिमाल चम्किन्छन,
बिना कुनै यंत्र यहाँ,
त्यसै ........शितल, बतास बहन्छन।

जब झरी...... रोकिन्छ,
इन्द्रेणीले ,आकाश रङिन्छ,
शरद  होस वा वसन्त
हरदम हरपल, छटा सजिन्छन।

हो केही, छैन यहाँ,
मात्रै मुस्कान, हरु फुल्दछ्न,
बिपत्तिमा ,अफ्ठ्यारामा,
भाइचाराका, अङाला खुल्दछन।

हो, सब खत्तम छ यहाँ
मात्रै,प्रकृति ,पुजिन्छन।
ढुङ्गा,ढुङ्गामा देवता भेटिन्छन,
सन्सारका सबै देव, एउटै नजरले हेरिन्छन।

हो, बाकी केही छैन यहाँ,
दुखमै पनि, हासो गुन्जिन्छन,
टुक्रीएका, सपना जोडिएर
सुनौलो बिहानी उघ्रीन्छन

- रजनी ढुङ्गाना

मानिस हरायको सुचना !!!!
सबैको घरमा चाडपर्बको हर्षबढाईं छ तर ठानिश्वर खरेलको घरमा भने खुसी हरायको छ।  सबै मिलेर खुसी फर्काउन सहयोग गरौं।

                       ग़ुल्मी जिल्ला वामी गा बि स वार्ड नंबर ९ सेरा देउराली घर भै हाल जापानमा कार्यरत बर्ष ३५ (अन्दाज़ी)का ठानिश्वर खरेल जापान (टोकियो) को कामता बाट नारिमास सम्म जाने क्रममा यहि मिति २०१६/१०/०३ तारिक देखि हराईरहेको र कसै संग पनि सम्पर्क मा नआयको ले हामी सबै चिन्तित भयका छौ । पछिल्लो समय उनी कामको खोजी मा रहदै आयका थिय ।आन्तरिक रुपमा हामीहरुले चिने जानेका सबै साथी भाई ,दाजुभाईहरु , ,उनको परिबार (भाई बुहारी लण्डन)इष्टमित्रहरु सबै संग सोध खोज गर्दा कसै संग पनि सम्पर्क मा आयको बुझियन । त्यसकारण पारिवारिक सल्लाह अनुसार हामी ले सार्बजनिक रुपमा यो सुचना प्रकाशन गरेका छौ । हामीहरु संग उनको address ,alien card ,केहि पनि उपलब्ध नभयको ले खोजी कार्यमा समस्या आएको छ यदि कसैले उनलाई भेटाउनु भयको छ र सम्पर्क मा हुनुन्छ भने कृपया गुल्मेली समाज जापान ,,वामी सेबा समिति जापान ,,वामी ९ अन्तराष्टिय सम्पर्क समिति जापान ,अर्याल समाज जापान र ब्यक्तिगत  तर्फ 080-4425-6661 (दिलिप थापा)। 080 4499 4344 बाबुराम खरेल -080 3939 0470चेतन अर्याल 08014103744 मेघराज सापकोटा ,070 1369 5503 डिलाराम खरेल ,080 9408 9240पुर्ण खरेल  लाई सम्पर्क  गरि सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ !!! सुचना-दिलिप थापा जि बाट

Contact Form

Name

Email *

Message *

Powered by Blogger.