Latest Post

चितवन बासी  एक हौं ,आपसी सद्भाव ,मेलमिलाप र चितवन जिल्लामा सामाजिक परोपकारी कार्य गरौं  भन्ने उदेश्यले साईप्रसमा प्रथम ऐतिहासिक सम्मेलन सम्पन्न।


आज मिति 2016-12-04 को दिन साइप्रस को निकोसिया मा चितवन बासी  एक हौ ,आपसी सद्भाव ,मेलमिलाप र चितवन जिल्लामा सामाजिक परोपकारी कार्य गरौं  भन्ने उदेश्य ले मिति 2016-07-24 को दिन तदर्थ समिती को रुप मा निर्माण भएको चितवन सेवा समाज साइप्रस को श्रीमति जस माया पुन मगर को अध्यक्षता मा सल्लाहकार सहित १९ सदस्यीय कार्यसमिति को चयन गरि प्रथम एतिहासिक सम्मेलन सम्पन्न गरियो ।


        हाम्रो यस कार्यक्रम मा प्रमुख अतिथी NRNA का ICC प्रतिनिधि रन्जित कुमार महत्तो ज्यु ;NRNA  का अध्यक्ष सुवास मल्ल;ज्यु ;NRNA का उपाध्यक्ष  बिरेन पुन ज्यु ;NRNA का महासचिब सन्तोस बडाल ज्यु; NRNA का युबा प्रतिनिधि योवाङ घले ज्यु;  शेर्पा किधुङ साइप्रस कि अध्यक्ष नमु शेर्पा ;तामाङ घेदुङ साइप्रस कि महासचिब  माया लोप्चन   ;संघीय समाज साइप्रस कि आङ रिन्जी शेर्पा ; समाज सेबि सुरेस परियार का साथै अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो। हामीलाई   चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समिती नेपालका केन्द्रीय अध्यक्ष मुक्ति प्रसाद अधिकारी ज्यु  , चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समिती का वरिष्ठ सल्लाहकार सोम नाथ साप्कोटा ज्यु ; प्रबास संयोजक समीर के सि  ज्यु ,साथै बिस्वभर छरिएर रहेका चितवन समाजका संघ -संस्थाहरु लगायतले शुभकामना दिनुभएको थियो।उहाहरु को ब्यस्तता को बाबजुद पनि हामिलाइ सल्लाह सुझाव र समय दिएर हाम्रो कार्यक्रम लाई सफल बनाउन मदत पुर्याउनु भएकोमा उहाँहरु प्रती मुरि मुरि  धन्यवाद प्रकट गर्दछौ।   आज को अधिबेशन ले निम्न ब्याक्तीहरुलाई कार्यसमिती  मा चयन गरेको छौ।

  यश चितवन सेवा समाज साइप्रस को नयाँ कार्य समिति पदाधिकारी हरु को नामाबली यश प्रकार छन।

सल्लाहकारहरु=
1; सुवास मल्ल
2; कविता ढकाल
3; सुवास सुवेदी
4; वसन्त पाखृन
अध्यक्ष
1; जस माया पुन मगर
विशिष्ट उपाध्यक्ष
1; जयन्ती अधिकारी लामिछाने
प्रथम उपाध्यक्ष
1; लक्ष्मी रेग्मी अधिकारी
दितिय उपाध्यक्ष
1; सुनिता थापा
माहासचिब
1; दिपक पौडेल ( घायल )
सचिब
1; कल्पना बिस्ट
कोसाध्यक्ष
1; कबिता भण्डारी
केन्द्रिय सदस्यहरु=
1; कमला देबि सुनार
2; सीता थापा
3; धना गुरुङ ( चन्द्र तमु)
4; दिपक भण्डारी
5; खुसी कार्की
6; आसा राई
7; कल्पना थापा
8; साबित्रा थापा
      नोट =AKI GUYS  group ; अन्जु तामाङ ; रुबि थापा लगायत सम्पुर्ण लाई चितवन सेवा समाज को तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छौ।
                         -चितवन सेवा समाज साईप्रस

गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद, यूएईको हार्दिक अनुरोध !!

नेत्र थनेत, UAE
नेपाली कला सस्कृति ,प्रयटन एबम चलचित्र क्षेत्रको प्रबर्दन गर्नु यस संघको मुल मंत्र भित्र पर्न आउछ , गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद, यूएईमा स्थापना भए पस्चात हामीले यहाँका सम्बन्धित सरोकारका सरकारी सस्था ,नियोग एबम सामाजिक क्षेत्रमा कामगर्ने सम्पूर्ण सँग शहकार्य गर्दै आएको कुरा यहाँहरु सबैलाई बिदित नै छ | पछील्लो समयमा नेपाली चलचित्रले बिदेस बजारमा हात राखे सँगै मध्यपुर्वका बिभिन्न देशहरुमा चलचित्र बिकाससँग सम्बन्धीत कृयाकलापहरु हुने गरेका छन | यसै क्रममा युएइमा रहेको कन्सेप्ट भिजन फिल्म पोडक्सन तथा वितरक कम्पनिले नेपाली चलचित्र प्रविधि सङ्घको आयोजनामा आगामी २०१६ डिसेम्बर २३ गते युएईमा हुने नेफ्टा फिल्म अवार्र्डको नवौं संस्करणको आयोजना गर्दैछ र गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद, यूएई पनि यस आयोजक समितीको समन्वयको प्रमुख हिस्सा बनाउने कन्सेप्ट भिजन फिल्म पोडक्सन तथा वितरक कम्पनिलाई साधुबाद ब्यक्त गर्न चाहन्छौ साथै यस महान कार्यको हरेक स्थानमा तपाईं हामी सबैको आर्थिक , भौतिक एबम नैतीक सहयोगको अबस्यकतालाई मध्यनजर गर्दै युएइबासी सम्पूर्ण सामाजिक सस्थाका प्रमुख , नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उपस्थितीको लागि यस संघ हार्दिक अनुरोध गर्दछ |    

पुन: स्मरण गराउन चाहन्छौ, मिती २३ डिसेम्बर २०१६ का दिन अल नासर लिजरल्याण्डको आइस रिन्कमा नेपालका १२० जना भन्दा बढि फिल्मी हस्तिहरुको उपस्थिति रहने ऎतिहासिक कार्यक्रम, ९ औ नेफ्टा फिल्म अवार्ड्स २०१६ को टिकट सार्वजनिक भैसकेको छ । आउनु होस यस ऎतिहासिक पलको हिस्सा बनौ । टिकेट को लागि हामी लाई सम्झनु होला !

टिकटको लागि हामीलाइ सम्पर्क गर्न नभुल्नुहोला :

सुदिप कार्की- ०५० ७७९३३८६
रमेश श्रेष्ठ -०५० ३९८०४९९
गोपाल कंडेल -०५६ १०१७०३२
दिपक खड्का -०५६ ७२६५५५४
निर्मल कुमार पोखरेल -०५० ५६३२८३५
राजेन्द्र रोस्यारा -०५० ६७६०२३१
रेशम लामा -०५० ४०७५६६७
हरी खड्का -०५५ ३०४४२५७
नबिन पौडेल - ०५५ १४५४७६३ 

धन्यवाद !!

गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद, यूएई,

बल्ल हाम्रो मिसन सफल भयो। ५ दिन देखि नानीहरू बिधिवत रुपमा आमाको हाम्रो समाजमा छोराले गरिनुपर्ने सम्पुर्ण  कार्य गर्न बाटो खुल्यो ।                                    - बोम बहादुर कुँवर

भाउजुको ४ दिन सम्म नानीहरु तेहि गरिरहे ।अब तातो दुध थुक्नु न ओकल्नु भयो।४दिनको साझ सबै छिमेकी र पुज्दै आएका ब्राह्मण लाई जुटाई अब पनि यस्तै गराउने हो नानीहरूलाई भनेर छलफल भयो ।छलफल मा धेरै तर्क आए अन्त त पछि सहमति भयो र ५ दिन देखि नानीहरू बिधिवत रुपमा आमाको हाम्रो समाजमा छोराले गरिनुपर्ने सम्पुर्ण  कार्य गर्न बाटो खुल्यो ।बल्ल हाम्रो मिसन सफल भयो।

व्यापक प्रचारप्रसार :मङ्सिर ७ देखि यो खबर फेस्बुक मा मात्र सिमित रहेन।राष्ट्रिय र स्थानीय पत्रपत्रिका तथा अनलाइन खबर बाट झन ब्यापकता पायो। म यस्को श्रेय पत्रकारहरु बिशाल भट्टराई , दिपेन्द्र कुवर,प्रेम सुनार, जनार्दन घिमिरे ,घनश्याम गौतम ,उमेश चौहान, बिष्णु चापागाईं लगायतका सम्पुर्ण  मिडियालाई दिन चाहन्छु ।आर्थिक रकम संकलनका पात्रहरु: हाम्रो अभियानलाई साथ दिने अभियानकर्ताहरु

१.दुबई बाट किसोर के सि,                                   २.शान्तिदिप युवाक्लब पुर्कोटदह बाट खिम कुवर,राजकुमार थापा ,सुनिल थापा लगायत सम्पुर्ण क्लबपरिवार,     ३.जनप्रीय  क्लब पुर्कोटदहका कमल लम्साल ,बोम थापा , बाबुराम के सि लगायत सम्पुर्ण क्लबपरिवार,               ४.मदाने युवा क्लब बाझकटेरिका जयप्रकाश भुसाल र सम्पुर्ण क्लबपरिवार 

बिदेशी भुमि बाट :
५.अर्जुन के सि
६.दुर्गा घर्ती
७.प्रेम नेपाली
८.अशोक घर्ती
९.दक्षिण कोरिया बाट अशोक ,            रामचन्द्र खड्का
१०.नचिनिकन पनि फोनबाट सम्पर्क गरि रकम पठाउनुहुने सम्पुर्ण आमा-बुवा,दाजुभाइ ,दिदिबहिनी लगायत सबै-सबै नेपाली मनहरु।

निष्कर्ष :हिड्ने मान्छेलाई  ठेस लाग्छ भने झैँ आज यो अभियानको १४औ दिन पुगिसकेको छ।यश दौरानमा आफ्नो काम र नोकरीलाई थाती राखेर सहयोगमा हिड्ने अभियानकर्ता ज्यु, र सहयोगदतालाई विशेष धन्यवाद  दिन चाहन्छु । गर्दै जादा यस अभियानलाई अनावश्यक रुपमा भ्रम फैलाउने र ब्याक्तीको चरित्रहत्या गर्ने जस्ता दुस्साहस गरेकोमा यस्ता कुराको पछि नलाग्न हार्दिक अनुरोध गर्दछु। एति लामो समय सम्म मानवीय सहयोगमा लाग्नुभएकोमा म मुख्य अभियानकर्ताको तर्फबाट हार्दिक आभारका शब्द प्रकट गर्दै हजुरहरुले संकलन गरेको रकम २/३ दिन भित्रमा नगद वा बैंक मार्फत सम्बन्धित परिवारलाई पुर्याउन स-बिनय अनुरोध गर्दछु । सम्पर्कका लागि 9857067243

Contact Form

Name

Email *

Message *

Powered by Blogger.