Latest Post

जन सेवा गर्ने उदेश्यले विवेकशील नेपाली दल- ललितपुरले आज ललितपुर उप-महानगरपालिका १७ नं वडा कार्यलय भवन, लुंखुसी, त्यागलमा बिहान १० बजे देखि २ बजे सम्म  ‘नि:शुल्क स्वास्थ्य शिविर' आयोजना गरेको छ । उक्त कार्यक्रममा अनुभवी डाक्टरहरुद्वारा १५० जना भन्दा बढी नागरिकहरुको  पाठेघर जाँच र सामान्य स्वास्थ्य जाँच परिक्षण गरिएको छ।

"हाम्रै कालमा राष्ट्रलाई सम्बृद्ध बनाउनु छ र एक सम्बृद्ध राष्ट्रका निम्ति हरेक नागरिक स्वस्थ हुन अनिवार्य छ, त्यहि स्वस्थ नागरिक बनाउने अभियान हो यो" विवेकशील नेपाली दल- ललितपुर का जिल्ला अध्यक्ष तथा कार्यक्रम संयोजक मनन महर्जनले बताए। विवेकशील नेपाली दलले स्थापना देखी नै "बाचा कम काम बढि गर्छौ" भन्ने मान्यतामा अडिग रहँदै हरेक हप्ता नागरिकहरु सँग प्रत्यक्ष अन्तर्क्रिया, उधमशिलताका कार्यक्रम, भ्रष्टाचार विरुद्ध कार्यक्रम लगायत राजनितिक र सामाजिक जनचेतना मूलक कार्यक्रमहरु निरन्तर गर्दै आएको छ । विगत ४ हप्ता देखि विवेकशील नेपालीले काठमाडौँका नागरिकहरुको घर-घर पुगी सपना संकलन अभियान पनि गरिरहेको छ

भुटानमा जन्मिनुभई १९ बर्ष नेपाल बस्नुभएका सिभिल ईन्जिनियर देवी पोखरेल र उहांकि श्रीमति सन्ध्या पोखरेल हाल अष्ट्रेलियाको एडिलेडमा बसोबास गर्नुहुन्छ । उहांहरुले हाम्रो अष्ट्रेलिया बसोबासका क्रममा आफ्नी छोरी श्रीयसिको जन्मदिनको खुसीयालीमा एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी धुर्मुस सुन्तली फाउण्डेसनलाई १५० अष्ट्रेलियन डलर सहयोग गर्नुभएको छ । उहांहरुको यस सहयोग प्रति हामी निकै खुसी छौ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

खुसी र दुख हरेक मानिसको जिवनको आईरहन्छ । कतिपय दुख बिर्सनै नसकिने गरि आउछ र जान्छ पनि । तर पनि हामिलाई हरेक सुख दुखमा सहयोगी भावना भने बदलिन सक्दैन् । चितवन स्थाई घर भई हाल अमेरीका बसोबास गर्नुहुने पुजा धितालले स्र्गारहण हुनुभएका आफ्नो बुबाको सम्झनामा एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी धुर्मुस सुन्तली फाउण्डेसनलाई दिनुभएको ५१ हजार १ सय १ रुपैया सहयोग प्रति हामी निकै कृतज्ञ छौ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.