Latest Post

खैरेनी, चितवन स्थाई घर भई हाल अष्ट्रेलियाको मेलवर्नमा बसोवास गरिरहुन भएका मुकुन्द अर्याल र लक्ष्मी अर्यालले आफ्नो छोरा रिसव अर्यालको जन्मदिनको अवसर पारेर धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको महोत्तरीको बर्दिवासमा रहेको एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि ५० हजार २ सय रुपैया सहयोग पठाउनु भएको छ । उहांहरुको यस सहयोग प्रति हामी निकै कृतज्ञ छौ । सहयोगका लागि सम्पुर्ण परिवारलाई धन्यवाद दिदैं रिसव अर्याललाई हाम्रो तर्फवाट पनि जन्मदिनको शुभकामना दिन चाहान्छौ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

जानकारी !                   जानकारी !!           जानकारी !!!

मुस्लिम धर्मवालम्बीहरुको पवित्र पर्व इद अल फित्तरको शुभ अवसरमा यस संगठन प्रवाशी नेपाली मंच बहराइन ले नेपाल बाट आमन्त्रित चर्चित कलाकारहरु धिरज राइ (Stage King ), चर्चित लोक तथा दोहोरि गायिका भुमिका गिरि Bhumika Giri(Stage queen ) र चर्चित आधुनिक गायक कृष्ण काफ्ले  तथा बहराइनमा आफ्नो रोजिरोटि गर्दै नेपाली सस्कृती को पहिचान दिदै आउनुभएका कलाकार हरुको साथमा बृहत नेपाली सास्कृतिक साँझ गर्ने भएकोले यस सब्य र भब्य कार्यक्रम मा उपस्थिति भै कार्यक्रमलाइ सफल बनाउनुहुन बहराइन मा रहनुभएका बैचारिक सुभेछुक संगठन, सामाजिक सस्था , जनजाती, आदिवासी ,समाजसेवि, बिशिस्ट वेक्तिव आदि नेपाली जनसमुदाय यस प्रवाशी नेपाली मञ्च बहराइन हार्दिक अनुरोध गर्दछ। धन्यवाद

मिति :- इद अल फित्तर को पहिलो दिन २०१७
स्थान :- डेलमन इन्टरनेशनल होटल , मनमा
समय :- बेलुका ६ बजेदेखी
नोट्# अन्य जानकारीहरु आगमी दिनहरुमा दिदै जानेछौ।

प्रवासी नेपाली मंच बहराइन

स्व.बुवाको स्मृतिमा मानवसेवा आश्रममा व्हीलचिअर सहयोग ।।।

०८ चैत्र २०७३ @ मानवसेवा आश्रम चितवन भरतपुर-१० बाईपास रोड (अाँखा अस्पताल नजिक) सम्पर्कका लागि ०५६-५२५८९०,९८५५०७६००३,९८५५०८१८९९
भरतपुर-२ निवासी परोपकारी मनका धनी आदरणीय सागर श्रेष्ठज्युले आफ्नो स्व.बुवाको स्मृतिमा मानवसेवा आश्रममा आउनुभएर एक थान व्हीलचिअर स-प्रेम अर्पण गर्नुभएको छ।
"सेवाका लागि हातहरु र प्रेमका लागि  हृदयहरु सदैव फैलाउाैं " । मानवताको पुजरी आदरणीय सागर श्रेष्ठज्युलाई सधै भरी सुखले खान पुगोस् र खुशीले दिन पुगोस् ।

मानवसेवा आश्रम चितवन

Contact Form

Name

Email *

Message *

Powered by Blogger.