कोरीया बसोबास गरिरहनु भएका आयुष बिक्रम मल्ल र सिमा शाहीले मुसहर बस्ती निर्माणका लागी सहयोग
अभाव त त्यतिबेला हुन्छ, जतिबेला नेपाल बाहिर रहेर पनि नेपाली माया खोजिन्छ । त्यति नेपाली माया र नेािल प्रतिको सद्भावले हामीलाई देशको निर्मँणमा हातेमालो गर्न सुझाउछ । नेपाल स्थाई घर भई कोरीया बसोबास गरिरहनु भएका आयुष बिक्रम मल्ल र सिमा शाहीले एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी धुर्मुस सुन्तली फाउण्डेसनको कार्यालयमै आउनुभई २५ हजार रुपैया सहयोग गर्नुभएको छ । उहांहरुले दिनुभएको यस सहयोग प्रति हामी निकै खुसी छौ ।