Latest Post

पौष २५ गते महोत्तरीको बर्दिबास स्थित एकिकृत नमुना मुसहर बस्तीको शिलान्यास कार्यक्रममा आउनु भएका वरिष्ठ कलाकार किरण केसी‘ रातlमकै’ले माघ २३ गतेमा फेरी बस्तीको निर्माण कार्यको अवलोकन गर्न आइपुग्दा उहाँले सोंच्नु भएको भन्दा धेरै काम सम्पन्न भएकोमा अच्चमित हुनुभयो । शिलान्यास गरेको घरको जग खोज्दै उहाँले बस्ती निर्माणको प्रगति देखेर प्रसन्न हुनुभयो । धुर्मुस सुन्तलीले बैंशाख १ गते बस्ती निर्माण गरेर हस्तान्तरण गर्ने घोषणा गरेपछि कलाकार केसीलाई शिलान्यास कार्यक्रममा प~यारै लlगेको थिएन । बस्तीको निर्माण  कार्यको स्पिड देखेर उहाँले बैशाख १ मा बस्ती हस्तान्तरण हुनेमा विश्वस्त हुनु भयो । बस्ती निर्माणको लागि सहयोग रकम संकलन गर्न हाल अष्टे«लियामा रहनु भएका सिताराम कट्टेल(धुर्मुस) र कुञ्जना घिमिरे(सुन्तली)लाई निर्माण स्थलबाटै भिडियो कल गर्नुभयो । उहाँले  कामको प्रगतिबाट आफू अत्यन्त हर्षित भएको बताउँदै धुर्मुस सुन्तलीले गरेको यस महान कार्यका लागि बधाई तथा शुभकामना व्यक्त गर्नु भयो । कलाकार किरण केसीसंगै जनता बैंकका संचालक तथा व्यवस्थापकले पनि बस्तीको अवलोकन गर्नु भयो । उहाँहरु बस्ती निर्माण स्थलमा आएर हामीलाई दिनु भएको मायाले हामी उत्साहित भएका छौं ।


नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

जब नेपाली एकजुट हुन्छन्, अनि कुनै पनि कुरा असम्भव हुदैन् । फिनल्याण्ड बाट Gavin Kshetriजीले रु ५१०० र दुबईबाट Hari Khadkaजीले रु ५००० दृष्टिबिहिन परीवारको घर निर्माणमा सहयोग गर्नु भएकोमा उहांहरुको यस सहयोग प्रति हामि निकै नतमष्तक छौं ।                        -रमेश प्रसाद शाह 

जिग्री पाडे र युवा सामाजिक अभियान्ता रमेशप्रसाद शाहज्युको सम्युक्त पहल र सप्तरी युथ नेपालको सयोजन मा "जिग्री पाडे प्रतिष्ठान नेपाल" ले सप्तरी गम्हरियाकादृष्टिबिहिन मण्डल परिवारको लागि ३ ओटा अपाङ्गमैत्री , बाल मैतृर धुवारहित घर बनाउने अभियान सन्चालन गरेको हुँदा यो पबित्र कार्यमा सबैलाई सकेको सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौसहयोगको लागि ९८४१०२६२६६
ईश्वरलाई चडाउने भनेको भावना हो
सहयोग गर्ने भनेको गरीब असक्त र असाहयलाई हो
- जिग्री पाँडे प्रतिस्ठान नेपाल

तनहु कामठमाडौं सम्पर्क मञ्चद्वारा मानवसेवा आश्रम काठमाडौंमा नगद, कपडा तथा भोजनसेवा
माघ २२, २०७३
मानवसेवा आश्रम काठमाडौं
सडककिनाराहरुमा अत्यन्त कष्टकर जीवनयापन गरिरहेका सहयोगापेक्षी मानवहरुको उद्दार, उपचार, पालनपोषण एवं पारिवारीक पुनर्मिन गराउँदै आइरहेका मानवसेवा आश्रम काठमाडौं शाखामा तनहु काठमाडौं सम्पर्क मञ्चले विहानको भोजनसेवा एवं कपडा (जकेट वितरण) कार्यक्रम सम्पन्न गरेको छ ।
नेकपा एमाले स्थाई कमिटी सस्दस्य एवं पुर्व स्थानिय विकास मन्त्री अमृत कुमार बोहोराज्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहयोग हस्तान्तरण एवं भोजनसेवा कार्यक्रममा मानवसेवा आश्रमका प्रमुख संरक्षक डा.श्री गोविन्द टण्डनज्य,ू गण्डकी अञ्चल सम्पर्क मञ्चका अध्यक्ष कमल दानीज्य,  तनहु काठमाडौं सम्पर्क मञ्चका  अध्यक्ष राजकुमार श्रेष्ठज्य,  तनहु क्षेत्र नं. २ का अध्क्ष्य अभिमान शर्माज्य, नेपाल सुनचादी व्यवसायी महासंघका अध्यक्ष मन मोहन कुमार सुनारज्यू,  समाजसेवी बाबुराम रानाभाट, पतञ्जली योग समिती केन्द्रीय सदस्य ललितशंकर योगीजयू, लगाएत करिव २५ जना महानुभावहरुको उपस्थिती रहेको थियो ।
सहयोग हस्तान्तरण तथा भोजनसेवा कार्यक्रमका प्रमूख अतिथी नेकपा ऐमाले स्थाई कमिटी सदस्य एवं पुर्व स्थानिय विकास मन्त्री अमृत कुमार बोहोराज्यूले आफू संलग्न पार्टी र आफ्नो तर्फबाट मानवसेवा आश्रमको पवित्र उद्देश्य पुरा गर्न सकेको मेहनद गर्ने प्रतिवद्दता गर्नुभएको छ ।

मानवीय सेवामा समर्पित मानवसेवा आश्रममा सेवा लिइरहनुभएका लक्ष्मीनारायणहरुको लागि विहानको भोजनसेवा, जकेट एवं नगद रु. १३२०५ सहयोग गर्नुहुने सम्पुर्ण परोपकारी मनहरुप्रती सम्पुर्ण मानवसेवा आश्रम परिवारको तर्फबाट हार्दिक आभार तथा सन्वयकारी भूमिका निर्भाह गरिदीनुहुने आदरणीय कृष्ण गजमेर सरप्रति हार्दिक नमन् ।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.