Latest Post

झापाकी सुजताकाे जीवन बचाउन जुटे प्रमाेद खरेल, मनाेज गजुरेल र विश्वप्रकाश शर्मा एकसाथ
2016/12/10, 

काठमाण्डौं । पछिल्लो समय सामाजिक कार्यमा सक्रिय देखिएका गायक खरेल यतिवेला एप्लास्टिक एनिमियाबाट पीडित बनेकी झापा पृथ्वीनगरकी सुजाता सुवेदीको जीवन रक्षाका लागि सहयोग जुटाउने अभियानमा जुटेका छन् ।

उनीसँगै हास्यकलाकार मनोज गजुरेल र नेपाली कांग्रेसका युवा नेता विश्व प्रकाश शर्मा पनि सहयोग जुटाउन व्यस्त छन् ।

२२ वर्षिया सुजाता सुवेदी यतिबेला काठमाडौं, बानेश्वरको सिभिल अस्पतालको शैयामा छट्पटाइरहेको र उनलाई सक्दो सहयोग गर्न उनीहरुले आफ्ना फ्यानलाई सामाजिक संजाल फेसबुकमार्फत पनि आग्रह गरिरहेका छन् ।

‘बानेश्वरको गेष्ट हाउसमा बसेर सुजाताको उपचार गराइरहेका छौं, हप्तामा दुई–तीनपल्ट रगत दिइरहनुपर्छ उसलाई,’ सुजाताका बुबा राजकुमार सुवेदीले भावुक हुँदै भने, ‘चिकित्सकको भनाई अनुसार २५ लाख रुपैयाँजति खर्च हुने देखिन्छ । गरिब मान्छे त्यत्रो पैसा कहाँबाट ल्याउँने । कलाकारहरुको अभियानले आशा देखाएको छ ।’

सुजातालाई सहयोग गर्न चाहनेले उनको बुबा राजकुमार सुवेदीको नाममा रहेको एनआइसी बैंकको खाता नम्बरः ४९५४४९२३३७५२४००१ सहयोग गर्न सक्ने गायक खरेलले बताएका छन् ।
साभार : www.khabarmanch.com बाट (धन्यबाद:सृजना घिमिरे)

ममता बचाउ अभियानमा ।सहयोग को निम्ति हार्दिक अपिल

दुबै मृगौलाले काम गर्न छोडेपछी पत्नी ममता लाई  उपचारका लागि काठमाडौ  लगेका पत्रकार कर्ण बोहराको १५ दिन अघि असामयिक  मृत्यु भएपछी उनकी रोगी पत्नी ,वृद्ध  आमा, र उनको सहारामा पढिरहेका उनका स्वर्गबासी दाजु भाउजुका ४ छोरा छोरीको समेत अहिले बिचल्ली भएको छ ।
अहिले कैलालीमा ममता बचाउ अभियान  समेत सुरु भै सकेको र झन्डै  २ लाख रकम समेत संकलन  भएको छ।त्यति मात्रैले ममताको जीवन  बचाउन नसकिने भएको हुँदा  मानबिय सहयोग  गरि ममता बोहराको जीवन बचाउ अभियानमा यथा सक्य सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
हाम्रो सानो सानो सहयोग ले ममताको जीवन बचाउन सकिन्छ भने आउनुस बाके बाट पनि हामी सहयोग गरौ।।।
बाके बाट  ममता बचाउ अभियान सहयोगी
रिचा लुइँटेल 9848260767
उमा थापामगर  9858022076
- जानकारी रिचा लुइँटेल बाट

आर्थिक अभाबका कारण संसार देख्न बन्चित शंखबिर छाँया श्रेस्ठ को सहयोगमा शल्यक्रिया पछि संसार देख्ने  भएका छन,उनी भन्छन  "अब गएर गाउँमा हलो जोतेर भएपनि पेटभरी खान सक्छु"

तस्विरको बीचमा देखिएका शंखबीर चेपाङलाई केही दिन अधि काउले यात्राको क्रममा केन्द्रका अध्यक्ष केपिकिरण शर्माले भेटेका थिए । भेटमा शंखबीरले गुनासो गरे । आँखा देख्न सकिन,उपचार गराउने पैसा छैन । दृष्टिविहीन बन्नु पर्दा जीवन कष्टकर भयो । छोरा जन्मिएनन,भएकी एउटी छोरी पराई घर गई । आँखा नदेख्दा काम गरेर खान सकिएन । उनको कारुणीक बेदनाले जो कसैको मन कटकै काटिन्थ्यो । अध्यक्ष शर्माले उनलाई रत्ननगरमा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्र सम्म झा¥यो । र आदरणीय व्यक्तित्व सहृदयी मनकी धनी ममताकी खानी परोपकारी छाँया श्रेष्ठको सल्लाहामा तीन दिन अधि भरतपुरमा रहेको आँखा अस्पताल लगियो । शल्यक्रिया पछि शंखबीर संसार देख्ने भएका छन । अब गएर गाउँमा हलो जोतेर भएपनि पेटभरी खान सक्छु भन्ने हिम्मतका साथ आज विहान हामीसंग विदा हुनु अधि हर्ष व्यक्त गर्दै आभारी भए । हामी सम्पूर्ण चेपाङ समुदायको तर्फबाट छाँया श्रेष्ठ प्रति हार्दिक आभार प्रकट गर्न चाहान्छौं । जसले आर्थिक अभावमा संसार देख्नबाट बन्चित थिए । तिनीहरुको आर्शिवाद पक्कै पनि छाँया श्रेष्ठ जस्तै मनकारीहरुलाई लाग्ने छ । हामी अभारी छौ जस्को अनुकाम्पाले निसुल्क सल्यकृया सम्पन्न भयो , भरतपुर आँखा आस्पताल र वरिष्ट मेडिकल डाइरेक्टर डा.रधु नन्दन वेन्जो प्रती..।।
- चेपाङ केन्द्र,चितवन

Contact Form

Name

Email *

Message *

Powered by Blogger.