Latest Post

विवाह बर्षगाँठको खुशियाली मानवसेवा आश्रमका गरिमाहरुको साथमा।।।
.......................................................

०३ फागुन २०७३ मानवसेवा आश्रम भरतपुर-१० बाईपासरोड (आँखा अस्पताल नजिक)- ०५६-५२५८९४, ९८५५०७६००३, ९८५५०८१८९९

भरतपुर-४ निवासी मानवसेवा आश्रमको सुरुवात काल देखि नै आश्रमको अभिभावकीय भुमीका निर्वाह गर्दै आश्रमलाई आवश्यकता अनुसार खाद्दन्न उपलब्ध गराउदै आउनु भएका परोपकारी भावनाका धनी आदरणिय नारायण लखौटिया ज्यू र अम्बिका लखौटिया ज्यूको २२ औ बिवाह बर्षगाँठको शु-अवसरमा मानवसेवा आश्रमका गरिमा लक्ष्मी नारायणहरुलाई विहानको भोजनसेवा गराउनु भएको छ। मानवसेवा आश्रमको हरेक सुख, दुखको सहयात्री बन्दै हामी अभियान्ताहरुलाई पनि हैसला बढाउनु हुने आदरणिय नारायण लखौटिया ज्यू तथा आदरणिय अम्बिका लखौटिया ज्यूलाई विवाह बर्षगाँठको हार्दिक बधाईको साथै सधै यस्तै हास्दै खुशी हुदै एक अर्काको सहयात्री बन्दै जिवनमा अगाढि बढिरहन सक्ने शक्ति ईश्वरबाट प्राप्त होस् भन्दै सदैव हजुरहरुलाई सुखले खान पुगोस् र हाँसी खुशि दान गर्न पुगोस् भनि प्रार्थना गर्दछौ।।।

दोस्रो विवाह वर्ष गाठको पावन अवसरमा मानवसेवा आश्रममा विहानको विशेष खाना सेवा योगदान
...........................
०३फाल्गुन  २०७३ @ मानवसेवा आश्रम हेटौडा

मकवानपुर जील्ला हेटौडा ६ चौघडा घर भई हाल अमेरीकामा सेवारत आदणीय अर्जुन फुयाल ज्यु र निरसा दुलाल फुयाल ज्युको दोस्रो विवाह वर्ष गाठको अवसरमा मानवसेवा आश्रमको गरिमा लक्ष्मी नारायण तथा आशाका दिपक बालगोपाल हरुको लागि एक छाक विशेष खाना सेवा बापत रु १००००/- स- प्रेम अर्पण गर्नु भएको छ । परोपकारी उदारमना आदरणिय बुबा विष्णु फुयाल ज्यु र आमा सरस्वती फुयाल ज्यु को सुपुत्र अर्जुन फुयाल ज्यु र  निरसा दुलाल फुयाल ज्यु लाई विवाह वर्ष गाठको धेरै धेरै शुभ भावना उहाँ हरुलाई सदा सुखले खान पुगोस् आन्नदित मनले योगदान गर्न पुगोस् ।

बुबाआमाको चौरासीको पावन अवसरमा मानवसेवा आश्रमको सेवा कार्यलाई डेस्कटप कम्प्यूटर, कलरप्रिन्टर एंव सरसफाईका सामाग्री स-प्रेम अर्पण !
मानवसेवा आश्रम - भरतपुर - १० वाईपासरोड चितवन
( फोन : ०५६ - ५२५८९४,९८५५०७६००३,९८५५०८१८९९ )
.....................................................................
शारदा नगर-३ चितवन निवासी परोपकारी एंव सहयोगी भावनाले ओतप्रोत आदरणीय आश ब.गुरूङज्यूले आफ्नो पूज्नीय बुबा क्याप्टेन मक्कर सिंह गुरूङज्यू र आमा वसन्त कुमारी गुरूङज्यूको ८४ को पावन अवसरमा मानवसेवा आश्रम भरतपुर चितवनको सेवा कार्यलाई डेस्कटप कम्प्यूटर, कलरप्रिन्टर एंव सरसफाईका सामाग्री स-प्रेम अर्पण गर्नु भएको छ।
मानवसेवा आश्रममै आई आश्रमको सेवा कार्यमा अत्यावश्यक सामाग्रीहरूको बारेमा जिज्ञाशा राखी आश्रममै आई आफ्नो योगदान सामग्रीहरू स-प्रेम अर्पण गर्नु हुने उदारमना आधरणीय आश ब.गुरूङज्यूलाई धेरैधेरै  साधुवाद एंव आदरणीय बुबाआमालाई चौरासीको पावन अवसरमा सुख शान्ती प्रगती, सु- स्वास्थ दिर्घायूको हार्दीक मंगलमय शुभ- भावना !

Contact Form

Name

Email *

Message *

Powered by Blogger.