Latest Post

मिस इन्टरनेश्नल २०१६, मिसोलोजी पिपुल्स च्वाइस अवार्ड विजेयीता वर्षा लेखी थारु लाई विभिन्न संघ संस्थाहरुले सम्मान गरिने !

मिस नेपाल इन्टरनेश्नल २०१६ विजयीता सुश्री बर्षा लेखीले जापानको टोकियोमा सम्पन्न मिस  ईन्टरनेशनल २०१६ मा नेपालको तर्फबाट सहभागी भई मिसोलोजी को पिपुल्स च्वाइस अवार्ड जित्न सफल भई नेपाल र नेपालीको परिचय, पहिचान र शीरलाई  विश्वमा उच्च स्थानमा राख्न महान र ऐतिहासिक गौरवमयी कार्य गर्न सफलता हासिल गर्नु भएकोले उहाँ लाई यहि २०७३ कार्तिक १८ गते रास्ट्रिय आदिवासी जनजाती महिला संघ, तराइ आदिवासी कला प्रतिस्ठान, शक्ति महिला समूह र कृष्ण फिल्मस प्रा.लि. लगायत विभिन्न संघ संस्थाहरुले सम्मान गर्ने समाचार प्राप्त भएको छ ।
साभार - Tharu Kalyankarini Sabha

रोल्पा जलजला सेवा समाज कतार द्वारा आयोजित देउसी भैलो तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न।


नबराज पुन ,दोहा-कतार।
हिन्दु नेपाली हरुको दोश्रो ठूलो महान पर्व दिपावलीको अवसरमा रोल्पा जलजला सेवा समाज कतार को समन्वयमा सयुक्त रुपमा कतारमा स्थापित रोल्पाका विभिन्न गा.बि.स. स्तरिय तथा जातिय संघ सस्था हरुको सहभागीमा देउसी भैलो एवम दिपावलिको शुभकामना आदन प्रदान कार्यक्रम  भब्यताका साथ सम्पन्न भएको छ।

रोल्पा जलजलाको इतिहासमा पहिलो पटक समग्र रोल्पाली हरुको एकै ठाउमा जमघाट र सयुक्त रुपमा शुभ दिपावलिको शुभकामना आदन प्रदान एवम देउसी भैलो कार्यक्रम सम्पन्न गरिएको छ।उक्त कार्यक्रम मा रोल्पा जलजला सेवा समाज कतार का अध्यक्ष वसन्त थापा को सभापतित्व एबम  सेवा समाजका पुर्ब अध्यक्ष तथा बर्तमान सल्लाहकार संयोजक सुर्य बहादुर बिश्वकर्मा प्रमुख अतिथि मा कार्यक्रम  ब्यानर अनवारण र दिप प्रज्वलन गरि उदघाटन गर्नु भएको कार्यक्रममा रोल्पा जलजला सेवा समाजका कोषाध्यक्ष शिव बुढाथोकी को स्वागत मन्तब्य र जलजला साङ्गेतिक समुहको स्वागत गीत बाट शुरु भएको कार्यक्रम को छोटो झलक विभिन्न अन्लाईन मिडिया तथा रोल्पा जलजला सेवा समाज कतार द्वारा नै संचालित प्रदेशिको सन्देश र प्रवासी आवाज कार्यक्रम रेडियो रोल्पा बाट कैलास घर्तिमगर को साथमा कार्यक्रम स्थल बाट महासचिव चोम बिष्ट ले प्रत्यक्ष प्रसारण जोडनु भएको थियो।कार्यक्रममा तमु कोष समिती लिवाङ रोल्पा का सस्थापक एवम महासचिव छवि गुरुङ, बराहक्षेत्र संरक्षण समिती बडाचौर रोल्पाका अध्यक्ष बलाराम जैसी, राँक प्रवासी सेवा समाज कतार (राँक रोल्पा) का अध्यक्ष नबराज पुनमगर, थाम मिलिजुली सेवा समाज गुम्चाल रोल्पाका अध्यक्ष राम गुरुङ, दलित एकता संजाल कतार/बडाचौर ५ रोल्पाका महासचिव होम बि.क, जनप्रगतिशिल सेवा समाज सिर्प  का सचिब कुल बहादुर खड्का, रोल्पा तल्लो गुम्चाल प्रवासी सेवा समाजका अध्यक्ष हिरा बहादुर बिष्ट, रोल्पा जलजला सेवा समाजका पुर्ब महासचिव एवम् बर्तमान सल्लाहकार बुद्दिजिबी एकराज सुवेदी, रोल्पा जलजला सेवा समाज कै सस्थापक अध्यक्ष चेतमान रोकामगर, समाज सेबि हिकमत अलि, भिम कर्ण गुरुङ, हर्क बहादुर खडका, गंगा रोका, नरेश बि.क.,  शान्त कुमार घर्तिमगर एबम सबैको विशेष उपस्थिती मा कार्यक्रम सम्पन्न भयको छ। 

कार्यक्रम को बिच, बिचमा मनोरञ्जनात्मक कार्यक्रम पनि गरिएको थियो बहु प्रतिभाशाली जलजला साङ्गेतिक समुहका दिपेन्द्र हिम्जाली ले मीठो स्वरमा देउसी भट्याउदै सब्बैले एकै स्वरमा देउसी खेलियको थियो। कलाकार हरु भगवती बस्याल, पुर्णिमा मगर, रीतु मगर, राकेश पुनमगर, हुकुम बि.क ले एकल नृत्य राख्नु भएको थियो भने जीवन खडका, गगन घर्तिमगर, पुर्णिमा मगर, रितु मगर ले गीत प्रस्तुत गर्नु भएको थियो। त्यस्तै चेतमान रोका मगर, दिपेन्द्र हिम्जाली र पुर्णुमा मगर, रितु मगर बिच भएको दोहोरीको झटारो ले झन कार्यक्रमका सम्पुर्ण दर्शक, अतिथी हरुलाइ छमछमी नचाएको थियो।
आफ्नो मौलिक सस्कार र सस्कृती लाई बचाइराख्न र "प्रवासमा सम्पुर्ण रोल्पाली हरु लाई एकताको शुत्रमा बाध्ने हेतुले  प्रवासमा सम्पुर्ण रोल्पाली हरु एक हौ भन्ने चाहाना बिजया दशमी तथा शुभ दिपावलिको शुभकामना" भन्ने नारा सहित आयोजना गरिएको कार्यक्रम को संचालन महासचिव चोम बिष्ट र सचिब देब राज पुन मगर ले गर्नु भएको थियो। कार्यक्रम को अन्तमा बोल्दै सभापति वसन्त थापाले जलजला को इतिहासमा पहिलो पटक एउटै आगनमा समग्र रोल्पाली हरुको जमाघाट भइ देउसी भैलो तथा शुभकामना आदन प्रदान भब्य रुपमा सम्पन्न भएको र आगामी दिनहरुमा पनि यसरी नै रोल्पाली हरु एक हुन आग्रह गर्दै कार्यक्रम सफल बनाउन सहभागि जनाउनुहुने सबैलाइ धन्यबाद दिदै देउसी भैलो तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भयको छ।




मेमोरी पावरमा गिनिज बुक मा नाम लेखाई विश्व रेकर्ड कायम गर्ने अर्पण शर्मा कट्टेल द्वारा फेरि एउटा सम्माननिय कार्य । बिदेशी नागरिक हरु पनि सामेल भए स्मरण शक्ति अभिबृद्धि तालिममा। The Academy of Arts and Academics (Oregon, USA) तथा Springfield Public Schools का प्रधानाध्यापक माइकल फिसर, coordinator एड, अभिभावक लिजा र ८ जना विद्यार्थीहरुको टोली कार्तिक ८ गते श्री अरनिको उच्च मा वि मा नेपाल को संस्कृति रहन सहन, चाडपर्व र रितीरिवाज तथा शैछिक टुर मा सामेल हुन आउनु भएको सिलसिलामा सनिबार बिहान ९ बजे देखि १०:३० बजे सम्मको मेमोरी पावर सम्बन्धी गिनिज बुकमा नाम लेखाई विश्व रेकर्ड कायम गर्ने अर्पण शर्मा कट्टेलको स्मरण शक्ति अभिवृद्धि तालिम मा सहभागी हुनु भएको थियो ।सो कार्यक्रममा अर्पण शर्मा कट्टेलले १ मिनट मा ३० वटा शब्दका क्रमहरु जस्ता को तस्तै याद गरेर अगाडी पछाडी बीच सबै तिर बाट भनेर सबैलाई चकित पारेका थिए ।


तालिम मा अर्पण शर्मा ले शब्द, वाक्य र प्याराग्राफ कसरी याद गर्न सकिन्छ तथा दिमाग लाई कसरी तेज बनाउन सकिन्छ भन्ने तालिम प्रदान गरेका थिए ।


The Academy of Arts and Academics (Oregon, USA) तथा Springfield Public Schools का विद्यार्थीहरु सो कार्यक्रम मार्फत प्रभावित भएका र सो तालिम धेरै नै प्रभावकारी भएको प्र.अ. पुरुषोत्तम खरेल ले जानकारी दिनु भयो । देशको सान बढाउन लागि पर्नुभयका अर्पण शर्मा कट्टेल ज्यु लाई www.missyounepal.com परिवार हार्दिक सम्मान ब्यक्त गर्दछ। 
'
मिति : २०७३/०७/१३
स्थान : श्री अरनिको उच्च मा वि
कार्यक्रम : स्मरण शक्ति अभिवृद्धि तालिम
सभापति : श्री पुरुषोत्तम खरेल (श्री अरनिको उच्च मा वि का प्र.अ.)
प्रमुख अतिथि : श्री माइकल फिसर (Mr. Michael Fisher) - Principal at The Academy of Arts and Academics (Oregon, USA) and Springfield Public Schools (Oregon, USA)





Contact Form

Name

Email *

Message *

Powered by Blogger.