Latest Post

यिनी हुन अमेरिकाको बोस्टन निवासी Rechel Mindrup. यिनी एक दक्ष तेलचित्र बनाउनमा अत्यन्त ब्यस्त नारी हुन । 

-अशोक श्रेस्ठ,काठमान्डौं

Today I wants for introducing one of personality who have big heart to establish big role to awareness of NF to public.

Rechel Mindrup, who live at Boston in USA, is always found busy in drawing a wonderful art to be for exhibition for making awareness to the mass of public about the difficulty of how NF patient survive.

I am always in all time want to pray with all of viewer to please to give more and more appreciate to her to get more success of her work in this field. Here I have served some of eye catching of her beautiful arts including mine downloaded from face book.

                     Artist  : Rachel Mindrup

My details of contact for the  further more information

Name: Ashok Shrestha

Address: Dhobighat, Lalitpur -03

Mobile/Viber: 9841530741

Skype: ashokshresha

Face Book: ashokshresha@gmail.com

Email: ashokshresha@gmail.com

Contact time: around the clock, at any time


My Bank details :

Nepal:

Name: Ashok Shrestha

Bank:

Bank of kathmandu, Jawalakhel

Account type: Saving

Account no.: 051100036961

Swift code: BOKLNPKA


Global IME Bank, Dillibazzar

Account type: Saving

Account no.: 3207010002208

Swift code: GLBBNPKA


 GOFUNDME ACCOUNT Details:

United Kingdom, London [UK]

Created by

Krishtina Allen

https://www.gofundme.com/together4ashok


Durga Gurung

https://www.gofundme.com/duvagz68


Leela Limbu

https://www.gofundme.com/2fq6xfak…


New York

Mukhiya Gurung

https://www.gofundme.com/hope-ashokshrestha


Susanna Limbu

https://www.gofundme.com/h7ztz4qs


Australiua

Rupak Khadka

https://www.gofundme.com/helpashok

Youcaring.com

https://www.youcaring.com/ashok-shrestha-520999


PayPal :

To donate from your paypal account,

https://www.paypal.com/

ashokshresha@gmail.com


South Korea

Arun Shrestha

https://www.facebook.com/224233627782208/videos/vb.224233627782208/469660786572823/?type=2&theater


Mr. Nitesh Poudel in Cameron University

https://www.gofundme.com/2etezuk… 

यिनले खास गरि म जस्ता NF ट्युमर भएकाहरुको अत्यन्त मनमोहक चित्र बनाइ जनचेतनाको लागि many faces of nf बाट प्रर्दशन गर्दै आएकी छिन । उनका आर्ट ग्लालरी हेरेर कोहि कसैले आर्थिक वा कुनै सहयोग गर्न चाहना देखाएमा सम्बन्धित NF ब्यक्तिको सम्पर्क ठेगाना दिने गरेकी छिन ।

          Rachel Mindrup तयार पार्नु भएको मेरो चित्र

यिनै आदरणीय म्याडम हुन, जस्ले मेरो भिडियो अपलोड भएको केही दिनमा मलाइ सम्पर्क गरि मेरो चित्र बनाई प्रदर्शनीमा राख्न अनुमति लिनु भएको थियो मे 11 2016 मा । तत पश्चायत मेरो फोटो उहांको आर्ट ग्यालरिमा राखी जन चेतनाको प्रर्दशित गर्दै आउनु भएको छ । Rachel Mindrup तयार पार्नु भएको मेरो र केही चित्रहरु हेर्नुहोला। 
- Ashok Shrestha
https://m.facebook.com/story.php?story_fbid=2193204604238054&id=100006456085316 



मानिसको जीवन हो कैले कस्लाई के हुन्छ, जिवनले कस्तो मोड लिन्छ,केही थाहा हुँदैन भोलि कसैले देखेको छैन, रोग ले धनी गरिब,सानो ठूलो केही भन्दैन तेसैले सबैलाई आफ्नोपन ले हेरौं, एउटा साधारण जीवन पाउन को लागि सबैसँग अपिल गरिरहनुभयका अशोक श्रेस्ठ दाजु लाई सके आर्थिक सहयोग गरौं नसके पनि सान्त्वना,साथ दियर हौसला बढाऔं, सबै मिले के हुँदैन ? एक नेपाली युवा को समाजमा साधारण जीवन जिउनको लागि गरियको पुकार सबैले सुनौं। मानबताको ढोका खोलेर यस्ता ब्यक्ती हरु लाई समाजमा नराम्रो नजरले नहेरिदिनुहुन www.missyounepal.com परिवार हार्दिक अनुरोध गर्दछौं। 


         Rachel Mindrup ले बनाउनुभयको चित्र हरु 






मृत्युसँग लडिरहेकी झापाकी सुजता सुवेदीको  अस्पतालको शैयाबाट स्वास्थ्यमन्त्री गगन  थापालाई खुलापत्र ।


यो संसारमा बाँच्ने र आफ्ना सपनाहरु पूरा गर्ने रहर सबैको हुन्छ । तर ,गरिबी र बाध्यताले मानिसलाई मृत्यृ शैयामा छट्पटाउन बाध्य पारेको हुन्छ । यस्तै अवस्था भएको छ झापा पृथ्वीनगरकी २२ वर्षिय श्वेता(सुजता) सुबेदीको ।

एप्लाष्टिक एनेमिया बोन म्यारो फेल भएर विगत तीन महिना देखि महिनादेखि काठमाडौंको सिभिल सर्भिस अस्पतालमा उपचार गराइरहेकी श्वेताले आफ्नो बाँच्ने रहर पूरा गर्दिन आग्रह गर्दै स्वास्थ्यमन्त्री गगन थापालाई यस्तो पत्र लेखेकी छिन् ।

                 श्वेता सुबेदी हाल सिभिल हस्पिटल

माननीय स्वास्थ्यमन्त्री ज्यू, म श्वेता सुबेदी हेल्थ एसिस्टेन्ट पढ्दा पढदै एप्लाष्टिक एनेमिया बोन म्यारो फेल भएर हाल सिभिल हस्पिटलमा विगत तीन महिना देखि उपचार गराइरहेको छु ।मेरो परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारणले उपचार गर्न धेरै गाह्रो भइरहेको छ । आज उपचार गर्न लाग्ने १६ लाख रकम जुटाउन नसक्दा म मृत्यु शैयामा छट्पटाइरहेको छु।आज मेरो बाँच्ने रहर हँदाहुँदै पनि यो संसारबाट बिदा लिनु पर्ने अवस्था आइरहेको छ । मेरो पनि सपना थियो भविष्यमा डाक्टर बनेर देश र म जस्ता आर्थिक अवस्था कमजोर भएर पन बाँच्न चाहाने दिनदुखीहरुको सेवा गर्ने ।

विडम्बना  आज ती आफ्ना सबै सपनाहरु आहूती हाल्दै अस्पतालको शैयामा छट्पटाइरहेको छु ।
बाँच्ने रहर मात्र भएर नहुँदो रहेछ । बाँच्ने रहर पूरा गर्न यो देशका कि त धनी परिवारको कोखमा जन्मलिनु पर्दो रहेछ , कि त ठूलाठाला नेता नै बन्नु पर्ने रहेछ । हामी जस्ता जन्मदै गरिब भएर जन्मेका नागरिकले बाँच्ने सपना देख्नु नि आफैंमा धिक्कार रहेछ ।


आज मेरो अवस्था देखेर मेरा आमाबुबा दिनरात रोइरहनु भएको छ । मेरो बाँच्ने सपना पूरा गर्नको लागि दुनिँयासँग भिख माग्दै हिँडिरहनु भएको छ । यति धरै पैसा कहाँबाट ल्याउने मेरो परिवारले ? आफू बाँच्ने र पढ्ने सपना पूरा गर्ने रहर, रहरैमा मात्रै सिमित हुने भयो।अब के नै गर्न सक्छु र म ? यो संसारमा मर्नु सिवाय अरु कुनै उपाय छैन मसँग । उपचारको लागि मेरो आमाबुबाले पैसा जुटाउन सक्नु हुन्न ? गरिब परिवारमा जन्मनु र ठूलो रोग लाग्नु जस्तो ठूलो दूर्भाग्य अरु केही रहेनछ।

मृत्युसँग लडेर बसिरहेको छु , अझै पनि बाँच्ने रहर जिवीतै छ तर ….. । सुनेको छु राज्यले म जस्ता विपन्न र गरिबीमा जन्मेका नागरिकको लागि केही सहयोग गर्छ भन्ने ।

त्यसैले माननीय स्वास्थ्यमन्त्री ज्यू मेरो ठूलो आशा छ यो पत्र पढ्नु हुन्छ र मृत्यु शैयामा छट्पटाइरहेकी म गरिब भएर पनि बाँच्ने सपना बोकेकी अभागिको बाँच्ने रहर पूरा गरिदिनुहुन्छ ।
साभार - फेसबुक पेज गौरादहका हामी नेपाली बाट




स्वस्थ रहनका लागि खाने सही तरिका
प्रणिती सिंह २०७३ कार्तिक २८ आइतबार प्रकाशित


केही वर्षयता शहरी क्षेत्रका बासिन्दाको शारीरिक परिश्रम कम हुँदै गएको छ । पेपरवर्क र टेवलवर्कमा व्यस्त हुने तथा दौडधुप र परिश्रम गर्न समय अभाव हुने समस्या हरेकले सामना गरिरहेका छन् । दैनिक रुपमा शारीरिक  परिश्रम पनि गर्नुपर्छ र यसले शरीर स्वस्थ बनाउँछ भन्ने चेतनाको पनि अभाव छ ।

अर्कोतर्फ हाम्रो खाना खाने बानीमा पनि समस्या छ । हामी बिहान एकैपटक धेरै खान्छौं । दिनभर केही खाँदैनौ । खाजाको रुपमा मोमो, चाउमिन लगायतका परिकार धेरै खान्छौंं र फेरि घर पुगेर साँझ भारी परिमाणमा खान्छौंं । एकैपटक खाना खाने र बीचमा लामो समय भोकै रहने बानीले हाम्रो शरीरमा बोसोपन बढ्ने र मोटाउने हुन्छ । योसँगै हिड्ने, डुल्ने, दौडने तथा पसिना आउने काम गर्ने बानी निकै कम भइसकेको छ । केही टाढा जानु छ भने कि हामी ट्याक्सीमा जान्छांैं, नभए आफनै गाडी हुन्छ या बाइकमा हिड्छौंं । एक\डेढ घण्टा हिँडेर जाने चलन हराईसकेको छ । मोटोपनका केही कारण यिनै हुन् ।
स्वस्थ्य जीवनशैलीका लागि स्वस्थकर खाना खाने र खाने तौरतरिका सुधार गर्नु आवश्यक हुन्छ । हाम्रो शरीरको मागअनुसार उर्जा प्रवाह गर्न र त्यसलाई नियमितता दिन खाने आदत सुधार्नु नै सबैभन्दा राम्रो उपाय हो । अहिले हामीले एकैपटक धेरै खाने र लामो समय भोकै बस्ने बानी  परिवर्तन गर्नु आवश्यक छ ।

विहान उठ्नासाथ कतिपयले नास्ता खाने गर्छन् भने कतिपयले सबेरै भात,, दाल र तरकारी सहितको खाना खान्छन् । हाम्रो थालमा रहने भात, दाल र तरकारीको मात्रा घटाउनै पर्छ । एकैपटक दुई थाल भात खाएर मात्रै हँुदैन । थोरै खाने अनि त्यसको २÷३ घण्टामै फेरि केही खाने गर्न सकिन्छ । २\३ घण्टाको फरकमा एउटा फलफूल खाने अनि फेरि स्न्याक्स लिने गर्न सकिन्छ ।

बीच–बीचकोे अवधिमा दही, मोही लगायतका खानेकुरा खानु उपयुक्त हुन्छ । अनि रातीको खाना अति नै थोरै खानुपर्छ । तीनपटक मात्रै हेभी रुपमा खाना खानुको साटो ४\५ पटक थोरै–थोरै खानेकुरा लिएमा सजिलो हुन्छ । ५ देखि ६ पटकसम्म थोरैथोरै रुपमा खानाखाने आदत गर्ने हो भने मोटोपना सुधार गर्न सकिन्छ ।

तीनपटक मात्रै हेभी रुपमा खाना खानुको साटो ४\५ पटक थोरै–थोरै खानेकुरा लिएमा सजिलो हुन्छ । ५ देखि ६ पटकसम्म थोरैथोरै रुपमा खानाखाने आदत गर्ने हो भने मोटोपना सुधार गर्न सकिन्छ ।
एकपटक धेरै खाने, अनि लामो समयसम्म भोकै रहने बानीका कारण हामी नेपालीहरुमा ग्यास्ट्राइटिसको समस्या विकराल बन्दै गएको छ । कतिसम्म भने हरेक दुईजनामा एकजना ग्यास्ट्राईटिसको समस्या भएको मानिस फेला परिरहेका छन् । खानाखाने समयको व्यवस्थापन नहँुदा नै ग्यास्ट्राइटिसको समस्या बढी देखिएको छ । चिल्लो, पिरो, अमिलो लगायतका खानेकुरा हामीले बढी रुचाउने भएकाले पनि पेटससम्बन्धी रोग देखिएको हो ।

एकैपटक धेरै खाने, अनि लामो समय भोकै बस्ने बानीले स्वास्थ्यमा केही गम्भीर समस्या देखा पर्छन् । एकैपटक खाएको खाना पचेपछि लामो समय पेट खाली हुँदा आमासयमा जम्मा हुने रसहरु खानासँग घुल्न पाउँदैनन् र ग्याष्ट्राईटिस देखा पर्न थाल्छ । एकैपटक धेरै खाना खाँदा शरीरले ग्रहण गर्न सक्दैन र त्यसले बोसोपना बढाउन मद्यत गर्छ ।

हामीले खाएको भारी परिमाणको खाना शरिरले एकैपटक ग्रहण नगर्ने हुनाले उसले भण्डारणका लागि बोसो बनाउन थाल्छ फलस्वरुप मोटाउने समस्या देखा पर्छ । थोरै–थोरै खाँदा त्यसलाई शरीरले ग्रहण गर्ने र पचाउने क्षमता बढ्दै जान्छ र खानाको शक्ति बोसोको रुपमा भण्डारण गर्ने अवस्था नै आँउदैन । क्यालोरी बर्न भएपछि शरीरले अतिरिक्त उर्जा भण्डारण गर्न पर्दैन ।

हामीले खाने खाने र त्यसमा हुने परिमाण निकै बढी छन्, विहानको खाना होस् या खाजा अनि बेलुकीको खाना । हामीले आवश्यकभन्दा बढी परिमाणमा खाएका हुन्छौं । मेरो सुझाव फरक छ । विहान ८ देखि १० बजेको बीचमा हामीले खाना खान्छौंं । दिँउसो १२, साढे १२ को हाराहारीमा एउटा फलफूल खान सकिन्छ । २\३ को विचमा हल्का स्क्याक्स खान सकिन्छ । साढे ५\६ बजेतिर फेरी एउटा फलफूल खाएर केही घण्टाको फरकमा रातीको खाना लिनुपर्छ ।

राती हामीले आवश्यकभन्दा बढी परिमाणमा खाना लिने चलन छ, जुन ठीक उल्टो हो । किनभने हाम्रो शरीरले रातीमा आराम गर्छ र हामीलाई कम उर्जा आवश्यक पर्छ । राती खाना र सुत्ने समयबीच ३÷४ घण्टाको फरक हुनु आवश्यक छ । यसले गर्दा बेलुकी खाएको खाना पच्ने समय पर्याप्त हुन्छ । हाम्रो शरीरले खाना खाएपछि पचाउन समय लाग्छ । ढिलो खाने र त्यसलगत्तै सुत्ने बानीले मोटोपन बढ्छ । बेलुकीको खाना खाएपछि सम्भव हुन्छ भने हिँड्दा खाना पचाउन मद्यत गर्छ ।

दिँउसो १२, साढे १२ को हाराहारीमा एउटा फलफूल खान सकिन्छ । २\३ को विचमा हल्का स्क्याक्स खान सकिन्छ । साढे ५\६ बजेतिर फेरी एउटा फलफूल खाएर केही घण्टाको फरकमा रातीको खाना लिनुपर्छ ।

हामी मुख्य खानाको रुपमा भातमै निर्भर छौं । भात खानु समस्या होइन, तर हामी कति परिमाणमा खाइरहेका छौं, त्यो महत्वपूर्ण हो । हामीले कति खाने भनेर परिमाण सिफारिस गर्न कठिन हुन्छ । त्यो किनपनि फरक पर्छ भने उमेर, शारीरिकक अवस्था, उसको परिश्रम लगायतका विषयमा फरक पर्छ । भात पनि कस्तो प्रकारको हुन्छ, कसरी पकाइएको छ आदि कुराले पनि खानाको परिमाण र आवश्यकता निर्भर हुन्छ ।

हाम्रो शरीरको तौल भनेकै पेटमा हुन्छ । पेट ठूलो भएका कारण आवश्यकताभन्दा बढी तौल भएर हामी पीडित भएका हुन्छौंं । हाम्रो शरीरले लिएको खाना पचाउने र त्यसैअनुसार खपत भएर स्टोर हुने परिस्थिति रोकिएमा तौलको परिमाण पेटमा मात्रै केन्द्रित नभएर अन्यत्र पनि वितरण हुन्छ ।

हाम्रो शारीरिक परिश्रम कम हुँदै गएको छ । हामीलाई समय निकाल्न निकै गाह्रो भएको छ । तर स्वास्थ्यमा ध्यान दिने र निरोगी बन्न चाहने हो भने जसरी पनि समय निकाल्नै पर्छ । दैनिक ३० मिनेट र साताको ५ दिन नियमित कसरत गर्नैपर्छ । तर त्यसमा पनि उमेर, स्वभाव र दैनिक जीवनयापनको विषयमा भर पर्ने कुरा हुन् । तर सामान्य रुपमा पनि दैनिक आधा घण्टा त हिँड्नै पर्छ ।

खानाका क्रममा ओखर, बदामजस्ता खानेकुरा उपयोगी हुन्छन् । तर जंकफुड भने कुनै हालतमा उपयुक्त हुँदैन । कतिपयलाई जंकफुड अनिवार्य नै हुन्छ, नखाउँ भनेपनि व्यवहारिक रुपमा सम्भव हुँदैन । तर त्यसलाई हरेकदिन नियमित रुपमा प्रयोग नगरेर कहिलेकाँही मात्रै प्रयोग गर्दा हुन्छ । मैदायुक्त खानेकुरा भने नखान नै सुझाव दिने गरेकी छु ।

काठमाडौंं लगायतका शहरी क्षेत्रमा मोटोपन बढ्नुको प्रमुख कारण खानाका साथै जीवनशैली पनि हो । जीवनशैलीमा खाना नै मुख्य रुपमा जोडिन्छ, किनभने हामीले शारीरिक परिश्रम नै गर्न छाडिसकेका छौं । हामी टन्न खान्छौं, रेष्टुरेन्ट जान्छौं, हिड्डुल गर्दैनांैं । यी सबै कारणले मोटोपन बढेको हो । खानाले मोटोपन घटाउन ज्यादा भूमिका खेल्छ । तर म त्यो सुझाव दिँदिन किनभने खानाका साथै केही शारीरिक परिश्रम गर्ने हो भने मोटोपन नियन्त्रणमा लिन सहज हुन्छ ।

हामी टन्न खान्छौं, रेष्टुरेन्ट जान्छौं, हिड्डुल गर्दैनांैं । यी सबै कारणले मोटोपन बढेको हो । खानाले मोटोपन घटाउन ज्यादा भूमिका खेल्छ । तर म त्यो सुझाव दिँदिन किनभने खानाका साथै केही शारीरिक परिश्रम गर्ने हो भने मोटोपन नियन्त्रणमा लिन सहज हुन्छ ।

ब्रत बस्ने बानी राम्रो हो । तर डाईटिङवारेको नेपाली बुझाई गलत छ । डाईटिङ गरेर तौल घटाउन चाहने धेरै विरामी मकहाँ सल्लाहका लागि आउने गर्छन । उहाँहरुले खाइरहेका ेभन्दा बढी खानाको परिमाण हुनेगरी सुझाव दिएपनि तौल घटाएका उदाहरणहरु छन् । किनभने उपयुक्त समय तालिकामा उपयुक्त खाना खाएमा मोटोपना नियन्त्रण हुन्छ । खाना नखाएर मात्रै तौल बढ्ने होइन । खाना नखाएमा कतिपय अवस्थामा शरीरले खानाको पोषण सञ्चय गरेर राख्छ र मोटोपना झनै बढ्ने हुनसक्छ ।
मकहाँ आउने बिरामीहरुले प्रायः १÷२ लिटरमात्रै पानी खाएको बताउँछन् । तर कम्तिमा २÷३ लिटर खानुपर्छ । एकैपटक धेरै खानुभन्दा पटक\पटक खानु राम्रो हुन्छ । तर बाहिर हिड्ने, दौडने र कोठाभित्रै बसेर काम गर्ने व्यक्ति अनुसार पानीको आवश्यकता फरक फरक हुन्छ ।

खाने क्रममा टिभी हेर्ने, मोवाईल खेलाउने चलन पनि छ । यसले गर्दा एक त होस नपाएर आवश्यकताभन्दा ज्यादा खाइन्छ । मैले खाएँ मलाई पुग्यो भन्ने महसुस हुनुपर्छ । आरामका साथ शान्त भएर खानु उचित हो । खानाखाने बेलामा ध्यान खानामै केन्द्रित हुनुपर्छ । खाने आदत सुधार गर्न सकेमा ग्याष्ट्राईटिस नियन्त्रण हुन्छ, मोटोपन घटछ भने खाएको कुरा पनि पच्न सहयोग हुन्छ ।
डाईटिसियन सिंह नर्भिक अस्पतालमा कार्यरत छिन् ।
  साभार www.swasthyakhabar.com बाट


Contact Form

Name

Email *

Message *

Powered by Blogger.