Latest Post

८५ वर्षिय आमाको उद्धार-सर्वोत्कृष्ट जीवन:शाश्वत चिन्तन(साँचो जीवननिर्माण अभियान) द्वारा संचालित मानवसेवा आश्रम,ललितपुर ले आज राती ९:३० बजे प्रहरी परिसर जाउलखेलको सहयोगमा  नैनकला दाहाल नाम गरेकी  अन्दाजी ८५ बर्षिय सडकमा अलपत्र अवश्थामा रहनुभएकि  आमाको उद्दार गरिएको छ । थप जानकारीको लागि मो.नं. ९८५५०७६००५ र ९८५१०९५४७९

-मानबसेवा आश्रम ललितपुर


बालबालिका र बिद्यालय क्षेत्र शान्ति क्षेत्र हुन ।
पछिल्लो पटक नेपालमा भईराखेको बिभिन्न आन्दोलन , बिरोध र बन्द लगायतका घटनाहरुका सन्दर्भमा हाम्रो ध्यान आकृष्ट भएको छ । बिभिन्न माध्यमबाट आफ्नो माग राख्नु,बिरोध गर्न पाउनु मानब अधिकारको सर्बमान्य सिद्धान्त भएता पनि आफनो अधिकार सँरक्षण र सँबद्र्धन गर्नको लागि अरुको मानब अधिकार भने हनन गर्न पाईने छैन । बालबालिकाहरुले शान्तिपुर्ण रुपमा पढ्न तथा स्वास्थ्य उपचार पाउने लगायतका अधिकारको उल्लँघन हुने गरि बन्द,हड्ताल गराउने कार्यलाई कुनै पनि बहानामा औचित्यपुर्ण मान्न सकिदैँन । बाल अधिकार सम्बन्धि अन्तर्राष्ट्रिय मान्यता, नेपालको सँबिधान २०७२, बिधालय शान्ति क्षेत्र कार्यान्वयन निर्देशिका २०६८,बालबालिका सम्बन्धी ऐन,बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति र कार्यान्वयन कार्यबिधिका मर्म बिपरित हुनेगरि बिधालय बन्द गर्ने,बिधालयका सवारी साधनलाई अबरोध गर्ने, स्वास्थ्य सेवा बन्द गर्ने , बिरोध गतिबिधिमा बालबालिकालाई प्रयोग गर्ने जस्ता क्रियाकलापहरुबाट बालबालिकाको अधिकार कुण्ठित हुने कुरा अनुरोध गर्दछु । बाल अधिकारको सर्बमान्य सिद्धान्त हो र यसलाई नेपालको सँबिधानले समेत अगिँकार गरेको छ । बालबालिकाको सँरक्षण गर्नु हामी सबैको जिम्मेवार र दायित्व हो ।
दिपक शर्मा
महासचिब
जागृति बाल तथा युवा सरोकार नेपाल
९८५७०४१३०४

‘दोबाटे’ ले सय भाग पुरा गर्यो
मोरङ, ३ मंसिर
     मोरङको पथरीशनिश्चरेमा निर्माण भएको हाँस्यटेलिश्रृंखला ‘दोबाटे ले आफ्नो प्रसारणको सय भाग पुरा गरेको छ ।
      एनपीएल मिडिया प्रालिले हिमशिखर टेलिभिजनमा प्रत्येक विहिवार राती ८ः३० बजेदेखि प्रसारण हुँदै आएको दोबाटेले आफ्नो २ वर्षको यात्रा पुरा गरेकोमा दर्शक, कलाकार, विज्ञापनदाता, सहयोगी, शुभेच्छुक, सञ्चारमाध्यम सहित सम्पूर्ण पक्षलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ ।
      सय भागको अवसरमा नेपालका प्रसिद्ध नायक राजेश हमाल, विशिष्ट लोकगायक एलपी जोशी, हाँस्यकलाकार जितु नेपाल, दीपाश्री निरौला सहितका ख्यातिप्राप्त कलाकारहरुका साथै विदेशमा रहेका नेपालीहरुले समेत दोबाटेको निरन्तर यात्राको शुभकामना व्यक्त गरेका छन् ।
सीमित साधन र स्रोतका बाबजुद ग्रामिण क्षेत्रबाट निरन्तर १ सय भागसम्म टेलिश्रृंखला प्रसारण हुनु पूर्वका लागि ऐतिहासिक काम भएको दर्शकको प्रतिक्रिया छ ।
दोबाटे समूहले विराटनगर, इटहरी, सुन्दरदुलारी, पथरीशनिश्चरे, उर्लाबारी, दमक क्षेत्रका दर्शकहरुसँग सल्लाह, सुझाव सहितको प्रतिक्रिया लिएर सय भागको कार्यक्रममा समावेश गरेको छ । प्रतिक्रिया दिने दर्शकलाई ‘दोबाटे’ लेखेको टीसर्ट उपहार प्रदान गरेको छ ।
(जानकारी इस्वर दुलाल बाट)

Contact Form

Name

Email *

Message *

Powered by Blogger.