Latest Post

ममतामही आमाको जन्म दिनको पावन अवसरमा ५ जाना छोराहरूले संयुक्त रूपमा मानवसेवा आश्रमको अक्षयकोषको श्रीवृद्दीको लागि (एक लाख पच्चिस हजार) स-प्रेम अर्पण !
...........................................................
१९ माघ,२०७३ - बुधबार @ मानवसेवा आश्रम - भरतपुर - १०, वाईपासरोड
फोन : ०५६ - ५२५८९४,९८५५०७६००३,९८५५०८१८९९

भरतपुर - ३ ईन्द्रदेव मार्ग, नारायणगढ निवासी ममतामही आमा कृष्ण कुमारी पियाज्यूको जन्म दिनको पावन अवसरमा पाँच भाई छोराहरू (श्री राम चन्द्र पियाज्यू, सुनिता पियाज्यू), (महेश्वर पियाज्यू, निरजा पियाज्यू), ( मुक्तिलाल पियाज्यू, सरला पियाज्यू), ( राजु पियाज्यू, अंन्जू पियाज्यू), ( कृष्णलाल पियाज्यू , समिर पियाज्यू ) ले संयुक्त रूपमा मानवसेवा आश्रमको अक्षयकोषको श्रीवृद्दीको लागि एक लाख पच्चिस हजार स-प्रेम अर्पण गर्नु भएको छ।
स-परिवारनै भरतपुर - १०, वाईपासरोड (भरतपुर आँखा अस्पताल नजिकै) स्थित मानवसेवा आश्रममा आई आफ्नो ममतामही आमाको ७७ औं जन्म दिनको खुसी मानवसेवा आश्रमका गरिमा लक्ष्मीनारायणहरू र बालगोपालहरूको साथमा आई बाँड्नु हुँदै मानवसेवा आश्रमको अक्षयकोषको श्रीवृद्दीको लागि एक लाख पच्चिस हजार) स-प्रेम अर्पण गर्नु हुँदै आगामी दिनहरूमा पनि मानवसेवा आश्रमको सेवा कार्यलाई तन मन र धनको त्रिवेणीबाट योगदान गरिरहने प्रतिबद्दता जनाउनु हुने सम्पूर्ण पिया परिवारलाई धेरैधेरै साधुवाद एंव आमा कृष्ण कुमारी पियाज्यूलाई जन्मदिनको पावन अवसरमा सुख,शान्ति,प्रगती, सु - स्वास्थ, दिर्घायूको हार्दीक मंगलमय शुभ - भावना!

अस्ट्रेलियामा रहेका छोराको दिर्घायूको कामना गर्दै छोराको जन्मदिनमा नेपालमा रहेकी आमाले गराइन  मानवसेवा आश्रममा भोजनसेवा ।
माघ १९, २०७३
..................................
अस्ट्रेलियामा रहेका छोरा श्री अनन्त बजगाईको जन्मोत्सवको सुखद अवसरमा छोराको दिर्घायू एवं उत्तरोत्तर प्रगतीको कामना गर्दै मिनभवन काठमाडौं निवासी आदरणीय परोपकारी एवं मनकारी श्री तारा बजगाईज्यूले  विहानको भोजनसेवा गराउनुभएको हो ।

मानवसेवा आश्रमले विगत २०६९ सालदेखि अव्यवस्थित सडकमानवमूक्त नेपाल हुँदै मानवीयताको राष्ट्र (Country Of Humanity) निर्माणको पवित्र तथा विशाल अभीष्ट लिएर मकवानपुरको हेटौंडाबाट मानवसेवा आश्रमको सुरुवात भई हाल राष्ट्रव्यपीरुपमा सेवाविस्तार तथा मानवीयता प्रवद्र्धनको लागि रचनात्मक कार्यहरु सञ्चालन गरिरहेको छ ।
छोराको जन्मदिनको खुशीयाली मानवसेवा आश्रमका लक्ष्मीनारायणहरुसँग साटासाट गर्नुहुने आदरणीय परोपकारी माता श्री तारा बजगाईज्यू एवं आमा अभियान नेपालका अध्यक्ष श्री हिरादेवी तिमल्सिनाज्यू एवं आमाहरु सरस्वती घिमिरेज्यू, कमला अधिकारीज्यू प्रती सादर नमन् एवं अस्ट्रेलियामा अध्यनरत आदरणीय अनन्त बजगाईज्यूको सुस्वास्थ्य दिर्घायू एवं उत्तरोत्तर प्रगतीको लागि शुभ–भावना ।
मानवसेवा आश्रमबारे थप जानकारीको लागि :
मुख्य कार्यालय : हेटौंडा, मकवानपुर – ०५७५२७३९४, ९८५५०७६००१, ९८५५०७६००२
शाखा कार्यालय : काठमाडौं, नेपाल –०१–४३५७५६३, ९८५५०७६००४

नेपालबाट टाढा हुदैमा के भयो र, हाम्रो मन त नेपालमै छ नि । बिश्वका जुनसुकै मुलुकमा गएर बसेपनि, जति नेपालबाट टाढा भईन्छ त्यतिनै नेपालको माया लाग्छ । धरान स्थाई घर भई हाल रोजगारीको लागी ओमान बस्नुहुने रीता किराँती सुनुवारले एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी धुर्मुस सुन्तली फाउण्डेसनलाई पठाउनु भएको १० हजार रुपैया सहयोग हामिले प्राप्त गरेका छौ । तपाईको यस सहयोग प्रति हामी निकै कृतज्ञ छौ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.