Latest Post

मनवसेवा आश्रम काठमाडौंमा  सेवा लिइरहेका लक्ष्मीनारायणहरुको लागि भोजनसेवा
माघ १७, ३०७३
लायन्स क्लव अफ काठमाडौं परोपकारका डाइरेक्टर आदरणीय परापकारी एवं मनकारी दाजु टेकेन्द्र मल्ल ठकुरीज्यूले मानवसेवा आश्रम काठमाडौंमा सेवा लिइरहनुभएका लक्ष्मीनारायणहरुको लागि विहानको भोजनसेवा गराउनुभएको छ ।
आदरणीय विभिन्न कारणहरुबाट सडकपेटीहरुमा अत्यन्त कष्टकर जीवनयापन गर्न विवश सहयोगापेक्षी मानवहरुको सेवा गर्ने अभीष्टका साथ सर्वोत्कृष्ट जीवन ः शाश्वत चिन्तनद्वारा सञ्चालित मानवसेवा आश्रम काठमाडौं शाखामा रहेका लक्ष्मीनारायणहरुको लागि भोजनसेवा गराउनुभएको हो ।
कार्यत्रमममा लायन्स क्लव अफ काठमाडौं परोपकारका अध्यक्ष आदरणीय पार्वती खरेल पाण्डेज्यू, साथी शोभा श्रेष्ठज्यू, जोन गुरुङ्गज्यू, भाई विनोद शाह, आयूष मल्ल ठकूरीज्यू, राजु महर्जनज्यू, लायन्स क्लव अफ काठमाडौंका आदरणीय अञ्जु उप्रेतीज्यू, आरती श्रेष्ठज्यू, चोला प्रसाद पाण्डेज्यू लगाएत सम्पुर्ण लायन्स परिवार एवं आदरणीय मनकारी परोपकारी टेकेन्द्र मल्ल ठकुरीज्यूको सु–स्वास्थ्य, दिर्घायू एवं उत्तरोत्तर प्रगतीको शुभ भावना व्यक्त गर्दछौंं ।

सबैतिरबाट अहिले सम्म हामीलाई ७ लाख प्राप्त भएको छ, अझै २३ लाखको खाँचो रहेको हुँदा सहयोगी मनहरुलाई  हार्दिक अपिल गर्न चाहन्छौ।                                             

बिपन्न दृष्टृबिहिन मण्डल परिवारलाई                                   ३ वटा यस्ता घरमा राख्ने हाम्रो सपना!                             जुट्दै छन सहयोगी मनहरु,                                         अवश्य उठ्नेछन यि घरहरु।।

-कुमार कट्टेल (जिग्री)

यस्तो पो बन्ने भयो त दृष्टिबिहिन मण्डल परिवार को लागि बस्ने बास।कृपया सहयोग गर्नुहोला ।                                   - अर्जुन घिमिरे (पाँडे)तपाईहरु सबैको साथ र सहयोगले दृष्टिबिहिन मण्डल परीवारहरुको लागि निर्माण हुन लागेको ३ घरको डिजाइन यही हो | मलाई त एकदम राम्रो लग्यो | तपाईहरुलाई कस्तो लग्यो ?                                                                          - रमेश प्रसाद शाह।

जिग्री पाडे र युवा सामाजिक अभियान्ता रमेशप्रसाद शाहज्युको सम्युक्त पहल र सप्तरी युथ नेपालको सयोजन मा "जिग्री पाडे प्रतिष्ठान नेपाल" ले सप्तरी गम्हरियाकादृष्टिबिहिन मण्डल परिवारको लागि ३ ओटा अपाङ्गमैत्री , बाल मैतृर धुवारहित घर बनाउने अभियान सन्चालन गरेको हुँदा यो पबित्र कार्यमा सबैलाई सकेको सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौसहयोगको लागि ९८४१०२६२६६
ईश्वरलाई चडाउने भनेको भावना हो
सहयोग गर्ने भनेको गरीब असक्त र असाहयलाई हो
- जिग्री पाँडे प्रतिस्ठान नेपाल

Contact Form

Name

Email *

Message *

Powered by Blogger.