Latest Post

सुचना  !    सुचना !!     सुचना !!!

"स्याङ्जा सहयाेग समाजकाे चाहना बिशुद्द सामाजिक सेवाकाे भावना" भन्ने मूल नाराका साथ सन् २००५ मा स्थापित भई कतारमा सकृय रुपमा अगाडी बढि रहेको यस संस्थाले आगामी ३१ मार्च २०१७ का दिन समाजकाे १२औँ स्थापना दिवस, नयाँ बर्ष काे शुभकामना आदानप्रदान साथै बृहत बनभोज तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेकाे यहाँहरु सबैलाइ सहर्ष जानकारी गराउँदै , सबै सँघ सँस्था हरुलाई पत्राचार गरिसकिएको र कुनै कारणबस पत्र नपुगेकाे भए यसै सुचनालाइ आधार मानी यहाँहरुकाे गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौँ ।

कार्यक्रम हरु :-
=> समुद्घाटन बिहान १०:०० बजे ।
=> समाजकाे स्थापना दिवस साथै
      नयाँबर्ष काे शुभकामना
      आदानप्रदान ।
=> बिबिध बिधामा याेगदान पुर्याउने
      ब्यक्तित्वहरु लाई सम्मान ।
=> स्थानीय कलाकारको बिबिध प्रस्तुति  ।

टिकट => क.रि  २० मात्र
मिति = ३१ मार्च २०१७ ( शुक्रबार)
स्थान = अल दाना क्लब , उमसलाल

पुनश्च :- दिवा भाेज साथै विभिन्न स्थानबाट यातायातकाे ब्यवस्था गरिएकाे छ ।

बिस्तृत जानकारिका लागि सम्पर्क
धनञ्जय लम्साल 55676820
घनश्याम अर्याल 33194488
अजमत अली 55171568
हेम राना 33162737
माेहन काफ्ले 60901335
शेष ब. बि क 66066992
सुर्य प्र अर्याल 55263099
बन्धु घिमिरे 30896115

               आयाेजक
स्याङ्जा सहयाेग समाज कतार

बिकट गाउँ कान्दा रुपान्तरण  हुदै जानुमा स्थानीय बासिन्दाहरुको पनि ठुलो योगदान छ  ४ वर्ष अगाडी देखी उहांहरुले  निरन्तर बोझ उठाई रहनु भएको छ।

- बिष्णु गौतम

लक्ष्मी प्रतिस्ठान

www.laxmipratisthan.org


दुबै जनाको कथा मार्मिक छ  !
खाध्य अभावमा  बिषालु च्याउ खाँदा  ८ सन्तान गुमाएकी आमा र  दुई सन्तान गुमाएर अरुको सेवा गर्दै  आफ्नो दुख बिर्शन कांदा  पुगेको म।
- बिष्णु गौतम 
लक्ष्मी प्रतिस्ठान 

लन्डनमा रक्तदान कार्यक्रम सम्पन्न, 

२२ मार्च, Everest Gautam लन्डन

नेपलीज ब्रिटिश कम्यूनिटी यू के ( NBC U.K. ) ले आफ्नो वार्षिक  र नियमित कार्यक्रमलाई निरन्तरता दिदै सातौ स्थापना दिवसको अबसरमा ग्रिन फोर्ड टाउनहल इलिंगमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
बेलायतमा केहि बर्ष यता विभिन्न सामाजीक र कल्याणकारी कार्यक्रमहरू गर्नमा अग्ग्रणी भुमिका खेल्दै आएको उक्त सस्थाले गरेको  रक्तदान कार्यक्रममा प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्नुहुने सबैलाई  संस्थाका अध्यक्ष मिलन घिमिरेले हार्दिक धन्यवाद ज्ञापन गर्दै हरेक वर्ष रक्तदान कार्यक्रम लाई निरन्तरता दिने निर्णय गर्नुका साथै, नयॉ बर्ष २०७४ लाई आगामी एप्रिल १५ शनिबारका दिन  भव्य रूपमा मनाउने निर्णय गरेको छ।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.