Latest Post

सफा मन र ह्दयले सधै सहयोगको भावना बोकेको हुन्छ । कसैलाई दिएको थोरै सहयोगले खुसी हुने मौका पाईन्छ भने किन सहयोग नगर्ने ? साथी भाई र छर छिमेकिको सानो रकम पनि कसैको लागी ठुलो रकम हुनसक्छ । नेपालबाट अमेरिका गई अमेरिकाको साउथ जागोडा बसोबास गर्ने नेपालीहरुले संचालन गरिरहनु भएको हिन्दु समापन मानव धर्म सेवा समितीको नेतृत्व गदै बिष्णु गजमेरले उक्त समितीमार्फत उठेको ४५ हजार ३ सय ११ रुपैया सहयोग एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी धुर्मुस सुन्तली फाउण्डेसनलाई पठाउनु भएको छ । सहयोग संकलन र हामीसम्म पठाउन सहयोग गर्नुहुने बिष्णु गजमेर सहित सम्पुर्ण हिन्दु समापन धर्म सेवा समितीमा अबद्ध सहयोगी मनहरुलाई हार्दिक धन्यवाद दिन चाहान्छौ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

खुसी साट्ने अनेकौ उपायहरु छन् । हामी आफ्नो खुसी जव कसैसंग बाड्ने सोच बनाउछौ, तव उसको खुसी देखेर आफुलाई झनै धेरै खुसी मिलेको अनुभुती गर्न पाउछौ । बिराटनगर १६ प्रगतीटोल स्थाई घर हुनुभएका टंक बोहरा र उहाका श्रीमान पदम बोहराले आफुहरु बैबाहिक जिबनमा बाधिएको २५ औं बर्षको खुसीयालीमा कुनै पार्टि नगरी एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी धुर्मुस सुन्तली फाउण्डेसनलाई पठाउनु भएको १० हजार रुपैया सहयोग प्रति हामी निकै कृतज्ञ छौ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

महायज्ञबाट १ करोड भन्दा बढी सहयोग संकलन
फागुन ५ /नवलपरासी
श्री नागस्थान धार्मिक सेवा समितीव्दारा नागस्थान तथा गणेश पञ्चायन मन्दिर निर्माणार्थ मिती २०७३ माघ २७ गतेदेखी सञ्चालन भएको श्रीमदभागवत धन धान्याञ्चल ज्ञान महायज्ञ २०७३ आज सम्पन्न भएको छ ।करीब तीन बिगाह क्षेत्रफलमा फैलिएको नागपोखरी बाल उद्यानलाई धार्मिक पर्यटकिय गन्तव्यको रुपमा विकसित गर्ने र प्रकृतिका अनेकौँ विविधता भित्र ईश्वरीय अस्तित्वको खोजी गर्ने अलौकिक सनातन हिन्दू धर्म संस्कृतिको जगेर्ना गर्न सहयोग पुर्‍याउने उद्देश्यले प्रस्तरकलाको नमुनाको रुपमा समेत देखिने गरी आठ फूट अग्लो कलात्मक नाग मुर्तिव्दारा शोभायमान नाग देवताको थान , प्राचिन नेपाली शैलिसहित काष्ठकलाको उत्कृष्ठ नमुनाको रुपमा रहने गरी गणेश पञ्चायन मन्दिर स्थापनार्थ आर्थीक स्रोत संकलन गर्ने तथा एतिहासिक नागधाम तथा नवलपरासी जिल्लाकै पहिलो बाल उद्यानको प्रचार प्रसार गर्ने समेत उद्देश्य राखी धन धान्याञ्चल सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको आयोजक समितिका अध्यक्ष दिनेश भुसालले बताउनुभयो । वाणिञ्य राज्य मन्त्री सुवर्ण जुवाचनले समुद्घाटन भएको महायज्ञमा नगद र वचनदान गरी १ करोड २० लाख रुपैयासहित जिन्सी सामान समेत संकलन भएको महायज्ञ प्रचारप्रसार समितिका उप संयोजक प्रकाश काफ्ले जानकारी दिनुभयो ।शितल कृष्ण महाराजव्दारा बाचन गरिएको महायज्ञ स्थानिय विकाश अधिकारी युवराज कटेलको प्रमुख आतिथ्यतामा आज समापन गरिएको छ ।
(समाचार:राजु चापागाँई बाट)

Contact Form

Name

Email *

Message *

Powered by Blogger.