Latest Post

स्वस्थ रहनका लागि खाने सही तरिका
प्रणिती सिंह २०७३ कार्तिक २८ आइतबार प्रकाशित


केही वर्षयता शहरी क्षेत्रका बासिन्दाको शारीरिक परिश्रम कम हुँदै गएको छ । पेपरवर्क र टेवलवर्कमा व्यस्त हुने तथा दौडधुप र परिश्रम गर्न समय अभाव हुने समस्या हरेकले सामना गरिरहेका छन् । दैनिक रुपमा शारीरिक  परिश्रम पनि गर्नुपर्छ र यसले शरीर स्वस्थ बनाउँछ भन्ने चेतनाको पनि अभाव छ ।

अर्कोतर्फ हाम्रो खाना खाने बानीमा पनि समस्या छ । हामी बिहान एकैपटक धेरै खान्छौं । दिनभर केही खाँदैनौ । खाजाको रुपमा मोमो, चाउमिन लगायतका परिकार धेरै खान्छौंं र फेरि घर पुगेर साँझ भारी परिमाणमा खान्छौंं । एकैपटक खाना खाने र बीचमा लामो समय भोकै रहने बानीले हाम्रो शरीरमा बोसोपन बढ्ने र मोटाउने हुन्छ । योसँगै हिड्ने, डुल्ने, दौडने तथा पसिना आउने काम गर्ने बानी निकै कम भइसकेको छ । केही टाढा जानु छ भने कि हामी ट्याक्सीमा जान्छांैं, नभए आफनै गाडी हुन्छ या बाइकमा हिड्छौंं । एक\डेढ घण्टा हिँडेर जाने चलन हराईसकेको छ । मोटोपनका केही कारण यिनै हुन् ।
स्वस्थ्य जीवनशैलीका लागि स्वस्थकर खाना खाने र खाने तौरतरिका सुधार गर्नु आवश्यक हुन्छ । हाम्रो शरीरको मागअनुसार उर्जा प्रवाह गर्न र त्यसलाई नियमितता दिन खाने आदत सुधार्नु नै सबैभन्दा राम्रो उपाय हो । अहिले हामीले एकैपटक धेरै खाने र लामो समय भोकै बस्ने बानी  परिवर्तन गर्नु आवश्यक छ ।

विहान उठ्नासाथ कतिपयले नास्ता खाने गर्छन् भने कतिपयले सबेरै भात,, दाल र तरकारी सहितको खाना खान्छन् । हाम्रो थालमा रहने भात, दाल र तरकारीको मात्रा घटाउनै पर्छ । एकैपटक दुई थाल भात खाएर मात्रै हँुदैन । थोरै खाने अनि त्यसको २÷३ घण्टामै फेरि केही खाने गर्न सकिन्छ । २\३ घण्टाको फरकमा एउटा फलफूल खाने अनि फेरि स्न्याक्स लिने गर्न सकिन्छ ।

बीच–बीचकोे अवधिमा दही, मोही लगायतका खानेकुरा खानु उपयुक्त हुन्छ । अनि रातीको खाना अति नै थोरै खानुपर्छ । तीनपटक मात्रै हेभी रुपमा खाना खानुको साटो ४\५ पटक थोरै–थोरै खानेकुरा लिएमा सजिलो हुन्छ । ५ देखि ६ पटकसम्म थोरैथोरै रुपमा खानाखाने आदत गर्ने हो भने मोटोपना सुधार गर्न सकिन्छ ।

तीनपटक मात्रै हेभी रुपमा खाना खानुको साटो ४\५ पटक थोरै–थोरै खानेकुरा लिएमा सजिलो हुन्छ । ५ देखि ६ पटकसम्म थोरैथोरै रुपमा खानाखाने आदत गर्ने हो भने मोटोपना सुधार गर्न सकिन्छ ।
एकपटक धेरै खाने, अनि लामो समयसम्म भोकै रहने बानीका कारण हामी नेपालीहरुमा ग्यास्ट्राइटिसको समस्या विकराल बन्दै गएको छ । कतिसम्म भने हरेक दुईजनामा एकजना ग्यास्ट्राईटिसको समस्या भएको मानिस फेला परिरहेका छन् । खानाखाने समयको व्यवस्थापन नहँुदा नै ग्यास्ट्राइटिसको समस्या बढी देखिएको छ । चिल्लो, पिरो, अमिलो लगायतका खानेकुरा हामीले बढी रुचाउने भएकाले पनि पेटससम्बन्धी रोग देखिएको हो ।

एकैपटक धेरै खाने, अनि लामो समय भोकै बस्ने बानीले स्वास्थ्यमा केही गम्भीर समस्या देखा पर्छन् । एकैपटक खाएको खाना पचेपछि लामो समय पेट खाली हुँदा आमासयमा जम्मा हुने रसहरु खानासँग घुल्न पाउँदैनन् र ग्याष्ट्राईटिस देखा पर्न थाल्छ । एकैपटक धेरै खाना खाँदा शरीरले ग्रहण गर्न सक्दैन र त्यसले बोसोपना बढाउन मद्यत गर्छ ।

हामीले खाएको भारी परिमाणको खाना शरिरले एकैपटक ग्रहण नगर्ने हुनाले उसले भण्डारणका लागि बोसो बनाउन थाल्छ फलस्वरुप मोटाउने समस्या देखा पर्छ । थोरै–थोरै खाँदा त्यसलाई शरीरले ग्रहण गर्ने र पचाउने क्षमता बढ्दै जान्छ र खानाको शक्ति बोसोको रुपमा भण्डारण गर्ने अवस्था नै आँउदैन । क्यालोरी बर्न भएपछि शरीरले अतिरिक्त उर्जा भण्डारण गर्न पर्दैन ।

हामीले खाने खाने र त्यसमा हुने परिमाण निकै बढी छन्, विहानको खाना होस् या खाजा अनि बेलुकीको खाना । हामीले आवश्यकभन्दा बढी परिमाणमा खाएका हुन्छौं । मेरो सुझाव फरक छ । विहान ८ देखि १० बजेको बीचमा हामीले खाना खान्छौंं । दिँउसो १२, साढे १२ को हाराहारीमा एउटा फलफूल खान सकिन्छ । २\३ को विचमा हल्का स्क्याक्स खान सकिन्छ । साढे ५\६ बजेतिर फेरी एउटा फलफूल खाएर केही घण्टाको फरकमा रातीको खाना लिनुपर्छ ।

राती हामीले आवश्यकभन्दा बढी परिमाणमा खाना लिने चलन छ, जुन ठीक उल्टो हो । किनभने हाम्रो शरीरले रातीमा आराम गर्छ र हामीलाई कम उर्जा आवश्यक पर्छ । राती खाना र सुत्ने समयबीच ३÷४ घण्टाको फरक हुनु आवश्यक छ । यसले गर्दा बेलुकी खाएको खाना पच्ने समय पर्याप्त हुन्छ । हाम्रो शरीरले खाना खाएपछि पचाउन समय लाग्छ । ढिलो खाने र त्यसलगत्तै सुत्ने बानीले मोटोपन बढ्छ । बेलुकीको खाना खाएपछि सम्भव हुन्छ भने हिँड्दा खाना पचाउन मद्यत गर्छ ।

दिँउसो १२, साढे १२ को हाराहारीमा एउटा फलफूल खान सकिन्छ । २\३ को विचमा हल्का स्क्याक्स खान सकिन्छ । साढे ५\६ बजेतिर फेरी एउटा फलफूल खाएर केही घण्टाको फरकमा रातीको खाना लिनुपर्छ ।

हामी मुख्य खानाको रुपमा भातमै निर्भर छौं । भात खानु समस्या होइन, तर हामी कति परिमाणमा खाइरहेका छौं, त्यो महत्वपूर्ण हो । हामीले कति खाने भनेर परिमाण सिफारिस गर्न कठिन हुन्छ । त्यो किनपनि फरक पर्छ भने उमेर, शारीरिकक अवस्था, उसको परिश्रम लगायतका विषयमा फरक पर्छ । भात पनि कस्तो प्रकारको हुन्छ, कसरी पकाइएको छ आदि कुराले पनि खानाको परिमाण र आवश्यकता निर्भर हुन्छ ।

हाम्रो शरीरको तौल भनेकै पेटमा हुन्छ । पेट ठूलो भएका कारण आवश्यकताभन्दा बढी तौल भएर हामी पीडित भएका हुन्छौंं । हाम्रो शरीरले लिएको खाना पचाउने र त्यसैअनुसार खपत भएर स्टोर हुने परिस्थिति रोकिएमा तौलको परिमाण पेटमा मात्रै केन्द्रित नभएर अन्यत्र पनि वितरण हुन्छ ।

हाम्रो शारीरिक परिश्रम कम हुँदै गएको छ । हामीलाई समय निकाल्न निकै गाह्रो भएको छ । तर स्वास्थ्यमा ध्यान दिने र निरोगी बन्न चाहने हो भने जसरी पनि समय निकाल्नै पर्छ । दैनिक ३० मिनेट र साताको ५ दिन नियमित कसरत गर्नैपर्छ । तर त्यसमा पनि उमेर, स्वभाव र दैनिक जीवनयापनको विषयमा भर पर्ने कुरा हुन् । तर सामान्य रुपमा पनि दैनिक आधा घण्टा त हिँड्नै पर्छ ।

खानाका क्रममा ओखर, बदामजस्ता खानेकुरा उपयोगी हुन्छन् । तर जंकफुड भने कुनै हालतमा उपयुक्त हुँदैन । कतिपयलाई जंकफुड अनिवार्य नै हुन्छ, नखाउँ भनेपनि व्यवहारिक रुपमा सम्भव हुँदैन । तर त्यसलाई हरेकदिन नियमित रुपमा प्रयोग नगरेर कहिलेकाँही मात्रै प्रयोग गर्दा हुन्छ । मैदायुक्त खानेकुरा भने नखान नै सुझाव दिने गरेकी छु ।

काठमाडौंं लगायतका शहरी क्षेत्रमा मोटोपन बढ्नुको प्रमुख कारण खानाका साथै जीवनशैली पनि हो । जीवनशैलीमा खाना नै मुख्य रुपमा जोडिन्छ, किनभने हामीले शारीरिक परिश्रम नै गर्न छाडिसकेका छौं । हामी टन्न खान्छौं, रेष्टुरेन्ट जान्छौं, हिड्डुल गर्दैनांैं । यी सबै कारणले मोटोपन बढेको हो । खानाले मोटोपन घटाउन ज्यादा भूमिका खेल्छ । तर म त्यो सुझाव दिँदिन किनभने खानाका साथै केही शारीरिक परिश्रम गर्ने हो भने मोटोपन नियन्त्रणमा लिन सहज हुन्छ ।

हामी टन्न खान्छौं, रेष्टुरेन्ट जान्छौं, हिड्डुल गर्दैनांैं । यी सबै कारणले मोटोपन बढेको हो । खानाले मोटोपन घटाउन ज्यादा भूमिका खेल्छ । तर म त्यो सुझाव दिँदिन किनभने खानाका साथै केही शारीरिक परिश्रम गर्ने हो भने मोटोपन नियन्त्रणमा लिन सहज हुन्छ ।

ब्रत बस्ने बानी राम्रो हो । तर डाईटिङवारेको नेपाली बुझाई गलत छ । डाईटिङ गरेर तौल घटाउन चाहने धेरै विरामी मकहाँ सल्लाहका लागि आउने गर्छन । उहाँहरुले खाइरहेका ेभन्दा बढी खानाको परिमाण हुनेगरी सुझाव दिएपनि तौल घटाएका उदाहरणहरु छन् । किनभने उपयुक्त समय तालिकामा उपयुक्त खाना खाएमा मोटोपना नियन्त्रण हुन्छ । खाना नखाएर मात्रै तौल बढ्ने होइन । खाना नखाएमा कतिपय अवस्थामा शरीरले खानाको पोषण सञ्चय गरेर राख्छ र मोटोपना झनै बढ्ने हुनसक्छ ।
मकहाँ आउने बिरामीहरुले प्रायः १÷२ लिटरमात्रै पानी खाएको बताउँछन् । तर कम्तिमा २÷३ लिटर खानुपर्छ । एकैपटक धेरै खानुभन्दा पटक\पटक खानु राम्रो हुन्छ । तर बाहिर हिड्ने, दौडने र कोठाभित्रै बसेर काम गर्ने व्यक्ति अनुसार पानीको आवश्यकता फरक फरक हुन्छ ।

खाने क्रममा टिभी हेर्ने, मोवाईल खेलाउने चलन पनि छ । यसले गर्दा एक त होस नपाएर आवश्यकताभन्दा ज्यादा खाइन्छ । मैले खाएँ मलाई पुग्यो भन्ने महसुस हुनुपर्छ । आरामका साथ शान्त भएर खानु उचित हो । खानाखाने बेलामा ध्यान खानामै केन्द्रित हुनुपर्छ । खाने आदत सुधार गर्न सकेमा ग्याष्ट्राईटिस नियन्त्रण हुन्छ, मोटोपन घटछ भने खाएको कुरा पनि पच्न सहयोग हुन्छ ।
डाईटिसियन सिंह नर्भिक अस्पतालमा कार्यरत छिन् ।
  साभार www.swasthyakhabar.com बाट


चार वर्षिया छोरीलाई 'स्टेज फोर'को क्यान्सर भएपछि...'क्यान्सरको असली अनुहार'
 स्वास्थ्य खबरपत्रिका  २०७३ कार्तिक २७
शनिबार  प्रकाशित


एजेन्सी - छोराछोरीलाई सामान्य समस्याहुँदा आमाबुबा निकै चिन्तित हुन्छन् । झन् त्यसमाथि गम्भिर रोग लाग्यो भने पीडा असह्य हुन्छ । यस्तै पीडामा छन् इंल्यान्डका एक परिवार ।

३० वर्षिय एन्डी ह्विलानकी चार वर्षकी छोरीलाई
क्यान्सर भएको छ । त्यो पनि स्टेज फोरको ।
इंग्ल्यान्डको ल्यान्कासायरकी चार
वर्षीया बालिकालाई ‘स्टेज फोर’को
क्यान्सर भएपछि उनको परिवार पीडामा
हुनु स्वभाविक हो । उनका दुःखी बाबु
ह्विलानले पीडाको यो समयमा सामाजिक
सञ्जालमा क्यान्सरसँग लडिरहेकी
छोरीको श्यामश्वेत तस्बिर हालिदिए ।

‘क्यान्सरको असली अनुहार’
शीर्षक लेखेर हालेको उक्त तस्बिर
अहिले सामाजिक सञ्जालमा निकै भाइरल भएको छ

तस्बिरसँगै उनले थप लेखे, ‘मैले लिएका
तस्बिरहरूमध्ये यो सबैभन्दा
पीडादायी हो ।’ उनले हालेको
तस्बिर र उनले लेखेको विवरणमा अहिले हजारौँले
प्रतिक्रिया दिइरहेका छन् । सबैले
बच्चीको सिघ्र स्वास्थ्य लाभको कामना
पनि गरिरहेका छन् ।

क्यान्सरसँग लडिरहेकी चार वर्षिया
जेसिकाको तस्बिर देखेपछि धेरैले उनका अन्तिम
दिनहरू रमाइला होऊन् भनेर आर्थिक सहयोग
संकलन गर्ने अभियान नै थाले । उक्त अभियानको
एक महिनाभन्दा कम समयमै २० हजार पाउन्ड
उठ्यो । अहिलेसम्म एक लाख पाउन्डजति
उठिसकेको छ।

जेसिकाका बुबाका अनुसार यसबीचमा
तीन हजारभन्दा बढी इमेल,
फेसबुक सन्देश प्राप्त भएका छन् ।
विश्वभरबाट उनलाई सान्तवना आइरहेको छ ।
मानिसहरूको प्रतिक्रिया, सन्देश र आर्थिक
सहायता आइरहेपछि जेसिकाका बुबाले सबैलाई
धन्यवाद दिँदै पुन लेखे ‘जेसिकाको स्वास्थ्य
अवस्था खस्किँदो छ ।’

मृत्युलाई कुरिरहेकी जेसिकाको अहिले
उपचार बन्द गरिएको छ । चिकित्सककै सल्लाहमा
उनको उपचार बन्द गरिएको हो । उनको परिवारले
अहिले उनको बाँकी रहेको दिनलाई
सहज बनाउन लागिरहेको छ ।

जेसिकाको परिवारका अनुसार उनका नाममा उठेको
रकमलाई च्यारिटीमा लगाउने जनाएका
छन् । उनको मृत्युपछि उनका अंग तथा कोष
वैज्ञानिक अनुसन्धानका लागि दिने निर्णय पनि
परिवारले गरेको छ ।
साभार :- www.swasthyakhabar.com बाट


पेट स्क्यान बारे जान्नैपर्ने केही कुरा (के- केमा प्रयोग हुन्छ ? कसरी गरिन्छ ?)
अस्पताल २०७३ कार्तिक २७ शनिबार प्रकाशित


पेट स्क्यान अर्थात PET SCAN भनेको पोजिट्रोन इमिशन टोमोग्राफी एयकष्तचयल Positron Emission Tomography को संक्षिप्त रुप हो । यसको नाम हाम्रो शरीरको अंग पेटसंग (आमाशय) मिल्दो भएता पनि वास्तवमा यो आमाशय स्क्यान गर्ने प्रविधि होइन ।

पेट स्क्यान एउटा इमेजिङ पद्धति हो जसमा रेडियोधर्मी पदार्थको प्रयोग गरिन्छ । शरीरको कोषिकाहरुमा भइरहेको शुक्ष्मस्तरको सामान्य वा असामान्य क्रियाशिलताको मापन पेट स्क्यानबाट गर्न सकिन्छ । यसले गर्दा शारिरिक परिवर्तन तथा लक्षण आउनु पूर्व नै रोग र रोगको अवस्था पत्ता लगाउन सकिन्छ । यसको उपयोगीता आदिले क्यान्सरमा करीव अपरीहार्य नै मानियता पनि यसको प्रयोग क्यान्सरमा मात्र नभइ मुटुको रोग, न्युरोलोजी , विभिन्न इन्फेक्सन (संक्रमण) सम्बन्धी रोगको अध्ययन र जाँचमा पनि गरिन्छ ।

पेट स्क्यानमा विभिन्न रेडियोधर्मीहरु ( कार्वन, अक्सिजन, नाइट्रोजन आदी ) को प्रयोग हुने भएता पनि क्यान्सर परीक्षणको लागी मुख्यतः FDG (फ्लोरोडीअक्सी ग्लुकोज ) को प्रयोग हुन्छ । पेट स्क्यानले शरिरको विभिन्न महत्वपूण कार्यहरु जस्तै : रक्त प्रभावको मात्रा, अक्सिजनको प्रयोग, ग्लुकोजको खपतको अध्ययन गरी विभिन्न अंगहरुको क्रियाशिलता जाँच गरी त्यो अंगको अवस्था पत्ता लगाउन मद्धत गर्दछ । पेट स्क्यानले सानो भन्दा सानो अनियन्त्रित परिवर्तनलाई पनि सुक्ष्म रुपमा किटान गर्दछ । शरिरका ती अंगहरुमा जहाँ क्रियाशिलता वढी छ त्याहाँ ग्लुकोजको खपत बढी हुने गर्दछ । क्यान्सर भनेकै कोषिकाहरुको असामान्य तथा अनियन्त्रित बृद्धी हुने भएकोले यसमा क्रियाशिलता बढ्नुका साथै ग्लुकोजको मात्रा बढि खपत हुन्छ । जसलाई पेट सि टी स्क्यानको माध्यमबाट इमेजमा परिवर्तन गरि अध्ययन गरिन्छ ।

के केमा प्रयोग हुन्छ पेट स्क्यान ?

   क्यान्सर पत्ता लगाउन
  क्यान्सर शरिरको एक भागमा मात्र छ की अन्यत्र फैलिएको छ भनि पत्ता लगाउन
  उपचार शुरु गर्नुअघि क्यान्सरको स्टेजिङ्ग गर्न
उपचारपछि उपचारको प्रभावबारे मापन गर्न
कहिलेकाहीँ रोग पत्ता लगाउन बायोप्सी (मासु जाँच) गर्न कठिनाइ हुदाँ बायोप्सीको लागि सही ठाउँ पत्ता लगाउन
रेडियोथेरापी (कुनै कुनै क्यान्सरमा ) उपचारको प्लान गर्न
मुटुको माशंपेशीमा रक्त प्रवाह हेर्न
मुटुको विभिन्न रोगको अध्ययन गर्न
दिमागको विभिन्न अवस्था अध्ययन गर्न

यो कसरी गरिन्छ ?

पेट स्क्यान गर्नु केही घण्टादेखी खाली पेट रहनुपर्छ । गुलियो मिसिएको पेय पदार्थ खानु हुदैन । किनकी यो जाचँमा पनि ग्लुकोज दिइन्छ र खानाबाट पनि ग्लुकोज बन्छ र शरिरले लिने हुदाँ जाचँमा असर पर्छ । यसपछि सुईको माध्यमबाट एफ डि जी शरिरमा दिइन्छ र पेट स्क्यान मेशिनमा जाचँ गरिन्छ ।

एफ डि जी सूई लगाएपछि आरामले बस्नु पर्ने हुन्छ । हिडडुल गर्दा पनि ग्लुकोज खपत हुने हुनाले रिर्पोटमा परिवर्तन आउन सक्छ र जाचँ दोहो¥याउनु पर्ने पनि हुन सक्छ । यसरी सूई दिइसकेपछि सिटी स्क्यानमा राखिन्छ र विभिन्न अवस्थाको फोटो खिचिन्छ ।

पेट स्क्यानको माध्यमबाट ति अंगहरुको क्रियाशिलताको बारेमा अध्ययन हुन्छ र पेटमा सि टी स्क्यानर हुने हुनाले अंगहरुको इमेज पनि देखिन्छ । जसले गर्दा यो अध्ययनलाई सहज बनाइदिएको छ । जाचँपछि जहाँ कोषिकाहरु धेरै क्रियाशिल हुन्छन त्यो भागमा  ग्लुकोजको क्रियाशिलतामा बढी देखिन्छ  जसलाई “ हट स्पट” भनिन्छ । यो पुरा स्क्यान प्रक्रियालाई आधा घण्टा जति लाग्छ र कहिलेकाही विशेष अवस्थामा समय लम्बिन सक्छ ।

पेट स्क्यानको फाइदा

यसले शरिरको विभिन्न अंगको बनावटको साथसाथै क्रियाशिलता पनि एकैचोटी जाचँ गरी देखाउछ ।
अरु इमेजिङ पद्धतिबाट प्राप्त गर्न नसकेको सूचना यसबाट प्राप्त गर्न सकिन्छ ।
यसले विभिन्न क्यान्सर रोग पत्ता लगाउन मद्धत गर्दछ । जसले गर्दा उपर्युक्त उपचार पद्धति प्लान गर्न सकिन्छ ।
यसले शुरुवाती अवस्थामा रोग पत्ता लगाउन मद्धत गर्छ ।

सिमितताहरु

यसमा प्रयोगहुने रेडियो एक्टिभ (रेडियोधर्मी) पदार्थको आयू थोरै (११० मिनेटको) हुन्छ । र सेल्फ लाइफ १२ घण्टाको हुन्छ । यसले गर्दा यो पदार्थ बनिसकेपछि जतिसक्दो चाडो प्रयोग गर्नु पर्दछ ।
हाम्रो देशमा विभिन्न सक्रामक रोगहरु जस्तै क्षयरोग, सार्कोइडोसिस धेरे मात्रामा पाइने गर्दछ जसले लिम्फ ग्रन्थी सुनिने गराउछ । यो अवस्थामा पनि पेट स्क्यान गर्दा क्यान्सर नभएता पनि पोजेटिभ रिजल्ट आउन सक्छ, जुन कुराको ध्यान रिपोर्ट गर्ने चिकित्सकले दिन जरुरी हुन्छ । यस्तो अवस्थामा क्यान्सर र क्षयरोग छुट्याउन गाह्रो हुन सक्छ ।

एफ डि जी (Flurodeoxyglucose (18 F)) कसरी बनाइन्छ ?

यसको सबैभन्दा महत्वपुर्ण र गाह्रो पाटो चाहीँ साइक्लोट्रन (Cyclotron) उपलब्ध गराउनु हो ।साइक्लोट्रन एक किसिमको जटिल मेसिन हो जसले रेडियोधर्मी पदार्थ उत्पादन गर्छ ।साइक्लोट्रन धेरै जसो ठाउँमा पेट स्क्यानको सगैँ हुन्छ र उत्पादन गर्ने बितिक्कै प्रयोग गर्न सकिन्छ । यसरी पेट स्क्यानसंगै रहने साइक्लोट्रन अर्थात मिनी साइक्लोट्रन हुन्छ जसले एफ डि जी मात्र निकाल्छ र सोही पेट स्क्यानमा मात्र प्रयोग हुन्छ ।

कन्भेन्सनल साइक्लोट्रन जसले विभिन्न आइसोटप उत्पादन गर्न सक्छ । यसबाट उत्पादित आइसोटप अरु पेट स्क्यान भएका ठाउँ तर साइक्लोट्रन नभएका ठाउँमा पनि प्रयोग गर्न सकिन्छ । एफडिजी ग्लुकोजको आयु थोरै भएकोले एफडिजी उत्पादन भएपछि १२ घण्टा भित्र प्रयोग गर्नु पर्ने हुन्छ । यसरी कन्भेन्सनल साइक्लोट्रन भयो भने यसले उत्पादन गरेको आइसोटप जहाँ हवाइसेवा उपलब्ध छ त्याहाँ निर्यात गर्न सकिन्छ । जसले गर्दा सेवा विकेन्द्रीकरण हुन्छ र यो सेवा दिन इच्छुक अस्पतालले पेट स्क्यान मात्र खरिद गरे पुग्छ । अर्को तर्फ साइक्लोट्रनले उत्पादन गरेको एफडिजी विभिन्न पेट स्क्यान भएका अस्पतालमा सप्लाई गरी साइक्लोट्रन आफै आत्मनिर्भर रुपमा चल्न सक्छ ।

यो साइक्लोट्रनबाट आइसोटप उत्पादन गरी प्रयोग गर्नु भनेको साँच्चै घडीसगँको दौड हो ।अन्त्यमा एक्काइसौ शताब्दीको क्यान्सर डाइग्नोसिस र उपचारमा पेट स्क्यानले महत्वपुर्ण भुमिका निर्वाह गर्छ त्यसैले यो सेवा सहज र सहुलियत रुपमा सबैलाई उपलब्ध गराउनु राष्ट्रको दायित्व हो ।

साभार www.swasthyakhabar.com बाट


Contact Form

Name

Email *

Message *

Powered by Blogger.