Latest Post

वैवाहिक जिवनको ३औं बर्ष प्रवेशको सुखद अवसरमा  मानवसेवा आश्रम का बुवा आमालाई खाना खुवायर खुसी दिए यि जोडिले ।

हार्दिक बधाई तथा शुभकामना !!!
आज मिति २०७३/०८/२०गतेका दिन चितवन युवा समूह अन्तराष्ट्रिय समन्वय  समिती नेपालको आयोजनामा प्रवास संयोजक श्री समीर खत्री ज्यु मार्फत उहाँको  वैवाहिक जिवनको ३औ बर्ष प्रवेशको सुखद अवसरमा मानवसेवा आश्रममा एक छाकको  खाना खुवाउने कार्यक्रम सम्पन्न गरियो सो कार्यक्रममा चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समिती नेपालका अध्यक्ष श्री मुक्ति प्रसाद अधिकारी ज्यु, काेषाध्यक्ष श्रीमती सीता ढकाल ज्यु ,चितवन सेवा समाज साइप्रस कि सल्लाहकार श्रीमती कबिता ढकाल ज्यु लगायत  सस्थाकी कार्यलय सचीव इन्दिरा सिग्देल ज्युको उपस्तिथि रहेको थियो।उहाँको वैवाहिक जिवन अझै  सुखमय रहोस्, समाजिक परोपकारी मन लाई हार्दिक आभार प्रकट गर्दै बैबाहिक जिबनको तेस्रो बर्ष सुरुवातको पाबन अबसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपाल |


मानसिक रुपमा कसरी स्वस्थ बन्ने ?
स्वास्थ्य खबरपत्रिका २०७३ मङ्सिर २० सोमबार  प्रकाशित

-   अनावश्यक कुरामा बारम्बर एकोहोरो र गहिरो सोचाई नगर्ने ।
-  अर्काको उपलब्धिलाई सजिलै ग्रहण गर्ने र खुशी हुने ।
-   अवैज्ञानिक र पुराना रुढीवादीका कुरामा विश्वास नगर्ने ।
  -  हरेक काममा खुसी, सन्तुष्ट र सुखी बन्न सिक्ने ।
-  जे छ त्यसमा सन्तुष्ट हुने, तर मेहनत गर्न नछाड्ने ।
  -  लागू पदार्थ, रक्सी, ड्रग्स सेवन गर्दा मानसिक रोग लाग्ने सम्भावना धेरै रहने भएकोले यी वस्तुबाट टाढा रहने ।
-  दैनिक जीवनमा स्वस्थ्य प्रतिस्पर्धा गर्ने ।
- समाजमा, घर परिवारमा दुष्टताको वातावरण छ भने त्यसको अन्त्य गर्ने ।
  अति नैतिकवान नबन्ने र अरुबाट पनि त्यस्तो बढी आशा नगर्ने ।
आफ्ना समस्या आफ्नो परिवार, साथीभाइलाई भन्ने बानी गर्ने जसबाट मनको उत्तेजना (चिन्ता) कम गर्न सहयोग मिल्छ ।
    मनलाई सधै शान्त राख्ने ।
साभार www.swasthyakhabar.com बाट

Contact Form

Name

Email *

Message *

Powered by Blogger.